ट्रेंडिंग:

>> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना

प्रसुती पश्चातको स्याहारको महत्व

२२ असार २०८०, शुक्रबार
२२ असार २०८०, शुक्रबार

कुनै पनि आमाले आफ्नो गर्भको अवधि पूरा गरी बच्चालाई जन्म दिएपछि साल बाहिर निस्किएको समयदेखि सन्तान उत्पादनमा संंलग्न रहेका सम्पूर्ण अंगहरु गर्भवती पुर्वको अवस्थामा जानलाग्ने समयलाई सुत्केरी अवस्था वा पोस्ट नेटल पिरियड भनिन्छ । सामान्यतया सुत्केरी अवस्था पोस्ट नेटल पिरियड छ हप्ताको मानिन्छ । तर सम्पूर्ण अंगहरु पहिलेको अबस्थामा आउन तीन महिना लाग्ने भएकाले यसलाई गर्भवतीको चौथो अवस्था वा फोर्थ ट्राईमिस्टरपनि भनिन्छ ।

यस समयमा गरिने आमा र बच्चा दुवैको शारीरिक परीक्षण र तिनीहरुलाई गरिने स्याहार सुसार र सम्पूर्ण सल्लाहलाई प्रसुती पश्चातको स्याहार पोस्ट नेटल केयर भनिन्छ । प्रसुती पश्चातको स्याहारलाई पनि विशेष गरेर एउटा प्रोटोकलकै आधारमा तीन पटक अनिवार्य रुपमा जाँच गराउनु पर्दछ । यसलाई नेपाल सरकारद्वारा सेबा प्रदान गरेका गर्भवती जाँच तथा सुत्केरी गराउनको लागि सूचीकृत गरिएका सबै स्वास्थ्य संस्थाहरुबाट अनिवार्य यो सेवालाई निरन्तरता दिएको छ ।

यसरी सूचीकृत संंस्थाबाट निम्न अनुसार अनिवार्य प्रसुती पश्चातको जाँच गर्नुपर्दछ । हाल आएर नेपाल सरकारले हरेक स्थानीय तहसंगको सहकार्यमा आमा र बच्चाको स्वास्थ्य अवस्थालाई थप टेवा दिने उद्देश्यले प्रसुती पछिको स्याहारको भेट कार्यक्रम लागु गरेको छ । यसकार्यमा हरेक सुचीकृत स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरु घरघरमा गएर आमा र बच्चालाई स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श सेवा दिने महत्वपूर्ण कार्यको थालनी गरेको छ । भने प्रत्यक्ष जुन ब्यक्ति हो उसले त यसकार्यलाई अनिवार्य रुपमा जाँच गराउनु महत्वपूर्ण मानिन्छ ।

१ ः पहिलो जाँच बच्चा जन्मेको २४ घन्टामा अनिवार्य गर्ने ।
२ ः दोस्रो जाँच बच्चा जन्मेको ३ दिनमा अनिवार्य गर्ने ।
३ ः तेस्रो जाँच बच्चा जन्मेको ७ दिनमा अनिवार्य गर्ने ।

भनिएता पनि आवश्यकताको महसुसताका आधारमा भने जतिबेला पनि स्वास्थ्य संस्थामा गई अथवा स्वास्थ्यकर्मीलाई भेटी आफ्नो स्वास्थ्यको जानाकारी लिने कार्य चाँही हरेक नागरिकको नैसर्गिक अधिकारको पक्ष नै हो भन्नमा कुनै अतियुक्ति नहोला ।

विशेष गरी प्रसुती पश्चातको जाँचको आवश्यकताको आधारमा यसका मुख्य सिद्वान्तहरु रहेको पाइन्छ । आमाको स्वास्थ्य सामान्य स्थितिमा पु¥याउन सहयोग गर्ने । सुत्केरी आमालाई संक्रमण हुनबाट बचाउने । बच्चाको हेरचाह गर्न र स्तनपानको स्थापना गर्न । र परिवार नियोजन सम्बन्धी आवश्यक जानाकारी दिनु यसको महत्वपूर्ण पक्ष मानिन्छ । किनकी नेपालमा सुत्केरी आमाहरुको मृत्युको प्रमुख कारण नै सुत्केरी अवश्थामा रगत बगेर हुने गरेको तथ्याङ्क पाईएको छ ।

