© २०२३
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ५ स्थित बैदौली स्वास्थ्य केन्द्रलाई १५ शैयामा स्तरोन्नती गर्ने निर्णय कार्यान्वयनको माग गर्दै स्थानियले ज्ञापत्रपत्र बुझाएका छन । स्थानिय युवा मोहित मिश्राको नेतृत्वमा गएका स्थानियले स्वास्थ्य केन्द्रको स्तरोन्नतीको निर्णय कार्यान्वयनको लागी पहल गर्नु पर्ने भन्दै १ हजार बढि स्थानियको हस्ताक्षर सहितको ज्ञापनपत्र गाँउपालिका प्रमुख गृजेश कुमार पाण्डेयलाई बुझाएका छन ।
गाउँपालिकाको २०७४ भाद्र ३१ गते सम्पन्न पहिलो परिषदको ५३ नम्बर बुदाँको निर्णयमा सो स्वास्थ्य केन्द्रलाई १५ शैयाको बनाउने बिषयमा निर्णय गरिएको भए पनि हाल सम्म निर्णय कार्यान्वयन नभएकाले कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाईएको मिश्राले बताए । यस अघि गाउँपालिकाको परिषद बैठकको निर्णय पश्चात २०७५ जेठ २१ गतेको गाउँ कार्यपालिका बैठकले समेत स्वास्थ्य केन्द्र स्तारोन्नतीका लागी स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको थियो । सो स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्ने बिषयमा गाँउपालिकाका सम्पुर्ण वडा, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला समन्वय समितीले समेत सिफारिस गरेका छन ।
“स्तरोन्नतिको निर्णय कार्यान्वयन गर्न समन्वयात्मक बातावरण बनाउन ज्ञापनपत्र दिएका हौ । अन्य सरोकारवाला निकायमा समेत दबाब दिने कार्य गर्ने छौ । ” अर्का स्थानिय मनिष मिश्राले भने । ज्ञापनपत्र बुझदै गाउँपालिका प्रमुख पाण्डेयले आफुहरूले गरेको निर्णय कार्यान्वयन गराउन अग्रसर रहेको बताए ।
“बैदौली स्वास्थ्य केन्द्र स्तरोन्नतीको निर्णय कार्यान्वयन गराउन प्रतिबद्ध छौ । केहि काजगात पुरा गरे सगै सम्बन्धित मन्त्रालयमा फाईल पठाउछौ । निर्णय कार्यान्वयनका लागी सबैको सहकार्य आवश्यक छ ।” गाउँपालिका प्रमुख पाण्डेयले भने ।