© २०२३
बुटवल, ५ फागुन । एशियन स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आस्थम) बुटवल–८मा नयां विद्यार्थीलाई स्वागत गरिएको छ । ११ औं ब्याचमा अध्ययनरत विद्यार्थीले एड्भान्स डिप्लोमा इन होटेल म्यानेजमेन्ट १२औं ब्याचमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका हुन् ।
उक्त कार्यक्रममा बुटवल वडा नंं. ८ का अध्यक्ष यज्ञ पंगेनीले होटेल म्यानेजमेन्ट विषय रोजगारमूलक र व्यवहारिक ज्ञान दिने शिक्षा भएकाले यो विष्य पढ्ने विद्यार्थीहरु बेरोजगार बस्नु नपर्ने बताए । बुटवल उपमहानगरपालिका र वडा कार्यालयले आस्थम र अन्य रोजगारमूलक विषय पढाउने संस्थाहरुसंग सहकार्य गरेर जाने प्रतिवद्धता जनाए ।
संस्थाका प्रबन्ध निर्देशक घमानसिंह (जीएस) गुरुङले बुटवलमा २०६० सालमा स्थापना भएको आस्थम होटेल म्यानेजमेन्ट पढाई गर्ने पहिलो संस्था भएको चर्चा गर्दै एक महिनादेखि, एक वर्ष, डेढ वर्ष र २ वर्षे गरी विभिन्न तहमा हालसम्म ८ हजार बढी विद्यार्थीले अध्ययन गरेको बताए । कार्यक्रममा संस्थाका प्रशिक्षकहरु खुमबहादुर पालुंगे,संगम मरासिनी,दिलिप श्रेष्ठ,आशिष भण्डारी र गोविन्द गाहा मगर, विद्यार्थीहरु सनम ज्ञवाली,अमर यादव,स्मृति थापा लगायतले विद्यार्थी केन्द्रीत व्यवहारिक पढाईले आस्थम बुटवलमै उत्कृष्ट होटेल म्यानेजमेन्ट पढाई हुने संस्थाको रुपमा स्थापित अग्रणी संस्था भएको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी