ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने
सन्दर्भ : विश्व नर्स दिवस

जोखिम अनुसार सेवा सुविधा कहिले ?

सामान्यतया जनरल वार्डमा एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपेर्नमा २५ देखी ३० जना हेर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।
२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

बुटवल, २९ वैशाख ।

लुम्बिनी प्रादेशिक अस्पतालको आईसियु विभागमा कार्यरत नर्स बिना कुमारी पुन बिरामी सेवामा रमाएकी छिन् । ‘आधारभुत सेवादेखि भेन्टिलेटरसम्मको सेवा दिने गरेका छौ’–उनले भनिन् । एक वर्षदेखि अस्पतालमा कार्यरत उनी दिनरात बिरामीको सेवामा दिन बिताउँछिन् । सास फेर्न नसक्ने अवस्थाका बिरामीलाई कृत्रिम श्वास दिने, कतिपय बिरामीलाई नुहाईदिने, औषधी खुवाउनेसम्म गर्नुपर्ने उनको अनुभव छ । भर्खर नर्सिङ पढ्नेहरुलाई आईसियुमा काम गर्दा धेरै सिकाई हुने उनी दाबी गर्छिन् । भेन्टिलेटर मेशिन, सिरिन्ज, पपिङ मेशिनहरुबारे कक्षाकोठामा पढेअनुसार ब्यावहारिक रुपमा सिक्ने अवसर मिल्ने उनी बताउँछिन् ।

अस्पतालमा स्टाफ नर्स पदमा कार्यरत सिता पाण्डे ब्याचलर इन नर्सिङसम्मको अध्ययन पुरा गरेकी छिन् । ३ वर्षदेखि यो पेशामा रहेकी उनी समयसापेक्ष आफुहरुको पदोन्नती हुन नसकेको दुःखेसो गर्छिन् । विभागको इन्चार्जका रुपमा कामको क्षमता भएर पनि खुम्चिएर बस्नुपरेको उनी बताउँछिन् । सेवाभावले उपचारमा खटिने आफुहरुप्रति राज्यबाट पाउने सुविधामा प्राथमिकता नपर्ने गरेको गुनासो गरिन् । अस्पताल ब्यवस्थापन र लोकसेवा आयोगबाट समयमा विज्ञापन नखुलाउँदा नर्सको संख्या कम छ । अर्र्कोतर्फ बिरामीको चाप धेरै छ । अस्पतालमा बिरामीको चाप बढेपनि नयाँ नर्सको जागिर नखुलाउँदा आफुहरुले गुणस्तरीय सेवा दिन समस्या देखिने गरेको उनी बताउँछिन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको सम्वेदनशील डायलोसिस विभागमा कार्यरत सृजना पौडेल आफनो पेशाप्रति दक्ष छिन् । मृगौला खराब भएर डायलोसिस गर्न आउने बिरामीलाई उनको टिमले दैनिक सेवा दिदै आएको छ । ‘एउटा बिरामीलाई डायलोसिस गर्न ४ घण्टा समय लाग्छ’–उनले भनिन् । अधिकांश मृगौला खराब भएका बिरामीले धेरै पानी पिउने हुँदा स्वास्थ्य अवस्था गाह्रो भएर अस्पतालमा आउने उनी बताउँछिन् । उनीहरुलाई परामर्श र डायलोसिस सेवा दिएर निको बनाई घर फर्काउँदा खुशी लाग्ने उनी बताउँछिन् ।

नर्सिङ पेशा सम्मानजनक र अवसर बोकेको पेशा भएको लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेल बताउँछिन् । कुनै बेला युवा पुस्ताको आकर्षणको विषय मानिने यो अहिले भने चुनौतीका रुपमा देखा परेको उनी बताउँछिन् । अध्ययन पुरा गरेर पेशा अपनाउनेहरु न्युनतम पारिश्रमिक निर्धारण नहुने र धेरै समय खटिनुपर्ने जस्ता समस्यामा छन् । यस्ता कमजारी हटाउन सरोकारवाला निकायहरुबाट आवश्यक अनुगमन र कारवाही हुदैन ।

अधिकांश अस्पतालमा नर्स र बिरामीको रेसियो नमिलेको उनी बताउँछिन् । सामान्यतया जनरल वार्डमा एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपर्नेमा २५ देखि ३० जना हेर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । ‘नर्सलाई कामको भार बढी छ’–उनले भनिन् । नर्सहरु आफुले सिकेको, जानेको गुणस्तरीय सेवा दिन चुकेका छन् । जस्तोसुकै रोग र संक्रमणका विरामी अस्पताल आएदेखि प्रत्यक्ष रुपमा जोडिएर उपचार र सेवामा खट्ने जोखिम मोलेर काम गरिरहेको बेला पनि त्यस अनुसारको सेवासुविधा पाउन नसकेको उनले दुःखेसो गरिन् । कोभिड संक्रमणको बेला जोखिम मोलेर चिकित्सकसंगै काम गर्ने नर्सहरुले जोखिम भत्ता नपाएको उनले बताईन् । स्वास्थ्यका अन्य विधाका पेशाकर्मीहरुलाई सम्बोधन गरे पनि आफुहरु बन्चित हुनुपरेको उनको गुनासो छ ।

मे १२ तारिख अर्थात् विश्व नर्स दिवस विविध कार्यक्रम गरी विश्वभर मनाईदैछ । दोस्रो विश्वयुद्धमा घाइतेको सेवा गरेर प्रख्यात बनेकी नर्स फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन पारेर विश्वभर दिवस मनाउन थालिएको हो ।

नर्सिङ परिषद्को तथ्यांकअनुसार नेपालमा हाल नर्सहरुको संख्या १ लाख ५ हजार छ । १० देखि १२ लाख खर्चेर वर्षौं लगाएर पढेका नर्सले निजीमा अहिले पनि मासिक १०–१२ हजारमा मात्रै काम गर्न बाध्य छन् । स्नातक र स्नातोकोत्तर गरेका नर्सहरुले प्रवीणता मात्रै गरेकासँग एकै तहमा काम गर्नुपरेको छ । अस्पतालमा विरामीको उपचार सेवामा मात्रै खट्ने नर्सहरु पछिल्लो समय विद्यालय र सामुदायिक संस्थाहरुमा पनि कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?