© २०२३
बुटवल, ३ साउन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले शुल्क बृद्धि गरेको विरोधमा विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । कार्यलय प्र्मुखको गोपाल आचार्यको कक्षमा तालाबन्दी भएको हो ।
सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत,एचएमा २८ प्रतिशत र फार्मेसीमा समेत शुल्क बृद्धि गरेको भन्दै बुटवल तामनगरस्थित कार्यालयमा अखिल क्रान्तिकारीको पुर्वी लुम्बिनी व्युरोले तालाबन्दी गरेको हो । अखिल क्रान्तिकारीले तत्काल शुल्क वृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको उक्त संगठनका केन्द्रिय सचिवालय सदस्य तथा पुर्वी लुम्बिनी व्युरो इन्चार्ज बिस्नु बहादुर राउतले बताए ।