© २०२३
बुटवल, २६ माघ । डार्सिस इन्टरनेशनल स्टोर्स, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड उत्पादनको शो रुम बुटवलको ट्राफिक चोकमा सञ्चालनमा ल्याएको छ ।
करिव दश वर्ष अगाडि राजमार्ग चौराहामा शो रुम सञ्चालन गरेको डार्सिसले ट्राफिकचोकस्थित आफ्नै भवनमा एक करोड ३० लाख लगानीमा शोरुम सञ्चालनमा ल्याएको हो । शोरुममा रेबन कम्पनीका चस्मा, र अन्य विभिन्न विश्वविख्यात ब्राण्डेड कम्पनीका घडी र पफु्र्यम लगायतका सामान राखेर नया ढंगले शोरुम सञ्चालनमा ल्याइएको सञ्चालक विकास पाण्डेले जनाएका छन् । पाण्डेका अनुसार बुटवलमा डार्सिस शोरुममा विश्व चर्चित रे–वन टाईटन, सिको, पोलार तथा फोसिल कम्पनिका घडी, सन ग्लास र पफु्र्यमहरु राखिएको छ । उनका अनुसार विदेश गएर आएका र स्वदेशमा रहेका उपभोक्ताहरुलाई व्राण्डेड कम्पनिका सामानहरु सहजै रुपमा उपलब्ध गराउने लक्ष्य लिएर उक्त शो रुम खोलिएको हो ।
यस क्षेत्रमा ती कम्पनिहरुको एक मात्र आधिकारिक डिलरका रुपमा सञ्चालनमा आएको सो–रुममा न्यूनतम रु १४ हजारदेखि ६० हजारसम्म मुल्यका रे–वनका चश्मा रहेको पाण्डेको भनाई छ । शो रुममा अन्य कम्पनिका पनि ओरिजिनल सामान मात्र राखिएको उनको भनाई छ ।
बुटवलमा होटल, हुक्का व्यवसाय पनि चलाइरहेको डार्सिस घडी र चश्मालाई व्यवस्थित रुपमा वजारीकरणमा लागेको सञ्चालक पाण्डे बताउछन् । उनका अनुसार बुटवलका उपभोक्ताहरुलाई कतिपय ब्राण्डेड सामान किन्नका लागि काठमाडौं वा भारतमा पुग्नु पर्ने बाध्यता रहेको देखेर त्यसलाई हटाउन डार्सिसले विगत १० बर्ष अगाडीबाट काम थालेको हो । नेपालमा यी कम्पनिहरुका आधिकारिक डिलरहरु काठमाडौं, पोखरा र बुटवलमा डार्सिस मात्र रहेको उनको भनाई छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी