ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन
पीडामा बचतकर्ता

घोराहीको सूर्य सहकारीको ठगी, सयौँ बचतकर्ताको लाखौँ रकम डुब्दै

“कतिपय चेक व्यक्तिकै नाममा बाउन्स छ भने धेरै जसो चेक संस्थाको नाममा बाउन्स भएको छ । यी सबै अवस्था आउनुमा तीनै संचालकको दोष देखिन्छ ।” पीडितका अनुसार, सूर्य सहकारीबाट लाखौँ रकम हिनामिना भएको छ ।
२२ चैत्र २०७९, बुधबार
२२ चैत्र २०७९, बुधबार

दाङ, २२ चैत ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको सूर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत महिला कर्मचारीहरु प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी प्रवक्ता सामु अनुनय विनय गर्दै भने, “सर हामीलाई बजारमा हिंड्न पनि गाह्रो भयो । सहकारीका व्यवस्थापक र अध्यक्षले रकम हिनामिना गरेका छन् हामी त्यसका कर्मचारी हौ, हामीलाई मुख देखाउन गाह्रो भयो ।” यति कुरा सुने पछि प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले भने, “यो विषयमा धेरैबाट उजुरी परेको छ । संचालकसहित अरु सम्वद्धलाई खोजी कार्य जारी छ । चाँडै सम्पर्कमा ल्याउँछौँ ।” लगत्तै सहकारीका कर्मचारीले भने, “आज फोन लागिरहेको छ, हामीले गर्दा उठेको छैन, हजुरले कल ट्रयाकिङ गरेर भएपनि सम्पर्कमा ल्याइदिनुपर्यो, हामी त समाजमा मुख देखाउन नसक्ने भई सक्यौं ।”

मंगलबार दिउँसो ३ जना महिला जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी प्रवक्ता सामु अनुनय विनय गर्दै गरेको दृश्य हो यो । “सर हामी त साह्रै पीडित भयौं, उता, ग्राहक सेवाग्राहीको गुनासोको चाङ छ, यता सहकारी संचालकले हामीलाई अप्ठ्यारोमा पारेका छन् । लौ न सर, केही उपाय निकालिदिनुपर्यो ।”

दाङको घोराहीमा रहेको सूर्य बचत तथा ऋण सहकारी संस्थाले सेवाग्राहीबाट संकलित रकम दुरुपयोग गरेको पाइएको छ । सानो सानो रकमबाट वचत गरेका वचतकर्ताहरुको रकम सहकारीले अपचलन गरिदिएपनि उनीहरु पीडामा छन् ।
घोराही –१६ मुक्तकमैया टोलकी वर्षा पुनले सहकारीका कर्मचारी आफै आएर वचत गर्न लगाएपछि गरेको बचत रकम पाउन सकेकी छैनन् । उनले शुरुमा बचत गरेको पैसा निकाल्न जाँदा सजिलै पाएको बताइन् । “तर अहिले पाएको छैन”, उनले भनिन्, “सहकारीका कर्मचारी आफै आएर वचत गर्न लगाए, वचत गर्न लागेको पनि ३ वर्ष भएको थियो, मेरो खातामा मात्रै ४० हजार वचत छ । दुख सुख गरेर खाइ नखाइ दैनिक रुपमा वचत गरेको थिएँ, तर आज पैसा पाउने छाँटकाँट छैन ।”

घोराही १५ की अनिता चौधरीले सहकारीका बारेमा बजारमा नराम्रो कुरा सुनेपछि बचतको पैसा निकाल्न जाँदा नपाएको बताइन् । दुई वटा पास बुकबाट जम्मा गरेको दैनिक बचत ७० हजार डुब्ने चिन्ता छ । आफ्नै पैसा त हो, कसले बेइमान गर्ला र भनेर हिनामिनाको हल्ला सुने पनि ३ महिनासम्म वचत गरेको उनले बताइन् । उनका अनुसार, गत भदौदेखि सहकारीको कार्यालयमा धाउँदा पनि वचत रकम प्राप्त भएको छैन । “रकम फिर्ता गर्छु भनेर पटक पटक भाका सारेको छ, तर अहिले अध्यक्ष नै सम्पर्कमा छैन”, उनले भनिन्, “एक पटक भेट भएको बेला सहकारी संचालकले नारायण बस्नेत हो, यो मेरो घर हो मैले तलमाथि गर्दिन भने । मैले पनि होला त भन्ने लाग्यो तर आज सबै रकम डुब्ने अवस्थामा पुगेको छ ।”

सूर्य सहकारीमा वचत गरेका धेरैले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पक्राउ पुर्जी जारी नहुँदासम्म केही गर्न नस्कने भनेपछि काम भएन । “प्रशासनमा पनि निवेदन लेखाएर दिँदा ठाडो उजुरी भनेर पन्छाईयो”–अनिताले भनिन्, “माघ २२ मा सहकारीमा गएर पैसा निकाल्न खोज्दा काम नभएपछि घटना बारे प्रशासनमा पुगेर जानकारी गराएको हुँ । आजसम्म केही हुन सकेको छैन ।” उजुरी गर्न जाँदा सहकारीका कर्मचारीले उल्टै डर देखाउने र बचत भएको पैसा त परैको कुरा क्षतिपूर्ति भर्नुपर्ने कुरा पनि सुनाएको उनको भनाई छ ।