प्रसुती पश्चातको स्याहारबाट कसकस लाई फाइदा पुग्दछ त ः

यस प्रकारको नियमित जाँचले विशेष गरी आमा र बच्चालाई प्रत्यक्ष रुपमा फाईदा पुर्याउँदछ । भने परिवारका सम्पूर्ण सदस्यहरुलाई समेत पारिवारिक मानसिक सामाजिक र आर्थीक पक्षमा फाईदा पुराएको हुन्छ । यसले बच्चालाई उसको हुनुपर्ने वृद्विविकास, शारीरिक तौल, उसको शारीरिक अंग प्रत्यङ्गहरुको समेत अवस्था थाहा पाउन सकिन्छ भने आमाको शारीरिक, मानसिक, पारिवारिक र सामाजिक अवस्थाको साथसाथै प्रसुती पश्चातको सम्पूर्ण अवस्थाको बारेमा जानकारी पाई थप केही सुधार र सचेत रहनपर्ने कुराहरुमा समेत महत्वपूर्ण जानकारी लिन सकिन्छ । साथै आमा र बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरु दुवैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा बच्चा जन्माएकै कारणबाट परिवारमा कुनै किसिमको नकरात्मक समस्या देखा नपरेमा परिवारका सम्पूर्ण सदस्यहरुसमेत पारिवारिक, मानसिक, सामाजिक र आर्थिक समस्या समेत देखा नपर्ने हुँदा प्रसुती पश्चातको स्याहारलाई नितान्तै महत्वको साथमा हेरिएको पाईन्छ ।

अन्त्यमा समग्र रुपमा भन्ने हो भने सरकारले जति पनि लगानी गरेको छ त्यसकै आधारमा सेवाग्राहीहरुबाट सेवा पाएको आधार भने स्वास्थ्यको डाटाबेसको आधारमा अझैपनि कमी पाइएको छ । यसमा जिम्मेवारी कसले लिने त । भन्ने सन्दर्भमा अहिलेको नयाँ संरचना अनुसार वर्गीकरण गरिएको राज्यका तीनवटै तहका निकाय त्यहाँ रहेका सम्पूर्ण जनप्रतिनिधिहरु प्रशासन र स्वास्थ्यका क्षेत्रमा काम गर्न खटिएका सम्पूर्ण सरोकारवालाहरुको नङ्ग र मासुको सम्बन्धका साथ हातेमालो गरेर आ–आफ्नो ठाउँबाट देशैभरीको जनमानसलाई स्वास्थ्यको बारेमा जनचेतनामुलक संन्देश फैलाउन सकेमा यसको आवश्यकताको बारेमा बुझाउन सकेमा मात्र यो कार्यले पूर्णता पाउँदछ । र स्वास्थ्यका सुचकहरु लक्ष्यका आधारमा पूरा हुन्छन् । अन्यथा जबसम्म स्वास्थ्यलाई राज्यका सम्पूर्ण निकायहरुबाट प्रमुख स्थानको रुपमा राखेर अगाडि बढाउन सकिदैन, नारामा स्वास्थ्यलाई मौलिक अधिकार भन्ने तर स्वास्थ्यको क्षेत्रमा काम गर्दा अरुको मातहतमा रहेर मात्र काम गर्ने प्रवृत्तिलाई सुधार गर्न नसक्दा सम्म यी सम्पूर्ण कुराहरु नारामा मात्र सीमित नरहलान भन्न सकिदैन । त्यासैले सरोकारवाला सम्पूर्णको यसमा ध्यान जानु नितान्तै आवश्यक देखिन्छ ।

स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?