ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 
सिद्धबाबा सुरुङमार्ग

प्रगतिको गति कमजोर

२५ असार २०८०, सोमबार
२५ असार २०८०, सोमबार

पाल्पा, २५ असार ।  दोभान सिद्धबाबा क्षेत्रमा निर्माण गरिन लागेको सुरुङ मार्गको नेपाल सरकारबाट डिजाइन स्विकृत हुन नसक्दा निर्माण कार्यले गति लिन सकेको छैन । सिद्धार्थ राजमार्गको बुटवल तानसेन खण्डको दोभान सिद्धबाबा क्षेत्रमा वर्षायाममा ढुगां खस्दा ठुलो धन जनको क्षति भएको भन्दै यसलाई कम गर्न सुरुङ मार्गको निर्माण थालिएको हो ।

गत आर्थिक वर्षको बजेट मार्फत सम्बोधन भएको सुरुङ मार्गको निर्माणका लागि भए पनि डिजाइन स्विकृतमा ढिलाई भएका कारण उत्साहित स्थानिय यतिखेर निरास भएका छन । ७ अरब ३४ करोड २१ लाख रुपैया अनुमानित गरिएको आयोजना गरिएको चाइना स्टेट इन्जिनियरिङ कम्पनीले निर्माणको जिम्बेबारी पाएको हो १ हजार १ सय २६ मिटर निर्माण गरिने यस आयोजकको गत असोज महिनादेखि नै निर्माण कम्पनीले कामको थालनी गरेपनि विगत तिन महिना देखि गति लिएको स्थानियहरुको भनाई रहेको छ ।

२, २ पटक समय सयममा र राजमार्ग नै बन्द गरेर निर्माण कम्पनीले काम गरेको भएता पनि आम जनताले दखिने गरी कामको प्रगति नभएको र यस्तै गतिमा काम गरेको खण्डमा २० वर्षमा पनि पुरा हुन नसक्ने स्थानिय हिरा कुमारी दर्लामी बताउछिन ।
डिजाइन स्विकृत बिना किन काम गरेको हो ? पटक पटक बाटो बन्द गरेर आम यात्रुलाइ कष्ट दिने काम मात्र भयो । कामको सुरुवात गरेपछि विशेष कारण बाहेक अन्य समयमा रोकीन हुदैनथियो । ४ वर्षमा पुरा गर्ने गरी नेपाल सरकारसंग ठेक्का संझौता भए पनि यो गतिका कारण समय सिमा भित्रमा पुरा हुन नसक्ने स्थानियहरुको बुझाई रहेको छ ।

निर्माण कम्पनीले भने हाल सम्म डिजाइन स्विकृत नहुदा काममा ढिलाई भए पनि कामको प्रगति कमजोर नभएको र हालसम्म डाइभर्सन निर्माण, गेट निर्माण भएको छ । मुख्य काम माटो परिक्षण हो त्यो पनि सकियो, माथिको गेटको काम सकिएर तलको गेटको काम भएको थियो वर्षादका कारण काम रोकीन परेको जनाएको छ । कार्य क्षेत्र पाल्पा, कार्यालय बुटबलमा र प्राविधिक रेखदेख रुपन्देही सडक डिभिजनलाई जिम्मेबार सरकारले दिएको छ । यस्ता कारणले पनि डिजाइन स्विकृतदेखि भौतिक प्रगति कम भएको सडक डिभिजन कार्यालय पाल्पाका प्राविधिकहरु बताउछन ।

डिजाइन गर्न जिम्बेबारी कम्पनीले डिजाइनका कार्य पुरा गरेर नेपाल सरकारलाई बुझाई सकेको र सरकारले निर्माण कम्पनीलाई स्विकृत गरी साउन भित्रमा हस्ताक्षर गर्ने बताएको छ । डिजाइनको स्विकृतले मात्र नभई निर्माण कम्पनीलाइ कामको ताकेता गर्ने कार्य पनि सुस्त गतिमा भएका कारणका अगाडि बढने विषयमा आशंका उब्जिएको स्थानियहरुको बुझाई रहेको छ ।
उत्तर दक्षिण तथा हिमाल पहाड देखि तराई सम्म जोडने यस सडकको यस क्षेत्रमा चट्टाने पहाड भएकाले वर्षायाममा माथिबाट झर्ने ठुला ठुला ढुंगाहरुका कारण ठुलो धन जनको क्षति भएको नै छ । त्यसैमाथि सडक अबरुद्ध हुने हुदा गण्डकी प्रदेशको स्याङजा, कास्की, बाग्लुङ, मुस्ताङ, म्यादी र लुम्बिनी प्रदेशको अर्घाखाची, गुल्मी , पाल्पा जिल्लाका जनताले सास्तीको सामना गर्दै आउनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?