ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

प्रदेश राजधानी दाङका होटल व्यवसायी भन्छन्– ‘ग्राहक आउँदैनन्, व्यवसाय चलेन’

२८ चैत्र २०७९, मंगलवार
२८ चैत्र २०७९, मंगलवार

दाङ, २८ चैत ।

लुम्बिनी प्रदेशको राजधानी दाङमा होटल व्यवसायीहरु कारोबार सुस्ताएपछि संकटमा पर्न थालेका छन् । दाङमा रहेका उद्योग व्यवसाय, कलकारखाना, होटलहरुको कारोबार निकै सुस्ताएको छ । उद्योगी व्यवसायीको दैनिक कारोबारमा ८० प्रतिशतले घटेको व्यवसायीको भनाई छ । निकै चहलपहल हुने बजारहरुमा ग्राहकको चाप घटेको छ । अत्यावश्यक सामग्री खरीदमा पनि कमी हुँदै गएको छ । नियमित हुने कार्यक्रम, जमघट, सभा समारोह जस्ता गतिविधि कटौती हुँदै गएका छन् । जसले गर्दा होटल व्यवसाय क्षेत्र प्रत्यक्ष मारमा परेका छन् ।

बैंकको चर्को ब्याज, आर्थिक मन्दीलगायत विभिन्न कारणले बजारमा अत्यधिक महंगी हुँदा उपभोक्ताको क्रय क्षमता घट्दै गएको अवस्थामा व्यापार ठप्प प्रायः छ । सेवा क्षेत्रका रुपमा रहेका होटलहरु अहिले घाटामा छन् ।

बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हुनु र मुलुकको अर्थतन्त्र संकट उन्मुख हुँदै जाँदा व्यापारमा मन्दी आएको छ । ‘हिजोआज कसैको मुख हँसिलो छैन, व्यापार चौपट हुँदै गएको छ, कोरोना कालमा पनि यति सकस परेको थिएन जस्तो लाग्छ, होटल माला इनका ओविन्द्र महराले भने, ‘व्यवसाय चलाउन सक्ने अवस्था कमजोर बन्दै गएपछि धेरै सटरखाली भएका छन्, केही हुने क्रममा छन्, होटल व्यवसायको कारोबार चलाउन दिन प्रति दिन खस्किँदो छ ।’

बजार क्षेत्रमा सटर भाडामा पाउन निकै गाह्रो हुने यहाँ पछिल्लो समय धेरै सटरहरु खाली हुँदै गएका छन् । सटर खाली भएसँगै घर भाडामा दिएका कोठासमेत खाली हुन थालेका छन् । जिल्लाको सबै ठाउँमा समस्या देखा परेको छ । जिल्लामा रहेका केही सुविधासहितका होटलहरुमा पाहुना आउन छाडेका छन् । जसले गर्दा सबै प्रकारका होटलहरुमा आर्थिक संकट गहिरिँदै गएको होटल व्यवसायीहरुको दुःखेसो छ ।

दाङ देउखुरी होटल व्यवसायी समिति अध्यक्ष दीपेन्द्र पुनले होटल व्यवसायीहरुमा अहिलेको परिवेशले निरासा बढाएको बताए । ‘ठूला लगानीका होटलहरुले कर्मचारी कटौती गरिरहेका छन्, मझौला होटलहरुको अवस्था ग्राहक कुरेर बस्नुपर्ने अवस्था छ, साना होटल त झन भाडा तिर्न सक्ने अवस्थामा पनि छैनन्’, उनले भने ‘होटल कसरी चलाउने हो भन्ने चिन्ता बढेर गएको छ । साना होटलले वर्षभरी दश लाखको पनि कारोबार गर्न सक्ने अवस्था छैन उता कर कार्यालयले कर तिर्न ताकेता गरेर तनाव दिने गरेको छ ।’

तुलसीपुर होटल व्यवसायी समिति अध्यक्ष ईन्द्रबहादुर बस्नेतले खाई नखाई अरुको सेवामा खट्नु पर्ने बेला विभिन्न खालका समस्याको सामना गर्नु परिरहेको बताए । ‘जहान परिवार पाल्नका लागि राज्यको अधिनमा रही सेवामूलक काममा खटिँदा पनि अनेकन समस्याको घेरामा पर्न बाध्य हुनुपरेको छ’, उनले भने, ‘होटल व्यवसाय गर्ने वातावरण बन्न सकेको छैन, कसरी गरिखाने होला ।’

‘चर्को बैंक ब्याजदर, व्यवसायमा आएको मन्दी, बढ्दो व्यावसायिक असुरक्षाले समस्या भएको छ ।’व्यापार व्यवसाय ठप्प प्राय रहेको बेलामा सबैभन्दा धेरै कमाउने क्षेत्र होटल व्यवसायी हुन् भन्ने सोँच राजस्व कार्यालयको रहेको उनको तर्क छ । ‘२० लाखभन्दा माथि कारोबार गर्नेलाई भ्याटमा अनिवार्य गर्दा समस्या भयो । पहिले २५ लाखदेखि ४० लाखसम्म प्यानमा कारोबार गर्न सकिने भनिएको थियो । त्यसैको आधारमा पूँजी बढाउनेहरु अहिले मारमा परेका छन्’ उनले भने ‘आर्थिक संकट बढेर गएको छ । दाङ जिल्लालाई मात्रै भ्याटमा लैजान खोजिएको छ । यो सरासर अन्याय हो ।’

