ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेकपा प्रदेश पाँचमा २०३ सदस्यीय कमिटी

९ कार्तिक २०७५, शुक्रबार
९ कार्तिक २०७५, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश ५ मा २०३ सदस्यीय कमिटी बन्ने भएको छ । उक्त कमिटीमा पूर्वएमालेका १०६ र पूर्वमाओवादीका ९७ सदस्य रहने गरी टुंगो लागेको स्रोतको भनाइ छ । प्रदेश इञ्चार्जमा शंकर पोखरेल र सहइञ्चार्ज दलबहादुर राना चयन भइसकेका छन् । प्रदेश अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा छन् । कर्णाली र प्रदेश नम्बर २ बाहेक अन्य ५ प्रदेशका कमिटीमा औषतमा ५५÷४५ को अनुपातमा भागबण्डा गर्दै नेकपाका सातै प्रदेश कमिटीलाई पूर्णता दिइने भएको हो ।
केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउन सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेललाई जिम्मा लगाएको छ ।
नेकपा स्रोतका अनुसार प्रदेश नम्बर २ र कर्णालीमा तत्कालीन एमाले र माओवादीको सदस्य संख्या लगभग बराबर हुने भएको छ । अन्य प्रदेशमा भने पूर्वएमाले करिब ५५ प्रतिशतभन्दा माथि हुनेछ भने पूर्वमाओवादीबाट ४० देखि ४५ प्रतिशत सदस्य हुनेछन् ।
यसअघि गठित कार्यदलले सिफारिस गरेका नाम र संख्यालाई नवगठित प्रदेश कमिटीका चार सदस्यीय पदाधिकारीले छलफल गरी सचिवालयलाई बुझाउने क्रम जारी छ । कतिपय प्रदेशका कार्यदलले यसअघि कमिटीमा रहने सदस्यहरूको नाम नै टुंगो लगाउन सकेका थिएनन् । प्रदेश कमिटीका पदाधिकारीहरूसँगको छलफल र यसअघिका कार्यदलले दिएको रिपोर्टका आधारमा प्रदेश कमिटीका सदस्यहरू टुंगो लगाइने महासचिव पौडेलले बताए । कतिपय प्रदेश कमिटीले स्थानीय तहको एकीकरणको कामसमेत अघि बढाइसकेका छन् । नेकपा स्रोतका अनुसार नेकपाको १ नम्बर प्रदेश कमिटी २०७ सदस्यीय हुने पार्टी नियमावलीअनुसार नै टुंगो लागिसकेको छ । कमिटीमा पूर्वएमाले १२२, पूर्वमाओवादी ८५ सदस्य रहने भएका छन् । कमिटीको इञ्चार्ज भीम आचार्य चयन भइसकेका छन् भने अध्यक्षमा देवराज घिमिरे छन् । सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र सचिव सुरेश राई (हिमाल) छन् ।
त्यस्तै प्रदेश २ मा २१५ सदस्यीय कमिटीलाई पूर्णता दिँदा पूर्वएमाले १०८ र पूर्वमाओवादी १०७ सदस्य रहने सम्भावना छ । प्रदेश इञ्चार्ज सत्यनारायण मण्डल, सहइञ्चार्ज विश्वनाथ साह चयन भइसकेका छन् । अध्यक्षमा प्रभु साह र सचिवमा सुमन प्याकुरेल छन् । त्यस्तै प्रदेश ३ मा २१७ सदस्यीय कमिटी बन्दैछ । जसमा पूर्वएमाले ११७ र पूर्वमाओवादी सदस्य रहने तय भएको छ । प्रदेश कमिटीका सदस्यहरूको पनि नाम सिफारिस भइसकेको छ । प्रदेश इञ्चार्जमा अष्टलक्ष्मी शाक्य र सहइन्चार्ज हितबहादुर तामाङ छन् भने अध्यक्षमा नारायण दाहाल र सचिवमा आनन्द पोखरेल छन् ।
गण्डकी प्रदेशमा १८७ सदस्यीय कमिटी बन्ने भएको छ । जसमा पूर्वएमाले ९९ र पूर्वमाओवादी ८८ जना सदस्य रहनेछन् । यहाँ प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ र सहइञ्चार्ज खगराज अधिकारी चयन भइसकेका छन् । गण्डकी प्रदेशको अध्यक्षमा हितराज पाण्डे र सचिव गोविन्दवहादुर नेपाली छन् ।त्यस्तै कर्णाली प्रदेश कमिटी १७५ सदस्यीय हुनेछ, जसमा पूर्वमाओवादीबाट ८८ र पूर्वएमालेबाट ८७ सदस्य रहनेछन् । यो प्रदेशको इञ्चार्ज जनार्दन शर्मा, सहइञ्चार्ज यमलाल कँडेल चयन भइसकेका छन् । प्रदेश अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा छन् ।
सुदूरपश्चिममा १८३ सदस्यीय प्रदेश कमिटी बन्ने भएको छ, जसमा पूर्वएमालेबाट १०३ र पूर्वमाओवादीबाट ८० जना सदस्य रहनेछन् । यो प्रदेशको इञ्चार्जमा भीम रावल र सहइञ्चार्ज लक्ष्मी जोशी चयन भइसकेका छन् । अध्यक्षमा कर्णबहादुर थापा र सचिवमा नेपालु चौधरी छन् । यसैबीच नेकपा सचिवालय बैठकले ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजनको गृहकार्य गर्ने जिम्मा पनि महासचिव पौडेल र सचिवालय सदस्य थापालाई दिएको छ । नेकपाको ९ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी बने पनि पोलिटब्यूरो बन्न बाँकी छ । विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाई पोलिटब्यूरो हुनेछ । यस हिसाबले १४७ सदस्यसम्मको पोलिटब्यूरो गठन हुने स्रोतले जनाएको छ । त्यसो हुँदा तत्कालीन एमालेका सबै पोलिटब्यूरो सदस्यहरू समायोजन हुनेछन् भने तत्कालीन माओवादीका केन्द्रीय सचिवालय र स्थायी कमिटीमा रहेका नेताहरू पोलिटब्यूरोमा पर्नेछन् ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?