प्रहरी नायव उपरीक्षक गौतमले सूर्य वचत सहकारीको पहिलेको अध्यक्ष सन्जीव पछाई र हालको अध्यक्ष नारायण बस्नेतले आर्थिक अपचलन गरेको देखिएको बताए । उनका अनुसार, पछाईले काटेको चेक सटही नभएको भेटिएको छ भने हालका अध्यक्ष बस्नेतले काटेको चेकको अवस्था पनि उस्तै छ ।

उनले भने, “कतिपय चेक व्यक्तिकै नाममा बाउन्स छ भने धेरै जसो चेक संस्थाको नाममा बाउन्स भएको छ । यी सबै अवस्था आउनुमा तीनै संचालकको दोष देखिन्छ ।” पीडितका अनुसार, सूर्य सहकारीबाट लाखौँ रकम हिनामिना भएको छ ।

सो सहकारीमा कार्यरत कर्मचारीहरुले आफुहरुले पनि लामो समयदेखि तलब नपाएको बताएका छन् । उनीहरुले आफुलाई तलब सुविधा केही नचाहिने बताउँदै सेवाग्राहीको पैसा फिर्ता गरिदिए आफुहरुलाई पुग्ने बताउने गरेका छन् । एक कर्मचारीले भने, “हामीलाई बजार निस्कन पनि समस्या भएको छ । मास्क लगाएर हिंड्दा पनि चिन्छन्, अनि उही गुनासो र पीडा पोख्छन्, आफुसँग कुनै जवाफ हुँदैन । शुरुमा हामीले नै ग्राहक बनाएका हौँ, उनीहरुले हामीलाई पनि अप्ठ्यारोमा पार्ने काम भएको छ ।”

उक्त सहकारीमा पहिले १४ सय वचतकर्ता थिए । अहिले ८ सयको हाराहारीमा रहेका छन् । सहकारीको अवस्था राम्रो नभएको थाहा पाएकाहरुले समयमै वचत रकम निकासा गरेपनि अरु सोझा वचतकर्ताहरु विश्वास गरेर बस्दा मारमा परेका छन् । उता, जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले जिल्लामा रहेका सहकारी संस्थाहरुलाई पैरवी गर्ने र सचेत गराउने बाहेक अरु काम गर्न सक्ने अवस्था नरहेको बताए ।

जिल्ला सहकारी संघका कार्यसमिति सदस्य खुसलराम शर्माले पीडित आएमा समन्वय गराउने प्रयास गर्ने गरेको बताउँदै कुनै उपाय नलागेमा कानुनी बाटो रोज्न अपिल गर्ने गरेको बताए । उनले जिल्लामा केही सहकारी ठीक ढंगले चल्न नसक्दा गुनासो बढेको बताए । “सबै सहकारीको अनुगमनमा जान सकिएको छैन, जिल्लाभरको यथार्थ अवस्था पहिचान गर्न नसकिएको हुँदा नयाँ कार्य समितिले कार्य विभाजन गरेर अध्ययन अनुगमन गर्ने तयारी भएको छ”–उनले भने, “सहकारी संचालक, व्यवस्थापकहरुले सहकारीको नीति सिद्धान्त अध्ययन गर्ने, सोही अनुसार काम गर्नुपर्ने हो तर यसो नगर्दा आफु डुब्ने र सेवाग्राहीलाई पनि डुबाउने खेल भएको छ ।”

व्यवस्थापकीय पक्ष कमजोर, विधान अनुसार नचल्ने, व्यक्तिगत विचार र कार्ययोजना, आर्थिक पाटो पारदर्शी नहुनु, उद्देश्य विपरित लगानी गर्नु जस्ता कारणले पछिल्लो समय सहकारी संस्थाहरुमा विचलत आएको घोराही उपमहानगरपालिका सहकारी प्रवद्र्धन शाखा प्रमुृख प्रेम केसीले बताए । उनले सहकारीका फिल्डमा हिड्ने कर्मचारी, लेखा हेर्ने समिति, कार्य समिति, ऋण समितिबाट कमजोरी हुने गरेको बताए । हरेक कुरामा चेक एण्ड ब्यालेन्स हुनुपर्ने उनको धारणा छ ।

घोराहीमा मात्रै २ सय १४ वटा सहकारी संस्था रहेका छन् । जसमध्ये पालिकामा १८९ मात्रै दर्ता भएका छन् । जिल्लामा हाल ६ सय ३० सहकारी संस्थाहरु मध्ये संघमा १५३ बचत तथा ऋण, १८९ कृषि, १३ उपभोक्ता, २७ बहुद्देश्यीय, ५ बिद्युत, १३ सामाजिक उद्यमी र अन्य प्रकृतिका १८, विषयगत संघ ४ गरी ४२२ सहकारी संघ÷संस्थाहरु आबद्ध छन् ।

पछिल्लो समय सहकारी विभागमा पनि उजुरी गर्नेको संख्या बढेको पाइएको छ । सहकारीमा आवद्ध सदस्यले संकलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । जिल्लामा आधा दर्जन बढी सहकारी संस्थाहरु डुबेका र केही डुब्ने अवस्थामा पुगेका छन् । जसमा हजारौँ वचतकर्ताको लाखौँ रकम जोखिममा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?