ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

हत्यापछि फरार प्रतिबादी पक्राउ

१३ कार्तिक २०७५, मंगलवार
१३ कार्तिक २०७५, मंगलवार

घरमा सुतिरहेको बेला बन्चरो प्रहार गरी कपिलवस्तुमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका १, बनकट्टा (तकदीरनगर) का ४० वर्षीय बसन्त परियारले सोमबार राति करीब ११ बजेको समयमा सुतिरहेकी श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहारबाट ३५ वर्षीय सुमित्रा परियारको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । “राति खाना खाएर घरभित्र भुईंमा विस्तरा लगाएर बाबा, मम्मी, बैनी र म सँगै सुत्यौं । हामी निदाएको बेला बाबाले मम्मीलाई मारेर भाग्नुभयो । रगतले कपडा भिजेपछि बैनी र म बिउँझियौं । हामी बिउँझिँदा मम्मीको सास पनि थिएन ।” –माइलो छोरा १२ वर्षे सुजनले रुँदै भने । “घटना देखेर रुन कराउन थालेपछि अंकल अन्टी आउनुभयो । त्यसपछि गाउँमा हल्ला गरेपछि अरू मान्छे पनि आए” –सुजनले थपे ।
स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली राति नै घटनास्थल पुगेको थियो । मृतक सुमित्राको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाएको बताएको छ । श्रीमतीको हत्या गरी फरार भएका बसन्त परियारलाई इलाका प्रहरी कार्यालय गणेशपुरले दिउँसो करीब २ बजेतिर विजयनगर १, मधनगराबाट पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाएको गणेशपुरका प्रहरी निरीक्षक नबीन पौडेलले जानकारी दिए । श्रीमती हत्या गर्ने बसन्तलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए । हत्याको खास कारण खुल्न नसकेपनि मदिरा सेवन गरी श्रीमतीलाई मारेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दाङको राप्ती गाउँपालिका बडाडाँडाबाट पाँच वर्षअघि बसाई सरेका उनीहरू मिहिनेत मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए । यसअघि पनि बाहिर काममा गएको बेला श्रीमतीलाई हानेर टाँका लगाउनुपरेको छोरा सुजनले बताए । ४÷५ दिनअघि घरबाट निस्केको बसन्त आइतबार मात्र घर फर्केको बुवा जितबहादुर परियारले बताएका छन् । आएको राति नै आफ्नै श्रीमतीलाई मा¥यो दुःखी हुँदै उनले भने । बसन्तको जेठो छोरा अशोक १६ वर्षका छन् । उनी कामको सिलसिलामा बाहिर छन् । अर्का छोरा सुजन १२ वर्षका भए । उनी नेपाल आदर्श मावि शिवपुर कक्षा ३ मा पढ्छन् । छोरी १० वर्षीय बुनु परियार अहिले नेपाल आदर्श मावि कक्षा २ मा पढ्दै आएकी छन् । घटनापछि अहिले छोराछोरी विचल्लीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?