© २०२३
पाल्पा, जेठ
रिब्दीकोट गाउँपालिका ८ बेग्दीका कर्नबहादुर हिताड्ड उमेरका हिसाबले ६३ वर्ष पुरा भए । आफु जान्ने सुन्ने भएपछि आफनो गाउँ बस्ती नजिकको जगंलमा डढेलो लाग्दैन थियो तर यस वर्ष भने आफ्नो घर नजिकको भग्जिड्ड सामुदायिक वनमा नराम्रोसंग डढेलो लाग्दा आफ्नोे मन नराम्रोसंग कुढिएको बताउँछन् ।
सुख्खा मौसमको थालनी भएसंगै वनमा लाग्ने डढेलो नियन्त्रणका लागि स्थानिय सामुदायिक वन । डिभिजन वन कार्यालयको समन्वयमा सचेतनाको कार्यक्रम हुने भएकाले सल्लाको प्रजातीले ढाकीएको वनमा आगो लाग्दैन थियो । यस वर्ष पनि विगतमा जस्तै कार्यक्रम निरन्तता पायो । त्यसै माथि विद्यालयका बाल बालिकालाई पनि वन कार्यालयका प्राविधिकहरुले डढेलोबाट हुने हानी नोक्सानीका विषयमा कक्षा कोठा मै पुगेर पढाए तर वनमा डढेलो भने नराम्रोसंग लाग्यो । सरकारले डढेलो नियन्त्रणको लागि गरेको प्रयास प्रर्याप्त मात्रमा नभएको उनको बुझाइ रहेको छ । रैनादेवी छहरा गाउँपालिकाको बल्डेड्डगढीका ७४ वर्षीय हुमबहादुर दर्लामीको बुझाइ छ । पहिले पहिले वनमा सुकेको पात खेत बारीमा मलका लागि प्रयोग हुन्थ्यो । सुकेको पात नै नभए पछि डढेलो लाग्ने भन्ने नै हुदैनथियो तर आज भोलि सुकेको पात खेतबारी मलखादमा प्रयोग गर्नेको सख्या सुन्य जस्तै भएकाले पनि आगो लाग्न सहज भएको हो ।
तिनाउ गाउँपालिकाको कचलका काम्ले टटेरी सामुदायीक वन उपभोक्ता समितीकी सदस्य बसन्ती चिदी पनि वनमा डढेलो नियन्त्रणका लागि सर्व प्रथम वन समुहले नै आफ्ना सदस्य तथा साधारण सदस्यका लागि सुझाउदै आएको २० वर्ष भन्दा बढि भयो तर पनि वनमा आगो लाग्ने क्रम बढदो अवस्थामा छ । यसको मुख्य कारण त स्थानिय समुदायको गलत सोच र चिन्तन भएका कारण सरोकारवालहरुको प्रयास असफल भएको उनको बुझाई रहेको छ ।
वनमा लागेको आगोले धन जनको क्षति हुन्छ । वातावरणिय क्षेत्रमा समेत नराम्रोसंग असर गर्दछ । वन्य जन्तुको नष्ट हुन्छ । त्यसै गरी वनमा सुकेका रुखहरु खरानी नै हुन्छन भन्ने कुराको ज्ञान नभएका कोही छैनन । यहाको वनमा गुल्मी रुपन्देही अर्घाखाँचीबाट मानिस आएर वनमा आगो लगाउदैनन । आगो त यहीका मानिसहरुले लगाउने हो । त्यसैले सचेतना त भन्ने मात्र हो यो विषयमा कडा नियम ऐन बनाउनु पर्ने स्यानियहरुको अनुभव रहेको छ । पछिल्लो समयमा वन्य जन्तुका कारण खेत बारीमा लगाइएका अन्न फलफुल जोगाउन कठिन भएकाले वन्य जन्तु धपाउनका लागि भनेर आगो लगाउने गरेको कचलका एक स्थानियले बताए । आम उपभोक्ताको यस्ता गलत मानसिकताको कारण वर्षेनी आगो लगाएको घटना बढेको हो । वनमा आगो लगाए वर्षादमा राम्रो संग भुई घास पलाउने, त्यसैगरी वनमा च्याउ उम्रने गर्दछ भन्ने गलत मानसिकताको उपजको कारण आगो लाग्ने क्रम बढेको स्थानिय कल्पना दलार्मीको बुझाई रहेको छ । डिभिजन वन कार्यलयका स्ुचना अधिकारी संयोग बस्नेत भन्दछन वनमा डढेलो लाग्ने कारणहरु मध्ये ९० प्रतिशत भन्दा माथि मानव सिर्जीत कारण हुन ।
सरकारले वर्षेनी सचेतनाका लागि लाखौ रुपैया खर्चिने गर्दछ । यस वर्ष जिल्लाको ५ सय १९ स्थानमा आगोलागी भयो । सबै भन्दा बढि तिनाउ गाउँपालिकामा क्षति भयो । जिल्लाको ८७ वटा सामुदायीक वनमा आगो लाग्दा ६ सय ८५ हेक्टर क्षेत्रफलको वनमा ठुलो क्षति भयो । गत वर्ष जेठ महिना सम्म १ सय हेक्टर क्षेत्रफलमा आगो लागि भएको थियो । वनमा आगो लगाउने प्रबृति भएकाले नै सरकारी प्रयास सफल हुन नसकेको उनले भने ।
यस वर्ष विद्यालयका बाल बालिकाको लागि डढेलो नियन्त्रणका लागि विद्यालय शिक्षाको शिर्षकमा ५० हजार रुपैया सहभागिता मुलक वन डढेलो रोकथामका लागि २ लाख र वन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना कार्यन्वयनका लागि ३१ हजार ४ सय ४० रुपैया खर्चिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यलयका सहायक वन अधिकृत रामचन्द्र लामा पनि मानव सिर्जीत प्रकरणले नै समस्या भएको बताउछन । कोभिडका कारण लकडाउन भएका बखतमा डढेलो सुन्य नै भयो त्यसैले सरकारको मात्र एकल प्रयासले हुदैन । उपभोक्ता नै जागरुक हुनु अबको आबश्यकता हो । वन विनाससगै वातावरणीय क्षेत्रमा समेत क्षति हुने भएकाले उपभोक्ता नै सचेत हुन पर्दछ । अन्यथा प्रकोपको रुपमा बढदै जाने उनको दावी रहेको छ ।