© २०२३
बुटवल,१० चैत । सिटिजन्स बैंक इन्टरनेसनल सौ फर्साटिकर शाखाले ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता अन्तर्गत शुद्धोधन गाउंपालिका ५ मानपकडीको भगलापुर माविमा डिजिटल बैंकिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकको सौफर्साटिकर शाखाका प्रबन्धक अर्जुन उपाध्यायले डिजिटल बैकिङको महत्व, यसको प्रयोग गर्ने तरिका लगायतबारे जानकारी दिंदै डिजिटल बैकिङ कारोबार गर्दा बैंकमा पुगेर लाइन बस्नु नपर्ने र घर अफिसमै बसेर धेरैजसो बैंकिङ कारोबार गर्न सकिने भएकाले समयको वचत र सुरक्षित हुने बताए । यस्तै बैंकको अमुवा शाखा प्रबन्धक डिबी राना,मानपकडी शाखा प्रबन्धक विपिन भण्डारी,छपिया शाखा प्रबन्धक परिक्षित ज्ञवाली, विद्यालयका प्राचार्य कृष्णप्रसाद भुसाल,बैंक सौ फर्साटिकर शाखाका सहायक प्रबन्धक सुरेश पौडेलले विद्यार्थीहरुलाई डिजिटल बैकिङ कारोबार र यसका फाइदाहरु जानकारी गराउंदै वित्तीय साक्षरताका विविध पक्षबारे जानकारी गराएका छन् । कार्यक्रममा कक्षाका व्यवस्थापन संकायका ५० जना भन्दा धेरै छात्र छात्रा सहभागिता रहेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी