© २०२३
महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सेवा प्रवाहका लागी उत्साहित पार्ने उद्देश्यले बिभिन्न सामग्री बितरण गरिएको छ ।
जिल्लाको यशोधरा गाउँपालिकाको वडा नं. ३ (साबिक बसन्तपुर गाबिस) का महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई वडा कार्यालयले झोला, छाता र मोबाईल फोन लगायतका सामग्री बितरण गरेको हो । वडा कार्यालयले वडाका १२ जना महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई झोला,छाता र मोबाईल फोन बितरण गरेको हो । त्यसै गरि वडामा रहेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई पनि झोला बितरण गरिएको छ ।
यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेय र वडा अध्यक्ष सरिता त्रिपाठीले महिला स्वास्थ्य स्वयंसेबिका र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई ती सामाग्री प्रदान गरेका थिए । वडाको बजेटबाट करीब ६० हजार रुपैयां बराबरको ती सामग्री बितरण गरिएको हो । महिला स्वास्थ्य स्वयंसेबिकाहरु र यससंगै वडामा रहेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुको कार्य संपादनमा उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले प्रोत्साहन स्वरुप ती सामग्री प्रदान गरिएको वडा अध्यक्ष सरिता त्रिपाठीले जानकारी दिईन । “हरेक नागरिकको घरदैलोमा पुगी स्वयंसेवि रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकलाई उत्प्रेरणा होस भनेर सामाग्री बितरण गरेका हौ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई सम्मान गर्न आवश्यक छ ।” वडा अध्यक्ष त्रिपाठीले भनिन् ।
वडा कार्यालयले जनमुखी कार्यमा अग्रसरता देखाउनु सह्रायिन भएको भन्दै गाँपालिका अध्यक्ष गृजेश कुमार पाण्डेयले वडा अध्यक्ष नेतृत्वको वडा समितिको प्रशंसा गरे ।
वडा सदस्यहरु निरन्जन यादव, बिश्वनाथ कुमार श्रीवास्तव, ईलैची कोरी, ज्ञानमती कोरी वडा सचिव जगत नारायण दुबे, वडा सहायक दीपचन्द पासवान, स्वास्थ्य चौकी प्रमुख लक्ष्मण शाह लगायतको उपस्थितिमा सामग्री बितरण गरिएको थियो ।