ट्रेंडिंग:

>> दाङमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल सुरु >> सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा >> राजावादी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख क्षतिपुर्ति >> अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार >> पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा >> मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति >> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल
बुटवल टुडे फलोअप

गण्डक पश्चिमी नहरमा पानी प्रवाह शुरु

२९ जेष्ठ २०८०, सोमबार
२९ जेष्ठ २०८०, सोमबार

नवलपरासी,  जेठ ।
नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणालीमा ढिलो भए पनि शनिवारदेखि पानी प्रवाहमा भएको छ । नहर मर्मत सम्भारका कारण केही दिन ढिलो भए पनि किसानलाई सिंचाई गर्न नहरमा पानी प्रवाह भएको हो ।

नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नुपर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई भएको थियो । ढिलो भए पनि गण्डक नहरमा पानी प्रवाह भएको हुँदा किसानलाई राहत मिल्ने गण्डक जल उपभोतmा संस्थाका अध्यक्ष हैदर अलि मोमिनले बताए । नहरमा पानी प्रवाहले खडेरीका कारण सुक्न लागेको ब्याडमा रहेको धानको बिउँमा सिंचाई गरेर जोगाउन सजिलो हुने भएको छ, उनले भने, अब पानी नहरमा निरन्तर प्रवाह हुने हुदा बीउ राख्न नपाएका किसानले विँउ राख्न पाउने भएका छन्,बीउ रोपाइँ गर्न सक्ने अवस्थाका किसानले रोपाइँ समेत गर्न पाउने भएका छन् ।
विगत बर्षको तुलनामा यो बर्ष एक साता पानी ढिलो हुन गएको छ । ब्यवस्थापन कार्यालय जति सक्दो पानी प्रवाह चाडै गरि दिइने कार्यमा लागि परेको थियो । सम्भव भएसम्म एक दुई दिनमै पानी प्रवाह गर्न सकिने पनि जनाएको थियो । मुल नहरमा पनि चुरे पहाडबाट पहिरो गएर सफा गर्ने कार्य भई रहेको थियो । त्यो कार्य छिट्टै सकाउनमा लागि रहेको उनको भनाई थियो । बढदो गर्मि र मौषमी पानी पनि नपर्दा किसानहरूले बालीनाली प्रति चिन्तित थिए । अहिले पानी नहरमा प्रवाह हुन थाल्यो,यसले किसानमा आशाा पलाएको सरावल ६ का किसान राममिलन यादवले बताए । उनका अनुसार किसानको माग अनुसार नै ब्यवस्थापन कार्यालयले पनि जति सक्दो छिटो प्रवाह गर्नमा अग्रसरता देखाएको थियो ।

नहरमा पानी केही ढिलो भए पनि रोपाईको बेला पानी प्रयाप्ता बढाउने गरि नहरको मर्मत सम्भार भईरहेकोले विउँ राख्नका लागि थोरै पानी आवश्यक पर्ने हुदा बोरिगँ र पम्पिगँसेटको उपयोग गरि किसानले विँउ राख्न थालेका थिए । तर रोपाईको बेला आई नपुग्दै नहरमा पानी प्रवाह भई सक्ने दाबी अनुसार नै नहरमा पानी प्रवाह गर्न सकिएको सिचाई ब्यवस्थापन कार्यालय प्रमुख शाहको थियो । भारतिय पश्चिमी नहरबाट पिपरपाती प्रसौनीमा सिचाई नहर प्रणालीमा पानी प्रवाह गर्ने भएको हुदा सो नहरमा भारतीय नहरसँगै पानी प्रवाह भई रहेको थियो । गण्डक सम्झौता अनुसार नेपालको कुल ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरि नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ ।
मुल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरू बनेका छन् । तर संरचनागत कमजोरीका कारण नहरमा बर्षेयाममा सिचाई गर्दा गण्डक नहरमा धेरै मात्रामा (बालुवा) सिल्ट बगेर आउने र ति सिल्ट नहरमा जम्मा भएर नहरमा पानी प्रवाहमा अवरोध हुने विगतकै समस्या रहेको छ । सो समस्या समाधानका लागि ब्यवस्थापन कार्यालयले मुहानमा सिल्ट बेसिनको काम पनि थालेको छ । ३५ करोड लागतमा सिल्ट सफाईका लागि सिल्ट बेसिनको निर्माण प्रकृयामै छ । पुरै काम सम्पन्न भए पश्चात नहरमा विगतको तुलनामा सिल्ट छान्ने कार्य मुहानमै भई सक्ने अवस्था हुन्छ । त्यो भएर नहर सहज ढंगले सुचारु हुने उनको भनाई थियो ।
चुरे पहाडबाट बग्ने खोलाका पानी ठाँउ ठाँउबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ,बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि रहेको हुदा ति स्थानमा नहरलाई पक्कि बनाउने कार्य पनि यसै बर्ष देखी शुरु भएको छ । ति स्थानमा नहर पक्कि भए पछि चुरेको पहिरोले नहर पुरिने अवस्थामा पनि सुधार आउने ब्यवस्थापन कार्यालय प्रमुख शाहको भनाई रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?