ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुरु भयो समुदाय–प्रहरी साझेदारी अभियान

१२ कार्तिक २०७५, सोमबार
१२ कार्तिक २०७५, सोमबार

नेपाल प्रहरीको केन्द्रीय कार्यक्रम अन्तर्गत समुदाय–प्रहरी साझेदारी अभियानको थालनी गरिएको छ । विभिन्न समयमा टोल टोलमा प्रहरी, प्रहरी मेरो साथी, समुदायसँग प्रहरी लगायतका अभियानको थालनी गरेको नेपाल प्रहरीले हाल आएर ‘समुदाय–प्रहरी साझेदारी’ अभियानको थालनी गरिएको छ । नेपालभरका ७७ वटै जिल्ला, ७ वटा प्रदेशमा यो अभियानको थालनी एकैपटक गरिएको हो । बुटवलमा पनि प्रदेश नम्बर ५ स्तरीय अभियानको शुभारम्भ गरिएको छ । आईतबार बुटवलमा एक विशेष कार्यक्रमको आयोजना गरी अभियानको थालनी गरिएको हो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अभियानको थालनी गरेका हुन् ।
नेपाल प्रहरी–स्थानीय तह–समुदाय सामाजिक संस्था र विद्यालयका बीचमा एकआपसमा साझेदारी गरी विभिन्न विकृत विसंगीतको अन्त्यका साथै दुर्घटना न्यूनीकरणको लक्ष्य अभियानले अगाडि बढाएको जनाइएको छ ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ्गको आयोजनामा बुटवलमा भएको अभियान थालनी कार्यक्रममा बोल्दै प्रहरी नायब म हानिरिक्षक पिताम्बर अधिकारीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको अभियानको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै उनले अभियानले खासगरी विद्यार्थीहरुबाट नै जनचेतना अभियानको थालनी गर्ने र यसको लागि सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सामाजिक विभिन्न संघ संस्था, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी लगायत आम मानिसहरु नै सहभागी हुने जानकारी दिए । उनका अनुसार प्रहरीले आधारभूत सुरक्षा, प्रहरी र स्थानीय तहबाट प्राप्त हुने सेवा तथा सहयोग, सिसिटिभि क्यामेरा तथा अन्य सुरक्षा उपकरण बिस्तार तथा स्थापना, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध तथा हिंसा नियन्त्रण, बालविवाह, दाईजो, छाउपडी, बोक्सी प्रथा लगायतका सामाजिक विकृति नियन्त्रणमा केन्द्रत हुनेछ ।
प्रहरी नायब महानिरीक अधिकारीका अनुसार मानव बेचविखन नियन्त्रण, एकिकृत घुम्ती शिविर (स्वास्थ्य, प्रशासनिक), सडक सुरक्षा, लागूऔषध निषेध र मदिरा नियन्त्रणको अभियानका साथै विपद् व्यवस्थापन र साईबर सुरक्षामा अभियान केन्द्रीत हुने छ ।
यस्तै वातावरण संरक्षण तथा प्राकृतिक स्रोत दोहन नियन्त्रणमा पनि अभियानको मुख्य भूमिका हुने छ ।
अभियान अनुसार प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहको सेवा प्रवाहमा प्रभावकारी सुरक्षा समन्वय, एकिकृत स्वयंसेवक परिचलान, फरार अपराधी पक्राउमा समुदायको रचानात्मक सहयोग, सूचना आदान प्रदान, तथ्यांक संकलन÷अद्यावधिकका कार्यमा अभियानको केन्द्रीत रहने छ ।
नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ । प्रहरी नायब महानिरिक्षक अधिकारी भन्छन्–‘ कार्यक्रमको प्रस्तावसहित सबै स्थानीय तहमा कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौता गरिने छ, सोही अनुसार प्रदेश ५ का २० वटा तहमा संयन्त्र सम्झौता भैसकेको छ ।’
कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रहरी एक्लैको प्रयासबाट अपराध नियन्त्रणमा संभव नभएको भन्दै त्यसको लागि सबैको साझेदारी आवश्यक रहेको बताए । उनले सबैको साझा पहलबाट नै अपराध नियन्त्रणको लागि ठोस कदम अगाडी बढ्ने बताए । नेपाल प्रहरीको अभियानलाई सबैलाई साथ दिएर सफल बनाउनको लागि उनले आग्रह गरे ।
कार्यक्रममा मानवअधिकार तथा शान्ती समाजका केन्द्रीय उप सभापती गोविन्द खनाल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विक, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य लगायतले आ आफ्नो धारणा राखेका थिए ।
बुटवल उपमहानगरपालिका कार्यालयमा नगर प्रमुख शिवराज सुवेदी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक हृदय थापाले समझादारीपत्रमा हस्ताक्षर समेत गरिएको छ । समझादारीपत्रमा स्थानीय तह र प्रहरीबीच साझेदारी निर्माणको प्रक्रिया, समुदाय प्रहरी समितिको काम कर्तव्य र जिम्मेवारी, कार्यक्षेत्र, समुदाय केन्द्रित कार्यक्रमका प्रमुख प्राथमिकता र गतिविधि, विद्यालय केन्द्रित कार्यक्रम लगायतका विषय समेटिएका छन् ।

कपिलवस्तुमा पनि १० स्थानीय तहसँग साझेदारी
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लाका १० स्थानीय तहसँग साझेदारीमा कार्यक्रम सञ्चालनका लागी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनी र सम्बन्धित स्थानीय तहका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

अवधारणापत्रमा आव २०७३/०७४ को अबधीमा २५ बर्ष सम्मको उमेर समूहका अपराधका अभियुक्त ४० प्रतिशत रहेको र सोहि उमेर समूहका पिडित ३१ प्रतिशत रहेको जनाइएको थियो । २५ बर्ष मुनीका पिडित मध्य जबरजस्ती करणीमा ६८ प्रतिशत, करणी उद्योगमा ६७ प्रतिशत, मानब बेचबिखनमा ५९ प्रतिशत र हत्यामा २९ प्रतिशत शिकार भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । सोही आवमा २५ बर्ष मुनीका उमेर समुहका ४७ प्रतिशत करणीका, ४५ प्रतिशत करणी उधोगका, २३ प्रतिशत मानब बेचबिखनका र ५ प्रतिशत हत्याका अभियुक्त रहेको जनाईएको छ । त्यसै गरि गत आव २०७३÷०७४ मा १८ बर्ष मुनीका ६४ प्रतिशत जबरजस्ती करणीको शिकार भएको र लागु औषधसँग जोडिउको अपराधका अभियुक्तमा ५६ प्रतिशत २५ बर्ष मुनीका उमेर समूहको रहेका छन् ।
बिशेषतहः स्थानिय तह सँगको साझेदारीमा गर्न थालिएको कार्यक्रमले युवा पुस्तामा बढ्दो आपराधिक मनोबृत्तिलाई परिर्वतन गर्न सहयोग पुग्ने उपरिक्षक पुडासैनीले बिश्वास व्यक्त गरे । ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनालाई आत्मसात गर्दै शुरु गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशभरका ७ सय ५३ स्थानिय तह, ६ हजार ७ सय ४३ वडा कार्यालय र ३५ हजार ६ सय १ (१–१२ कक्षा) का बिद्यालयमा कार्यक्रम अन्तर्गत संयन्त्र निर्माण र सचेतना प्रवाहका कार्यक्रम आयोजना गरिने जनाइएको छ । कार्यक्रम अन्तर्गत एकिकृत स्वयंसेवक परिचालनसँगै सामुदायिक गतिबिधिलाई प्राथमिकता दिने योजना रहेको छ ।
सो अवसरमा बोल्दै बुद्धभूमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठले नेपाल प्रहरीले शुरु गरेको कार्यक्रमले शान्ति सुरक्षा कायम गर्न तथा सामुदायिक सदाचारको निती कार्यान्वयनमा ल्याउन सहयोगी सिद्ध हुने बताए । समाजमा बढ्दो आपराधिक मनोबृत्तिलाई हटाउँदै समाजलाई भयरहित बनाउन समुदाय प्रहरीको साझेदारीको कार्यक्रम प्रभावकारी हुने प्रजिअ अर्जुन प्रसाद पोख्रेलले बताए । समुदाय प्रहरीको साझेदारी कार्यक्रमले समुदायमा शान्ति सुरक्षा हुनुका साथै अपराध न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले बताए । कार्यक्रममा प्रहरी नायब उपरिक्षक रवि रावलले सहभागीलाई धन्यबाद दिएका थिए भने प्रहरी निरिक्षक गोबिन्द रावतले कार्यक्रम सञ्चालन गरेका थिए ।

सुरक्षामा समुदायको साझेदारी खोज्दै नेपाल प्रहरी
शान्तिपूर्ण एवम् सुरक्षित समाज निर्माणका लागि समुदायको साझेदारी जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । रोल्पा सदरमुकाम लिवाङमा आईतवार सुरु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले उक्त कुरा औल्याएका हुन ।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले प्रहरी प्रति जनताको वुझाईमा व्यापक परिवर्तन ल्याउन कार्यक्रमले सहयोग गर्ने विचार व्यक्त गरे । बदलिँदो परिवेश अनुसार प्रहरीमा समेत व्यापक सुधार आउदा समेत जनतामा अझै प्रहरी प्रतिको वुझाई सकारात्मक छैन प्रमुख वुढाले भने । प्रहरी जनताको सेवक हो भन्ने अनुभूती दिलाउन प्रहरी र समुदाय वीचको अन्तरघुलन जरुरी छ प्रमुख वुढाले भने ।
नेपाल प्रहरी, स्थानीय तह, समुदाय,सामाजिक संस्था र विद्यालय वीच सुमधुर सम्वन्ध स्थापित गर्दै शान्ती सुरक्षा कायम गर्न उक्त कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक दीपक खड्काले जानकारी दिए । वदलिदो संरचना अनुसार स्थानीय सरकार र स्थानीय प्रहरी वीच समन्वय र सहकार्य गर्दै जनतालाई सुरक्षाको अनुभूती दिलाउने प्रमुख दायित्व हो प्रहरी नायव उपरिक्षक खड्काले भने । कार्यक्रममा प्रहरी समुदाय साझेदारी कार्यक्रमको संझौता पत्र जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक दीपक खड्काले रोल्पा नगरपालिकाका प्रमुख पूर्णवहादुर केसीलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरित सम्झौता पत्र अनुसार स्थानीय तह र स्थानीय प्रहरी बीच समन्वयको आधारमा जनताको सुरक्षामा लाग्ने नगर प्रमुख केसीले प्रतिवद्धता जाहेर गरे । जिल्ला प्रहरी परिसर लिवाङमा आयोजित कार्यक्रमको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर वुढाले औपचारिक उद्घाटन गरेका थिए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?