© २०२३
बुटवल,२१ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनको निर्वाचनमा नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलका उम्मेदवारले अधिकांश पदमा अग्रता लिएका छन् । नयां नेतृत्वका लागि शनिबार मतदान भएको थियो । अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ प्रतिस्पर्धी विजय पाण्डे भन्दा दोब्बर मतले अगाडि छन् ।
पाण्डे महासचिव थिए । श्रेष्ठ कांग्रेस निकट र पाण्डे एमाले निकट मानिन्छन् । २८ पदका लागि ४६ जना उद्योगी व्यवसायीले उम्मेदवारी दिएका थिए।
वरिष्ठ उपाध्यक्षमा पनि नेत्र प्रसाद आचार्य प्रतिष्पर्धी अरुण गोयन्का भन्दा दोब्बर बढी मतले अगाडि छन् । वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली अगाडि छन् । रवि कुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा हरि बहादुर थापा र दिलीप कुमार कान्दु, कर्पोरेट उपाध्यक्षमा रोहित कुमार अग्रवाल प्रतिष्पर्धामा छन् ।
महासचिवमा कृष्णप्रसाद घिमिरे र गोपाल भण्डारी, कोषाध्यक्षमा गंगासागर अग्रहरी, कमल प्रसाद मरासिनी र गौरब श्रेष्ठ, सचिवमा धर्मबिर शर्मा र मंगल भण्डारी, सह(कोषाध्यक्षमा संजय कुमार बेरिवालको उम्मेदवारी परेको छ । कर्पोरेट सदस्यमा अर्पित कुमार अग्रवाल र विकास कुमार गोयनका, वस्तुगत सदस्यमा चन्द्र प्रकाश श्रेष्ठ र प्रितम रौनीयार, वाणिज्य सदस्य महिला तर्फ यमकला न्यौपाने, उद्योग सदस्य महिला तर्फ पल्लवी न्यौपाने प्रतिष्पर्धामा छन् ।
त्यस्तै खुला उद्योग सदस्यमा ५ पदको लागि रमेश घिमिरे, कमल ज्ञवाली, राजु न्यौपाने, ओम जैसी, पुरुषोत्तम लम्साल, रचना क्षेत्री, विष्णुमाया शर्मा पौडेल, उमा शंकर मिश्र र भुवन कुमार कान्दु प्रतिष्पर्धामा छन् ।
खुला वाणिज्य सदस्यतर्फ १० पदका लागि अर्जुन कार्की, प्रमोद रिजाल, विशाल जैसवाल, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र ज्ञवाली, जवाहीर अग्रहरी, दिनेशमान अमात्य, रमेश कानु, अभिनव मयुर कसौधन, धर्मराज आचार्य, मिना पन्थी, हरिश सेठिया, त्रिलोकी प्रसाद तेली र विजय अधिकारी प्रतिष्पर्धामा छन् ।
संघमा २ हजार २ सय २८ सदस्य रहेकामा यसपटक २ हजार १ सय ९३ जनालाइ मात्रै मताधिकार रहेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी