© २०२३
बुटवल, ८ माघ । रुपन्देहीको कन्चन गाउपालिका वडा नं ५ गरगरेमा सुनचाँदी पसलबाट ८ लाख बढीको गरगहना चोरी भएको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार मध्यरातमा पसलको सटर फोरेर सेफ चोरी भएको हो । पसलधनी लालबहादुर बिश्वकर्माका अनुसार सेफमा ८ लाख बराबरको सुन र ६० हजार बराबरको चाँदीका गरगहना रहेका छन् ।
दुई सय पचास किलो भन्दा बढी वजन रहेको सेफ चोरी भएको इप्रका सालझण्डीका प्रहरी निरिक्षक जगतनाथ मरासिनिले बताए ।