ट्रेंडिंग:

>> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
स्वास्थ्य स्वयंसेविका

सेवामा जीवन बित्यो, देख्दैन केन्द्र सरकार

वर्षौ जनताको घरदैलोमा सेवा गर्दै हिंडेका महिला स्वास्थ्य स्वयम्सेविकालाई ६० वर्षको उमेरहदका कारण सरकारले विदाइ गरिरहेको छ । विदाइको क्रममा केन्द्र सरकारले उनीहरुलाई सम्झिने उपहार दिन सकिरहेको छैन । जसरी कठिन समयमा काममा लाग्न प्रेरणा दिएको थियो त्यसरी अहिले विदाई गर्दा धेरै स्वयम्सेविकाको मन दुःखाई रहेको छ । तर रुन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरमा रहेका स्वास्थ्य स्वयम्सेविकाहरुलाई स्थानीय सरकारको अनुभुति गराईरहेको छ ।
१७ असार २०८०, आइतबार
१७ असार २०८०, आइतबार

बुटवल, १७ असार ।

तिलोत्तमा नगरपालिका १ नवदुर्गा टोलकी कमला पाण्डेले लामो समयसम्म स्वास्थ्य स्वयम्सेविका भएर काम गरिन् । गाँउ टोलमा भएका सामान्य बिरामीहरुलाई प्राथमिक उपचारमा सहभागी हुने र थप उपचारका लागि स्वास्थ्य चौकीमा पठाउने दैनिकी थियो उनको । उनले यसरी काम गर्न थालेको २८ वर्ष पुगेको छ । यो अवधिमा उनले धेरैलाई बिरामी, सुत्केरीको स्याहारसुसार गरेकी छिन् । उनीसँग साना शिशु र बच्चालाई स्वास्थ्य सल्लाह दिएको र औषधी खुवाएको अनुभव छ । उनी भन्छिन्, “पहिले आफ्नै छोरा छोरीलाई कसरी औषधी खुवाउने भन्ने थाहा थिएन । तर पछि उनीसँग स्वास्थ्य स्वयम्सेविका भएपछि धेरै बच्चालाई औषधी भिटामिन खुवाउने र सल्लाह दिएको रमाईला पलहरु ताजै छन् ।

यसरी काम गरिरहेकी पाण्डे अहिले ६० वर्ष उमेर पुगेको कारणले स्वयम्सेविकाबाट विदा लिएर घरमै बस्न थालेकी छन् । घरमा रहँदा पाण्डेलाई दैनिक आफुले गरिरहेको काममा छुट्टिंदा खल्लो महसुस भएको छ ।

कक्षा ५ सम्मको अध्ययन गरेकी पाण्डेले आफुले जीवनमा कहिले पनि यसरी स्वास्थ्य स्वयम्सेविका भएर समाज सेवा गरुँला भन्ने नसोचको बताईन् । आप्mनो कल्पना भन्दा पनि बाहिरको काम गर्न आफुलाई त्यसबेलामा स्वास्थ्य संस्थामा काम गर्ने स्वर्गीय टिकाराम न्यौपानेले प्रोत्साहन गरेर यहाँ ल्याएको बताईन् । उनी भन्छिन्, “न्यौपाने सरले मलाई हजुर पढेको हुनुहुन्छ काम गर्न सक्नु हुन्छ भनेर ल्याउनुभयो । मैले पनि काम गरेर रिपोर्ट बनाएर बुझाउन सक्ने भएँ । यसैमा खुशी लाग्छ । यहाँबाट धेरै स्वास्थ्य सम्बन्धी ज्ञान पाएँ । सरसफाई, पारिवारिक स्वास्थ्यका साथै यतिका समय सम्म समाजसेवा गर्ने अवसर मिल्यो । अहिले सरकारले उमेर पुग्यो काम नगर भन्यो त्यसैमा चित्त बुझ्यो । हुन पनि अब नाती नातिनासँग रमाएर बस्ने दिन हो । ठिकै छ ।”

तिलोत्तमा नगरपालिका १७ गंगोलियाकी तुलसा बस्यालले उमेर पुगेर विदा हुनु पर्दा अत्यन्त नरमाईलो लागेको बताईन् । उनले यति लामो समयसम्म सिकेको काम गर्न सक्दा सम्म सरकारले दिएको भए हुन्थ्यो भन्ने लागेको छ । विगतलाई सम्झदै बस्याल भन्छिन् “गाँउमा औषधी खुवाउन हिंड्दा घेरा हालेर पिट्न आउने समय थियो । उनीहरुलाई सम्झाउन र बुझाउँदा कस्तो समस्याको समय थियो । गर्भवतीलाई आईरन र क्यालसियम खाउ भन्दा चौधरी समुदायका महिलाहरु घरबाट बहिर नै आउन मान्दैन थिए । त्यस्तो समयलाई पार गर्दै अहिले त औषधी माग्न घरै आउने समयमा भईसकेको छ । सरकारले नगर भन्दा नमज्जा लाग्यो तर पनि आफुसँग भएको ज्ञान त बाँडिरहन्छु मैले । हुन त स्वास्थ्य स्वयम्सेविका भएपछि धेरै ज्ञान पाएको छु यो ज्ञान मैले भोलिका दिनमा पनि परिवारमा र समाजमा बाँडिरहनेछु ।”

