ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य उम्मेदवार कुंवरको १८ बुंदे प्रतिवद्धता र अपील

२८ चैत्र २०७९, मंगलवार
२८ चैत्र २०७९, मंगलवार

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ केन्द्रीय सदस्यमा कम्प्युटर एशोसिएसन नेपाल क्यान महासंघका तर्फबाट उम्मेदवारी दिएका निवर्तमान अध्यक्ष नवराज कुँवरले १८ बुंदे प्रतिवद्धता सहित मतदानका लागि अपील गरेका छन् । कुंवर वरिष्ठ उपाध्यक्ष उम्मेदवार अन्जन श्रेष्ठ प्यानलबाट उम्मेदवार बनेका छन् । वस्तुगत संघबाट निर्वाचित हुने १४ कार्यसमिति सदस्य पदका लागि कुंवरसहित २८ जना प्रतिस्पर्धामा छन् ।
कुंवरले नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध १२३ वस्तुगत संघमा आवघ व्यवसायीका आयात निर्यात, बैंकिङ, खुला सिमाना,भ्याट कर लगायतका समस्या समाधानमा आफूले सरकारसंग पहल गर्ने तथा महासंघको विधान समयपापेक्ष परिमार्जन र पुनर्लेखन गर्न पनि आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सूचना तथा सञ्चार प्रविधि (आईसीटी) कुनै व्यवसाय नभई आधुनिक विकासको पूर्वाधार भएको र यसको जगमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, उद्योग व्यवसाय, सम्बन्ध र ज्ञान उभिनुका साथै फस्टाएकाले यसको विकास, विस्तार तथा प्रवद्र्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउनका लागि सरकारसँग सहकार्य गर्ने कुंवरको प्रतिवद्धता छ ।
कुँवर क्यान महासंघका अलावा एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसनका उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आईसीटी विकास उपसिमितिका सहसभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आईसीटी अप्टिमिस्ट क्लब अफ काठमाडौंका अध्यक्ष समेत हुन् ।
सूचना प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउन सरकारसँग सहकार्य गर्नेगरी क्यान महासंघको तर्फबाट कुँवरले उम्मेद्वारी दिएको स्पष्ट पारेका छन् ।
डिजिटल साक्षरता बढाउन, इन्टरनेट गुणस्तरीय र सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्न, विदेशी लगानी प्रवर्द्धन गर्न, डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण गर्न, स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न भूमिका खेल्ने कुंवरले जनाएका छन् ।

क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले कुवँरको जीतका लागि नेपाल उद्योग वाणिज्य महासंघका सम्पूर्ण मतदातासँग अमूल्य मतको अपेक्षा राखिएको बताए । ‘अहिलेको युग र समय सूचना प्रविधिको युग भएकाले सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको उद्योग वाणिज्य महासंघमा सूचना प्रविधि क्षेत्रको राष्ट्रिय र अन्तारष्ट्रिय अनुभव प्राप्त उम्मेदवार नवराज कुंवरको जितले महासंघको उचाई र गरिमा थप माथि जाने छ’–अध्यक्ष पोदारले भने ।

यस्ता छन् कुंवरका प्रतिवद्धता

–आईसीटीको विकास, विस्तार तथा प्रवद्र्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउनका लागि सरकारसँग सहकार्य गर्ने ।

–डिजिटल साक्षरता बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत अन्य पेमेण्ट भेण्डर तथा अनलाइन व्यवसायसँग समन्वय र सहकार्य गर्ने ।

–नेपालमा मोबाइल सेवा तथा इण्टरनेट सब्स्क्राइब गर्नेको संख्या मुलुकको कुल जनसंख्याको अनुपातमा क्रमशः २७ र ३१ प्रतिशतले बढी भए पनि त्यसको व्यावसायिक विकास भने हुन सकेको छैन । यस्तो अवस्थामा त्यसको प्रभावकारी विकास र प्रयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघ, सरकार र सम्बन्धित क्षेत्रका नियामक र उद्योग व्यवसायसँग समन्वय र सहकार्य गर्ने ।

–अत्यधिक करका कारण नेपालको इण्टरनेट सेवा दक्षिण एशियामै महँगो बनेको छ । त्यसैले सूचना तथा सञ्चार प्रविधि नीति २०७२ मा उल्लेख गरे अनुसार सूचना तथा सञ्चारलाई सबैको पहुँचयुक्त र क्रयशक्ति योग्य बनाउने ।

–सूचना तथा सञ्चार प्रविधिमार्फत दिगो, फराकिलो तथा समावेशी आर्थिक एवम् सामाजिक विकासमा योगदान दिने ।

–आईसीटी सेवा तथा व्यवसायलाई सम्बोधन गर्ने गरी डिजिटल साक्षरता बढाउन, त्यसमा सरकारलाई परामर्श दिन एवम् सो कार्यमा नेपाल उद्योग वाणिज्य महासंघको सहभागितालाई अझ प्रभावकारी र नतिजामूलक बनाउने ।

–नेपाललाई प्रविधिको पहुँच र प्रयोगमार्फत डिजिटल विकासको दिशामा लैजान कार्यान्वयनमा ल्याइएको डिजिटल नेपाल फ्रेमवर्क र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ जस्ता नीति तथा कार्यक्रमको कार्यान्वयनमा सरकारलाई सघाउने । र, सो क्रममा निजी क्षेत्रका व्यवसायको हित सुनिश्चित हुने गरी नीति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई घच्घच्याउने ।

–नेपालमा डिजिटल अर्थतन्त्रको भविष्य र अर्थसामाजिक संभावना बारेको रोडम्यापबारे भिजन निर्माण गर्न सरकारलाई सघाउने । व्यावसायिक संभावनाको विस्तार गर्न र नीतिगत सुधार तथा विकासका लागि सरकार तथा व्यवसायीलाई सुझाव दिन तथा त्यसका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय संघसंस्थासँग सकार्य गर्ने ।

–नेपाल उद्योग वाणिज्य महासंघले निर्माण गरेको र नेपाल सरकारले इन्डोर्स गरेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सूचना प्रविधिको प्रयोगलाई अझ घनीभूत बनाउने ।

–बैंकिङ, युटिलिटी पेमेण्ट, यातायात र राजस्वलाई पूर्णरुपमा डिजिटलाइज्ड गरी व्यवसायिक विकासमा सहयोग गर्न सक्ने बनाउने । मानिसहरु बैंकसम्म जानै नपर्ने, कुनै पनि आर्थिक कारोबारमा खल्तीबाट नगद झिकेर बिल भुक्तानी गर्नु नपर्ने र सकेसम्म पैसालाई भौतिकरुपमा देख्नै नपर्ने अवस्था सिर्जना गर्ने दिशामा काम गर्ने ।

–सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात, निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवहारिक कर नितिका सम्बन्धमा तथा इकमर्स व्यवसाय सञ्चालनमा व्यवसायीका हितको रक्षा गर्ने ।

–सूचनाप्रविधि क्षेत्रमा ठूलो संभावना रहे पनि त्यसलाई उपयोग गर्न सकिएको छैन । त्यस संभावनामा व्यावसायिक विकासका लागि सरकार र निजी क्षेत्रवीच वृहत्तर सहकार्य तथा सहमति निर्माण गर्ने ।

–नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत, जिल्ला तथा नगर संघहरुलाई सूचनाप्रविधिमा अझ सबल बनाउने । महासंघका गतिविधि तथा सेवालाई पूर्णतः सूचना प्रविधिमैत्री बनाउने । बस्तुगत संघ, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई सूचना प्रविधि नेटवर्कमार्फत जोडी प्रभावकारी र वृहत राष्ट्रिय सञ्जालको विकास गर्ने ।

–जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, संस्थागत सदस्य तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुवीच प्रविधिमार्फत अन्तक्र्रिया बढाउने ।

–सूचना प्रविधि तथा सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित तथा प्रवद्र्धन गर्ने । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघमा हाल भएको संरचनालाई अझ प्रभावकारी बनाउनका लागि सूचना गेटवे निर्माण गर्न र सञ्चालन गर्ने ।

–सम्भावित वातावरणीय, आर्थिक, सामाजिक तथा प्रविधिको क्षेत्रमा आउने चुनौतिको सामना गर्ने खालका खोज तथा अनुसन्धानलाई प्रोत्साहित गर्ने । यस क्षेत्रमा जनशक्ति विकास गरी निजी उद्यमलाई सघाउने ।

–सञ्चार तथा सूचना प्रविधिमा आधारित साना उद्योग तथा कृषि, स्वास्थ्य तथा अन्य स्थानीय उद्यमको प्रवद्र्धनका लागि कार्य र सहकार्य गर्ने । सूचना प्रविधिको प्रयोगमार्फत साना तथा मझौला उद्यमहरुको उत्पादनशीलता, गुणस्तर र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने ।

–विभिन्न क्षेत्रका लागि अत्यावश्यक मानिएको प्रविधि हस्तान्तरणमा स्वदेशी तथा विदेशी कम्पनीहरुवीच सम्बन्ध तथा सहकार्य विस्तार गर्न र सो मार्फत विदेशी लगानी प्रवद्र्धन गर्ने ।

–स्टार्टअप तथा इन्क्यबेटर प्रोजेक्टको प्रवद्र्धनमार्फत युवामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उद्यमशीलता विकास गर्ने ।

बुधबार  हुने  साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । यसै साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागिनिर्वाचन हुनेछ ।

उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

नयाँ वरिष्ठ उपाध्यक्ष चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्र जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ । जिल्ला–नगर वाणिज्यतर्फ सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

यस्तै वस्तुगत उपाध्यक्षमा शकुन्तला हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल उम्मेदवार छन् । एसोसिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।

तीन उपाध्यक्ष पदका ८ उम्मेदवारमध्ये जिल्ला–नगरका दिनेश श्रेष्ठ, वस्तुगतका हेमराज ढकाल र एसोसिएट्सका भरत आचार्य उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।

यस्तै अञ्जन श्रेठ प्यानलमा सुरकृष्ण श्रेष्ठ र अरुणराज सुमार्गी छन् । जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षका शकुन्तलाल हिराचन र एसोसियट्सका ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाइ प्यानलका हुन् ।
जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमितिमा चुनिने ५१ सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् ।

वस्तुगत संघबाट निर्वाचित हुने १४ कार्यसमिति सदस्य पदका लागि २८ जना प्रतिस्पर्धामा छन् । यस्तै, उद्योग वाणिज्य संघबाट निर्वाचित हुने १८  कार्यसमिति सदस्यमा ३२ जना र १९ एसोसिएट कार्यसमिति सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?