दाङ देउखुरी होटल व्यवसायी समितिका पूर्व अध्यक्ष मुक्ति खरेलले भने, ‘दाङका बाटाघाटाका कारण आगन्तुकको आवागमनमा समस्या हुँदा चहलपहल छैन । अब यही अवस्था रहे बाटोमा उभिएर माईक फुकेर होटल बन्द गर्न मात्रै बाँकी रहनेछ । होटल गर्न थालेको ३५ वर्ष भयो, अहिलेको जस्तो संकट कोरोना कालमा पनि भएको थिएन’, उनले भने । ‘घोराही होलेरी, तुलसीपुर लमही, दाङ सुर्खेतलगायत सडकले समस्या गरेको छ, बाटोघाटोको यस्तो अवस्था छ, अनि कसरी पाहुना आउँछन् र हाम्रो व्यापार हुन्छ’ उनले भने ‘अब बन्द गरेर बस्ने दिन नआउला भन्न सकिन्न । यहाँको हावापानी, भुगोल, सामरिक अवस्थालगायतले राम्रो हुँदा हुदै पनि सोचे अनुसारको काम हुन नसक्दा दाङको आर्थिक विकासमा असर गरेको छ ।’

गढवा होटल व्यवसायी समिति अध्यक्ष दयाराम थापाले पनि होटल व्यवसाय क्षेत्र धरासायी बन्दै गएको बताए । ‘होटलवालाले धेरै कमाए भन्ने धेरैमा भ्रम छ । कर कार्यालयले अनेकन दुःख दिने गरेको छ’, उनले भने, ‘घरवहाल भाडा सायद सबैभन्दा धेरै तिर्ने क्षेत्र भनेकै होटल व्यवसाय क्षेत्र हो, पाइलैपिच्छे करले मारेको छ, आम्दानी घटेको छ । कहाँबाट कर तिर्ने हो भन्ने चिन्ताले सताएको छ । आम्दानी खुम्चिदै गएको छ । होटल व्यवसाय धरासयी हुने अवस्था छ ।’

लमही, भालुवाङ, घोराही, तुलसीपुर, हापुरे, सिसहनियाँ, गढवालगायतका बजारमा आर्थिक कारोबार घटेको छ । अरु कारोबार गर्न व्यवसायीका धेरै जसो सटर बन्द भईसकेका छन् । घोराहीमा मात्र करिव ३ सय पचास बढी सटर पछिल्लो ४ महिनामा खाली भइसकेका छन् । तुलसीपुर क्षेत्रमा पनि व्यवसायीहरु विस्थापित हुने क्रम बढेको छ । देउखुरी क्षेत्रमा पनि उद्योगी तथा व्यवसायीहरु विस्थापित हुने क्रम बढेको देउखुरी उद्योग वाणिज्य संघको भनाई छ ।

कमजोर अर्थतन्त्र र व्यवसायीमैत्री वातारण बन्न नसक्दा धेरै व्यवसायीहरु व्यवसाय गर्न सक्ने अवस्थामा नरहेको दाङ जिलला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको भनाई छ । ‘चर्को ब्याज, महंगो भाडा अनि व्यापारमा आएको मन्दीले कसरी व्यवसाय धान्न सकिएला, यसरी समस्या थपिँदै जाने हो भने सबै सटर बन्द हुने अवस्था नआउला भन्न सकिन्न’, उनले भने, ‘अर्थतन्त्रमा आएको मन्दीले बैंकलाई किस्ता व्याज बुझाउन र कोठा भाडा तिर्न पनि नसक्ने अवस्था आएको छ ।’

लगानीमैत्री वातावरण नहुँदा व्यवसायीले दैनिक धमाधम व्यापार छोड्न थालेका छन् । कोरोना महामारीको असर र त्यसपछि व्यापारमा देखिएको मन्दीका बीच चर्को बैंक ब्याजले यतिबेला व्यवसायमा निकै गिरावट आएको छ । दाङको उद्योग व्यवसायमा साढे २ खर्ब बढी लगानी रहेको अनुमान गरिएको छ । दाङमा सबै होटल व्यवसायीको संख्या ५ हजार बढी अनुमान गरिएको छ । जसमा ठूला होटलहरु दुई दर्जनको हाराहारी रहेको छ । घोराही क्षेत्रमा १३ सयको हाराहारीमा होटल रहेको अनुमान छ । जसमध्ये दाङ देउखुरी होटल व्यवसायी समितिमा दर्ता भएको संख्या ४ सय ५० को हाराहारी मात्रै छ ।

अर्थतन्त्रमा आएको मन्दीले सबै क्षेत्रका उद्योगी व्यवसायी विस्थापित हुने क्रम बढेको उनको भनाई छ । ‘पछिल्लो समय अस्वाभाविक रुपमा व्यवसायीहरु विस्थापित हुने क्रम बढदै गएको छ । व्यवसाय धान्न धौ भएपछि पेशाबाट हात उठाउने गरेका छन् । होटल व्यवसायीको हालत अझ चिन्ताजनक छ, घरघाडा कसरी तिर्ने हो, कर्मचारी कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको छ’ अध्यक्ष बुढाथोकीले भने । दाङमा पाँच वटा होटल व्यवसायी समिति रहेको छ । जसलाई एकीकृत रुपमा व्यवस्थापन गर्न होटल व्यवसायी समन्वय समिति पनि गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?