© २०२३
बुटवल, १७ माघ । विश्व बजारकै ठूलो मानिने कोरियाली कम्पनी साम्सुङ इलेक्ट्रोनिक्सले रुपन्देहीको भैरहवामा एसेम्बलिङ उद्योग स्थापना गरेको छ । गोल्छा अर्गनाइजेशनसँग मिलेर सामसुङले सो उद्योग स्थापना गरेको हो । उद्योगले आगामी मार्च महिनादेखि फ्याक्ट्रीबाट आफ्नो उत्पादन थाल्ने जनाएको छ ।
मार्चदेखि पहिलो चरणमा सामसुङका टेलिभिजन सेटहरु उत्पादन हुने छ । कम्पनीले विस्तारै नेपालमा सामसुङका अन्य उत्पादनहरु फ्रिज, वासिङ मेसिनदेखि स्मार्ट फोनहरु पनि उत्पादन गर्ने सामसुङ कम्पनीको नेपाल कार्यालयका प्रबन्ध निर्देशक पार्क सङ जुनले मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई जानकारी गराएका छन् ।
कोरिया र भियतनाममा रहेका सामसुङका दक्ष प्रशिक्षकहरु नेपाली कामदारलाई तालिम दिन काठमाडौं आउन लागेको जानकारीसमेत उनले गराए ।
नेपालबाट पहिलो चरणमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र विस्तारै अरु उत्पादन बढेसँगै रोजगारीको संख्या पनि बढ्ने उनले बताए । नेपालीहरुलाई नै दक्ष बनाएर रोजगारी दिने नीति बनाउन मन्त्री पौडेलले आग्रह गरेकी छन् ।
सो भेटमा पार्कले सामसुङ कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग मिलेर नेपालका एक सय जनाभन्दा बढी विद्यार्थीहरुलाई पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्राविधिक विषयमा पढाइ गरिरहेको र त्यसको नाम सामसुङ इनोभेटिम कलेज रहेको बताइन् ।
परराष्ट्रमन्त्री डा पौडेलले कोरिया र नेपालबीच सरकार तथा जनताको तहमा पनि राम्रो सम्बन्ध रहेको भन्दै सामसुङले नेपालमा आफ्नो उत्पादन कारखाना खोल्दा नेपालीले रोजगारी पाउने भएकाले सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएकी छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी