ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बेलहिया नाकामा भन्सारको ‘१ सय रुपियाँको नाटक’

भैरहवाका मोजिब अलिले सीमामा कडा गराइएको र छेउछाउबाट निर्बाध तस्करी भइरहेको बताउँछन् । उनले सीमाको कडाइलाई हात्तीको देखाउने दाँतको संज्ञा दिए । भन्सारको बाटो आयो भने नौंटकी गर्छन्, अलि भन्छन्–‘भन्सारमा चोरी भएको छ ।’
२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

भैरहवा, २ साउन ।   भारतबाट नेपालमा सामान ल्याउँदा १ सय रुपियाँ भन्दा बढीको सामान ल्याउँदा भैरहवा भन्सार कार्यालयमा राजस्व बुझाउनुपर्छ । पछिल्लो समयमा यो नियमलाई कार्यान्वयन गरेसँगै भारतको सुनौलीमा सामान खरिद गर्न जाने नेपालीहरूको संख्या समेत घटेको छ ।

भैरहवा भन्सार कार्यालयले भन्सारमा कडाइ गर्दा मुल नाकाबाट सामान नआएपनि अन्यत्रबाट भने निर्बाधरूपमा सामान भित्रिरहेको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै साइकल, मोटरसाइकल तथा ई–रिक्सामा अबैधरूपमा कपडा, खाद्यान्न सामग्री, चिनी, तेल लगायत सामान भित्रिएको छ ।

भारतको सुनौली नाकामा भैरहवा भन्सार कार्यालय बेलहियाले कडाइगरेपनि खुल्ला सीमा नाका फरेनी, केउटलीया, फरेना नाकाबाट सिद्धार्थ नगरपालिका हुँदै बिभिन्न चोरी, तस्करीजन्य सामानहरू नेपाल भित्रिने गरेको स्थानीयहरू बताउँछन् ।

बेलहिया नाकामा सामान ल्याउन रोक लगाउँदा झन बढी तस्करी मौलाएको सिद्धार्थनगरबासी बताउँछन् । सामाजिक क्षेत्रमा सरोकार राख्ने भैरहवाका मोजिब अलिले सीमामा कडा गराइएको र छेउछाउबाट निर्बाध तस्करी भइरहेको बताए । उनले सीमाको कडाइलाई हात्तीको देखाउने दाँतको संज्ञा दिए । भन्सारको बाटो आयो भने नौंटकि गर्छन्, अलि भन्छन्, भन्सारमा चोरी भएको छ । बिना प्रज्ञापन सामान आउँदा जुन गाडी समातियो, त्यसरी धेरै सामान भित्रिएको हुनसक्छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघले समेत दोहोरो चरित्र देखाएको मोजिब अलिको आरोप छ । सबै तैं चुप मै चुप छ म पिटेजस्तो गर तं रोए जस्तो गर मिलि जुलि सबैले खानें काम भएको अलि बताउंछन् । जिल्ला प्रशासनले मसान्ततिर छापा हान्यो यो कामको निरन्तरता हुनु पर्यो तर झारा टार्ने भयो अलि भन्छन्, गोदाममा माल थुपारिएको छ गोदाम छापा हान्न को जाने ?  रूपमा तस्करीका सामान रोकाउने भएको तर यहाँ खुल्लारूपमा सुख्खा बन्दर गाहा, सेमरपानी, भगवानपुर,छोट्कि पिपरहिया, दुरगौलिया, सिद्धार्थनगर नगरपालिका वडा नं १०,११, मर्चवारबाट सामान आएको छ यो त जनतालाई बेबकुफ बनाउने काम हो मोजिब अलिले भने ।

सिद्धार्थनगर नगरपालिका वडा नं २ का पूर्व अध्यक्ष दिपक कुमार थापाले अहिले उद्योग वाणिज्य संघको जनताले ल्याउने सानो तिनो सामान आलु प्याजमा मात्रै रोकतोक गरेको बताए । गल्लामण्डीका ब्यापारीहरूले उद्योग वाणिज्य संघको सदस्य भएका मानिसले सामान किन्ने गरेको बताउँदै भने, आखिर सामान ल्याउने÷खरिद गर्ने त ब्यापारीले नै हो यो रोकिएको छैन ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सुरक्षा निकायलाई चोरी निकासी जन्य सामान आउने काम बन्द गराउन बारम्बार जानकारी गराएको बताए । चोरी निकासी नहोस भनेर १ सय भन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क लाग्ने कार्यान्वयनका लागि दबाब दिएर लागु भएको बताए । श्रेष्ठ भन्छन्, तर यहाँ पुरै चोरी निकासी कसैको संरक्षणमा भयो । उद्योग वाणिज्यसंघले चोरी निकासी गरेको सामान कसैको पसलमा भएको पाइएमा संरक्षण गदैन । अंस्ती एउटा पसललाई ५० हजार जरिवाना लगाएको थियो बिल अर्को सटरमा, साहु बाहिर हुँदा मैले रोक्ने कुरा भएन हामी कसैको जिम्मा लिँदैनौँ । मैले २० हजार जरिवाना गराउनुस न भन्न सक्थेँ तर भनिन । सामान ल्याउँदा सडकमै, दश गजामा नपकडी पसलमा समाउन भनेको छु । यो कुराले पुरै दबाब मैले खेप्नुपरेको छ । यहि कुराले प्रशासन हतोत्साहीत हुने होइन श्रेष्ठले भने ।

सशस्त्र प्रहरी बल नेपाल २७ नं गढका सशस्त्र प्रहरी उपरिक्षक (एसपी) दिपक थापाले चोरी पैठारीबाट असार मसान्त सम्म १६ वर्षमा अहिलेसम्मकै बढी ८ करोड ५५ लाख राजस्व संकलन भएको बताए । हामीलाई सुचना भएको आधारमा समाउने हो यहाँ त फोटो खिचाउने पोष्ट गर्ने समेत हुँदो रहेछ एसपी थापाले गुनासो गरे । कार्यालयले सकेसम्म कडाई गरेको एसपी थापाले बताउँदै पोहोरसम्म २ वटा बाटो थियो अहिले ६।७ वटा बाटो भयो १० गजासम्म स्थानीय पालिकाले सडक ढलान गरेर लैजाने कारण के हो ? भन्ने प्रश्न गरे । समग्रमा सशस्त्र प्रहरी सीमामा आफ्नो काममा पूर्णरूपमा लागिरहेको बताउँदै हाम्रो सुरक्षाले केही गरे आफुले जवाफ दिने बताए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले सामानको प्रकृति अनुसार भन्सार दर रहेको बताए । चिनीको एउटा दर हुन्छ, कपडाको एउटा हुन्छ के सामान ल्याएर आएको छ भन्नेमा तय हुन्छ । मुल नाकामा भन्सारले पूर्णरूपमा कडाई गरेको बताउँदै अन्य क्षेत्रको विषयमा आफ्नो कार्यालयलाई जानकारी नहुने, त्यो सुरक्षा निकायको जिम्मेवारी भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?