ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

अस्पताललाई ४० लाख बढिका उपकरण

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

अस्पताललाई ४० लाख बढिका उपकरण
कपिलबस्तु, १० कार्तिक– अमेरिकी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेल्पीङ्ग हेन्ड् फर रिलीफ एण्ड डेभलप्मेन्टले जिल्लाको दुई अस्पतालमा ४० लाख बढिका स्वास्थ्य उपकरण र सामग्री प्रदान गरेको छ ।
ह्युुमन रिलीफ अर्गनाईजेशन नेपाल नामक संस्थाको समन्वयमा अमेरिकी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेल्पीङ्ग हेन्ड् फर रिलीफ एण्ड डेभलप्मेन्टले दुई अस्पताललाई सो सामग्री हस्तान्तरण गरेको हो । संस्थाले पाँच बर्षिय परियोजना अनुसार कपिलवस्तुको तौलिहवा अस्पतालमा २२ लाख १९ हजार मुल्यको र कपिलवस्तु सामुदायिक अस्पतालमा १७ लाख ८६ हजार बराबरको उपकरण र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । तौलिहवा अस्पतालमा हस्तान्तरित सामाग्रीमा आईसियु बेड, डेन्टल चेयर, नेबुलाईजर, फोरसेप, पेट कार्ड लगायतका २२ लाख १९ हजार मूल्यका उपकरण स्वास्थ्य सामाग्री छन । तौलिहवामा २२ लाख १९ हजार मुल्यका ८४ प्रकारका सामग्री प्रदान गरि बिपन्न र गरिबलाई उपचारका लागी सहज बातावरण बनाउने प्रयास गरिएको हेल्पीङ्ग हेन्ड् फर रिलीफ एण्ड डेभलप्मेन्टका कार्यक्रम प्रबन्धक जिव पोख्रेलले बताए । त्यसैगरि संस्थाले प्रतिनिधि सभाका साँसद अतहर कमाल मुसलमानको समन्वयमा कपिलवस्तु सामुदायिक अस्पतालमा सोहि प्रकृतीका स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेको हो । संघिय साँसद बृजेश कुमार गुप्ता, प्रदेश सभा ५ का सदस्य धर्म बहादुर लाल श्रीवास्तब, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह र उपप्रमुख लक्ष्मी गुप्ताको रोहवरमा संस्थाका कार्यक्रम प्रबन्धक जिव पोख्रेलले जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका बरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र भगतलाई सामाग्री हस्तान्तरण गरेका थिए । आफूहरूको पाँच बर्षिय परियोजना अनुसार कपिलवस्तुको तौलिहवा अस्पतालमा आफूहरूले कपिलवस्तु, काठमान्डौ र झापा गरि तीन जिल्लामा पाँच बर्षिय परियोजना अन्तर्गत गरिब, बिपन्न बालबालिकालाई सहयोग, शुद्ध खानेपानी व्यवस्थापन अन्तर्गत फल्टर जडान, दैवी प्रकोप केन्द्रित सहयोग कार्यक्रम, बिपन्नको सिप बिकास र स्वास्थ्यकेन्द्रमा उपकरण र औषधी सहयोग गर्दै आएको जनाए । “हामीले तिनै जिल्लामा बार्षिक ३ कन्टेनर औषधी र उपकरण प्रदान गर्ने योजनामा छौ । सरकारले कर छुटमा पहल गरे बाँकी तिन कन्टेनर औषधी र उपकरण पनि ल्याएर बितरण गर्छौ ।” कार्यक्रम प्रबन्धक पोख्रेलले भने । परियोजना अन्तर्गत जिल्लाको कपिलवस्तु सामुदायिक अस्पताल र तौलिहवा अस्पतालमा स्वास्थ्य उपकरण र सामाग्री प्रदान गरिएकोमा सो कार्यलाई आगामी बर्षमा समेत निरन्तरता दिइने कार्यक्रमका जिल्ला संयोजक असद कमालले बताए । परियोजना अन्र्तगत गत बर्ष १ सय ५० गरिब र बिपन्न बालबालिकालाई शैक्षिक सामग्री र नगद सहयोग गरिएको समन्वयकारी संस्था ह्युुमन रिलीफ अर्गनाईजेशन नेपालका सचिव गुफरान अहमदले जानकारी दिए ।
तौलिहवा अस्पताललाई ५० शैयामा स्तरोन्नतिको निर्णय कार्यानवयन गराउन आफू लागि परेको प्रतिनिधिसभाका साँसद बृजेश कुमार गुप्ताले बताए । तौलिहवा अस्पतालमा प्रदान गरिएको सामग्री गरिब र बिपन्नको उपचारका लागि सहयोगी हुने उनको तर्क थियो । न्यून आय भएका नागरिकले सवा लिँदै आएका अस्पतालहरूमा संस्थाले प्रदान गरेको सामाग्रीको सदुपयोग हुनका साथै उपकरणको सहि प्रयोग हुनेमा बिश्वस्त रहेको प्रतिनिधिसभाका सदस्य अतहर कमालले बिश्वास व्यक्त गरे । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?