“स्वास्थ्य स्वय्सेविका भएपछि म मा पनि धेरै परिवर्तन भयो मेरो स्वास्थ्य, परिवारको स्वास्थ्यसँगै गाँउघरमा आई पर्ने स्वास्थ्य समस्याका बारेमा जानकारी गराउन सक्ने भएँ । त्यो मेरो जीवनको महत्वपूर्ण पाटो हो । अझै पनि यो काम जारी रहन्छ । सेवा भावले प्रवेश गरेको क्षेत्र हो त्यसैले पवित्र भएर सक्दासम्म काम गर्छु । सरकारले गरेको औपचारिक विदा मात्रै हो भन्ने लाग्छ यो अवधीमा मैले सिकेका स्वास्थ्य सम्बन्धी ज्ञान बाँड्नलाई कसैले पनि सम्बोधन नगरे पनि केही हुँदैन । जानेको कुरा सिकाईरहन्छु”– बस्यालले भनिन् ।

२०११ सालमा स्याङ्गजाको पिडिखोलामा जन्मिएकी मायादेवी चापागाईले २७ वर्षदेखि स्वास्थ्य स्वयम्सेविकाको रुपमा काम गर्दे आईरहेकी थिइन् । पछिल्लो समयमा सरकारले ६० वर्ष पुगेका स्वास्थ्य स्वयम्सेविकाहरुलाई गरेको विदाईमा पर्दा मन अमिलो भएको बताईन् । चापागाई भन्छिन्, “हिजोको असजिलो समयमा काम गरियो अहिले सजिलो समयमा विदा लिनु पर्दा नरमाईलो लागेको छ । साना छोरा छोरीलाई छाडेर सरकारले दिएको जिम्मेवारीलाई पुरा गरे तर आज सबैतिरबाट सहज वातावरण भएको समयमा काम नगर भन्दा नरमाईलो लागेको बताईन् । उनी भन्छिन्, “तर पनि यो अवधीमा धेरै कुराको सिकाई भयो । यहाँबाट जीवनमा स्वास्थ्यका विषयमा धेरै जानकारी पाएँ । यो अवस्था बनाउन सरकारले विभिन्न समयमा तालिम लिने अवसरहरु पाएँ । यो अवसरले मलाई समाजमा सेवा गने प्रेरणा मिलेको थियो । अबका दिनमा पनि गाउँ ठाउँमा हुने स्वास्थ्य समस्या समाधानका लागि काम गर्छु । हामीले जसरी काम गरेका थियौ अब आउने नयाँ स्वास्थ्थ स्वयम्सेविकाहरुले अझै आधुनिक तरिकाले सेवा प्रदान गर्नुहुन्छ भन्ने विश्वास छ ।

नगरको स्वास्थ्य सुधारमा स्वास्थ्य स्वयम्सेविका भुमिका महत्वपूर्ण रहेको नगरका उपप्रमुख जागेश्वरदेवी चौधरीले बताईन् । नगरले जहिले पनि स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरिरहेको भन्दै यसपाली उमेर पुगेर विदाई भएका स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रोत्साहन स्वरुप नगद ३० हजार रुपियाँ प्रदान गरेको बताईन् । यसलाई सबै स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान स्वरुप पाएको विश्वास आफुले लिएको उनको भनाई छ । त्यसैगरी संघीय सरकारले प्रोत्साहन स्वरुप दिएको नगद २० हजार रुपियाँ पनि विदाई भएका स्वास्थ्य स्वयम्सेविकालाई हस्तान्तरण गरिएको चौधरीले बताईन् ।

यस वर्ष तिलोत्तमा नगर पालिका २६ जना स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान सहित विदाई गरेको नगरका स्वास्थ्य शाखा प्रमुख धु्रवराज घिमिरेले बताए । उनले धेरै स्वास्थ्य स्वयम्सेविकाहरुले काम गर्न सक्छौ भन्नु भएको थियो तर पनि सरकारले ल्याएको नीति अनुसार विदाई गरिएको घिमिरेले बताए । तिलोत्तमा नगरपालिकामा १ सय ७५ जना स्वास्थ्य स्वयम्सेविका कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?