© २०२३
आफ्नो २६ बुँदे माग पुरा गर्नका लागी दवाव दिन आन्दोलनको तेस्रो चरण अन्तर्गत देशभरका नेपाल शिक्षक महासंघ आबद्ध शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलित शिक्षकले जिल्लाका सबै स्थानिय तहमा दुई घण्टा धर्ना दिएका छन् । सोहि क्रममा संघको कपिलवस्तु नगरपालिका स्थित नगर समितीको आयोजनामा कपिलवस्तु नगरपालिकाको प्रबेश गेटमा दुई घण्टा धर्ना दिईएको हो । यसअघि शिक्षकले कपिलवस्तु नगरपालिकाका योजना फाँटका प्रमुख चण्डी प्रसाद देवलाई आफ्नो माग सहितको ज्ञापनपत्र बुझाएका थिए । आन्दोलनरत शिक्षकले दिउँसो १ बजे देखि तिन बजे सम्म दुई घण्टा नगरपालिकाको मुख्य प्रबेशद्धारमा धर्ना दिएका हुन् । अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, बालविकास सहयोगी कार्यकर्ताका लागी दरबन्दी सृजना गरि व्यवस्थापन, १० बर्ष स्थायी सेवामा रहेका शिक्षकको सामुहिक पदोन्नती र बिद्यालय कर्मचारीलाई स्थायी दरबन्दीको व्यवस्था गर्नु पर्ने माग महासंघको छ । त्यसै गरि निजामती कर्मचारी सरह स्वास्थ्य सेवा र अन्य सुबिधा दिनु पर्ने तथा निजी श्रोतका शिक्षकलाई सामुदायिक बिद्यालयको सेवा सुबिधा प्रदान गर्नुपर्ने लगायतका माग सहित शिक्षक आन्दोलित भएका हुन् । आफूहरूले हाल सम्म शान्तिपुर्ण आन्दोलन मार्फत आफ्ना माग राख्दै आएकोमा माग पुरा नभए बिद्यालय बन्द गरि कडा आन्दोलनमा उत्रिनुको बिकल्प नभएको नेपाल शिक्षक महासंघ कपिलवस्तु नगरपालिका अध्यक्ष रामनिवास चौधरीले बताए । “हाम्रा माग सम्बोधन नगरिए बिद्यालय बन्द गरेर कडा आन्दोलनमा जानुको बिकल्प रहँदैन ।” चौधरीले भने ।
शिक्षकहरू आन्दोलित
लमही ः– प्रदेशको शिक्षा ऐनलाइ हस्तक्षेप गरि स्थानिय तहले मनोमानि ढंगले शिक्षा कार्यविधी ल्याएको विरुद्धमा शिक्षकहरू आन्दोलित भएका छन ।
नेपाल शिक्षक महासंघ लमही नगर कार्यसमिति लमही दाङले शुक्रवार लमही नगरपालिका विरोध कार्यक्रमको आयोजना गरि धर्ना समेत दिएको छ । स्थानिय तहले संघिय तथा प्रादेशिक शिक्षा ऐन सार्कको र मौजुदा शिक्षा ऐन र नियमावली तथा ऐन क्रियाशिल भएको अवस्थामा स्थानिय तहवाट आफूखुसी शिक्षा कार्यविधी तथा ऐन बनाई कार्यान्वय गरिएको भन्दै तत्काल रोक्न आग्रह गरेका छन् ।
त्यसै गरि स्थानीय तहले जथाभावि कार्य विधी वनाइ मनोमानि रूपमा शिक्षक एवं कर्मचारीहरूको सरुवा, वर्खास्त गरी आतंक मच्चाउने काम गरेको, शिक्षकहरूको तलब भत्ता निर्धारणको र त्यसको सवै दायित्व संघिय सरकारको हुनु पर्ने लगायतका ७ वँुदे माग सहित दिनभर नगरपालिकामा धर्ना दिएका थिए । उनीहरूले आफ्ना माग प्रति वेवास्था गरेमा कडा संघर्षमा उर्तने चेतावनी समेत दिएका छन् ।
गुुल्मी पनि अन्दोलित
शिक्षकको पेशागत र शैक्षिक गुणस्तरको लागि अगाडी सारिएको माग पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
नेपाल शिक्षक महासंघ गुल्मीदरवार गाउँपालिका गुल्मीमा भएको धर्ना तथा विरोधसभामा बोल्ने वक्ताहरूले शिक्षकको माग पुरा गर्न सशक्त आन्दोलन गरिने बताएका हुन् । विगतमा माग पुरा गर्ने नाममा शिक्षकलाई झुक्काउने गरिएको भन्दै अहिले माग पुरा नहुँदा सम्म आन्दोलन जारी रहने बताए । उनीहरूले शिक्षकको नियुक्ती एकद्धार प्रणाली मार्फत गर्नुपर्ने उल्लेख गरे । शिक्षक सेवा आयोगलाई सबैधानिक आयोग बनाउन माग गरे ।
धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ गुल्मीका संस्थागत सहसचिव तेजेन्द्र खड्काले शिक्षा क्षेत्रलाई पनि गृहप्रशासन अन्तर्गत राख्नु राज्यको गैरजिम्मेवारीपन भएको बताए । उनले शिक्षकलाई संघीय सरकार अन्र्तगत राख्नुपर्नेमा जोड दिए ।
नेपाल शिक्षक संघ गुल्मीका सचिव खिम बहादुर थापाले शिक्षकको माग पुरा नभए विद्यालय वन्द सम्मका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिए ।
नेपाल शिक्षक महासंघ गुल्मीदरवार गाउँपालिका अध्यक्ष श्रीराज खड्काले शिक्षकको माग पुरा गर्न सशक्त आन्दोलन गर्ने बताए । महासंघको केन्द्रीय कार्यक्रम अनुसार गुल्मीदरबार गाउँपालिकामा दिउँसो एक बजेदेखि तीन बजेसम्म धर्ना तथा विरोध सभा गरिएको हो । विरोधसभामा गुल्मीदरबार भित्र रहेका विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो । महासंघले शिक्षकको पेशागत तथा शैक्षिक गुणस्तर कायम गर्न माग गर्दै २६ बुँदे माग अगाडि सारेको छ । कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्र बजेट छुट्याउन माग गरिएको छ । त्यसैगरी संविधानमा व्यवस्था गरिए अनुसार आधारभूत तहसम्म अनिवार्य र निःशुल्क सँगै माध्यमिक तह सम्म निःशुल्क शिक्षा व्यवहारमा लागू गर्न माग गरिएको छ । शिक्षक सेवा आयोगलाई संबैधानिक राष्ट्रिय शिक्षा आयोग बनाउनुपर्ने, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सुचिमा राख्नुपर्ने, सबै प्रदेश र स्थानीय तहले बनाउने तहगत शिक्षा ऐन एकरूपता हुनुपर्ने लगायतका पेशागत र शैक्षिक गुणस्तरका माग रहेका छन् । à