© २०२३
बुटवल,६ बैसाख । ग्रील तथा स्टील ब्यावसायी संघ रुपन्देहीले शुरु गरेको सामाजिक सुरक्षा (सासु) कार्यक्रमले उद्योगी र कामदार दुबैलाई समस्या पर्दा ठूलो राहत दिलाएको छ ।
बुटवल इन्जिनियरिङ वक्र्सका कामदार तिलक थारुको गत साउन ९ गते कामको सिलसिलामा कपिलवस्तुमा करेन्ट लागेर मृत्यु भएकोमा उनको परिवारले ७ लाख रुपैयां राहत पाएको छ ।
संघले मंगलबार एक कार्यक्रमबीच मृतक थारुकी श्रीमती निशाकुमारी थारुलाई ७ लाख रुपैयांको चेक दिएको हो ।
चेक पाएपछि निशाले दुखको बेला ठूलो राहत मिलेको बताइन् । ‘दुर्घटना नहुनु थियो भयो, यस्तो घटनामा कुनै राहत नपाउने अवस्था पनि छ तर संघको सासु कार्यक्रमले हाम्रो परिवारको पीडामा मल्हम लगायो’– निशाले भनिन् ।
बुटवल इन्जिनियरिङ वक्र्सका संचालक महेन्द्र कार्कीले सासु कार्यक्रमले गर्दा आफूलाई समेत ठूलो राहत महसुस भएको बताए ।
‘मेरो उद्योगको काम गर्दा मेरो मजदुरको मृत्यु भयो,यस्तो अवस्थामा म एक्लैले ठूलो रकम दिन सक्ने अवस्था थिएन तर सासु कार्यक्रमले दियो जसले मजदुरको परिवारलाई मात्र हैन मलाई पनि राहत महसुस भएको छ’–कार्कीले भने–‘सबै व्यवसायी यो कार्यक्रममा आवद्ध हुने हो भने भवितब्य दुर्घटना हुंदा उद्योगी र मजदुर दुबैलाई राहत हुन्छ ।’
संघका सदस्य व्यवसायी सासु कार्यक्रममा आवद्ध भएमा त्यहां काम गर्ने कामदार मजदुरले स्वतः राहत पाउंछन् । मजदुरले कुनै शुल्क तिर्नुपर्दैन ।
सासु कार्यक्रम शुरु गरेका निवर्तमान अध्यक्ष तुलजी सारुले कामको सिलसिलामा घाइते भएकाको हकमा न्युनतम १० हजारदेखि ७५ हजारसम्म र कामको सिलसिलामा मृत्यु भएमा ७ लाख रुपैयांसम्म राहत रकम दिने गरेको बताए ।
कोरोनाको समयमा मृत्यु भएका तिलोत्तमाका व्यवसायी नारायण चौधरीको परिवारलाई २ लाख रुपैयां राहत दिएको निवर्तमान अध्यक्ष सारुले बताए ।
संघका अध्यक्ष मोहन भट्टराईले आफ्नो कार्यकालमा संघमा आवद्ध सबै व्यवसायीलाई सासु कार्यक्रममा आवद्ध गराई व्यवसायी र मजदुर दुबैलाई भवितब्य आइपर्दा राहत दिलाउने प्रयासमा रहेको बताए ।
सासु कार्यक्रममा आवद्ध हुन एक दिनको ६ रुपैया र नवीकरण गर्न एक दिनको ३ रुपैयां ंमात्रै लाग्छ’–भट्टराईले भने–‘यो कुनै ठूलो रकम होइन तर कतिपय व्यवसायीले यसको महत्व अझै बुझ्न सक्नुभएको छैन ।’
सासु कार्यक्रममा आवद्ध हुने व्यवसायीलाई संघले हेल्मेट,पन्जा लगायत दुई हजार भन्दा बढी मूल्य पर्ने सेफ्टी औजारहरु समेत दिने गरेको महासचिव ध्रुवमणि ज्ञवालीले बताए ।
संघले हालसम्म ५० जना भन्दा बढीलाई सासु कार्यक्रम अन्तर्गत उपचार खर्च र राहत दिएको उनले बताए ।
संघका संस्थापक अध्यक्ष अशोक वर्माले संघले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अरु व्यवसायिक संस्थाले पनि लागु गर्नुपर्ने अनुकरणीय रहेको बताए । उद्योगी र मजदुरलाई राहत दिन संघले एिकमुष्ट रकम तिरेर हमालय एभरेष्ट इन्स्योरेन्ससंग वीमा गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी