© २०२३
बुटवल, २३ माघ । श्रीमती हत्या गरेको अभियोगमा लुङ्ग्री गाउँपालिका ६ गुम्चाल, रोल्पाका ४९ वर्षीय कृतिमान बुढाथोकी घोराहीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपहानगरपालिका १९ दुईखोलीमा कृतिमानले आफ्नै श्रीमती ४४ वर्षीया श्रीमती गोबिना बुढाथोकीको हत्या गरेका हुन् ।
श्रीमती मुटुको बिरामी भई उपचारका लागि रोल्पाबाट घोराही ल्याउने क्रममा शनिबार राति बाटोमा मृत्यु भएको भनी बुढाथोकीले आइतबार प्रहरी चौकी दुईखोलीलाई जानकारी दिएका थिए ।
घटनाको अनुसन्धानका क्रममा बुढाथोकीले नै कुटपिट गरी श्रीमतीको हत्या गरी प्रहरीलाई गलत सूचना दिएको खुलेको जिल्ला प्रहरी प्रमुख बिरबहादुर वलीले बताए । उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी