ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

सरायँमा यूवाको उत्साह

८ कार्तिक २०७५, बिहीबार
८ कार्तिक २०७५, बिहीबार

झिमरुक गाउँपालिका–४ बांगेमरोठको भगवती कोट मन्दिरमा विजयादशमीको बाह्रौ दिनमा लाग्ने द्वाद्वसी मेलाको सरायँ नाचमा यूवापुस्ताको आकर्षण देखियो । यूवाहरू उत्साहजनक रूपमा सरायँमा सहभागी भए । विभिन्न कामको शिलशिलामा घरदेखि बाहिर रहेका यूवाहरू दशैँमा आएको बेला सरायँमा झुमेका हुन् । यूवाहरूसँगै बृद्धबृद्धाहरूले पनि साथ दिए । लोप हुँदै गएको सरायँमा आकर्षण बढ्दै गएपछि स्थानीय खुसी भएका छन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष दर्शनार्थीको संख्यामा समेत सहभागीता बढ्यो । द्वाद्वसीमा बांगेमरोठमा मात्र सरायँ मेला लाग्ने गर्छ ।
वि.सं १९६० सालदेखि यहाँ वर्षेनी सरायँनाच भइरहेको छ । मन्दिरमा सवै जातजातीहरूको उत्साहजनक सहभागीता हुनेगर्छ । गाउँमा सवै जातीहरूको बसोवास रहेको ४८ वर्षदेखि निरन्तर पुजापाठ गर्दै आएका पुजारी विर बहादुर जिसीले बताए । ‘भगवती मन्दिरको दर्शन गरेपछि मनोकांक्षा पुरा हुने विश्वास छ’, उनले भने, ‘मरोठका धनीहरूले मन्दिर स्थापना गरेका थिए । अहिले गाउँलेको चन्दाबाट मन्दिर चलेको छ ।’ मन्दिरमा वर्षौ अघिदेखिका सरायँमा प्रयोग हुने हातहतियारहरू रहेको उनले बताए । खुडा, तरवार, त्रिशुल, भुझेरी, चक्कु लगायतका हतियारहरू सरायमा प्रयोग हुने गर्छन् । यिनै हतियारसहित खड्क यात्रा निकालिने गरिन्छ । घटस्थापनाको दिनदेखि विजयादशमीसम्म दैनिक महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिने पुजारीको भनाई छ । पाँचवटा आलामलाई गाउँकै चिद्दारा पँधेरामा लगेर फूलपाती सेलाउने गरिन्छ । आलाम लैजानका लागि तल्लो बांगे, उपल्लो बांगे, चौर, काउछे, बौडा, हरिया, टिमिलडाँडा, सुमन्तेकाना लगायत गाउँका यूवाहरूको होडवाजी हुनेगर्छ ।
जिर्णद्वार मन्दिरको संरक्षण नहुँदा समस्या भइरहेको कोट व्यवस्थापन समितिका अध्यक्ष डेगेन्द्र विक्रम जिसीले गुनासो गरेका छन् । समाजमैत्री मन्दिर नहुँदा पूजापाठ गर्न समस्या भइरहेको देखिएको छ । मन्दिर परिसरमा तारजाली नहुँदा गाई बाख्राको चरनक्षेत्र बन्ने जोखिम देखिन्छ । निश्चित व्यक्तिहरूले चन्दा संकलन गरेको भरमा कोट संचालन भइरहेको व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको संरक्षणका लागि सरकारी निकायबाट सहयोग नपाएको समितिले गुनासो गरेका छन् । झिमरुक गाउँपालिकाले गत आर्थिक वर्ष पर्खाल निर्माणका लागि एक लाख रूपैयाँ सहयोग गरेपनि उक्त काम बीचमै अधुरै बनेको छ । यसवर्ष कोट व्यवस्थापनका लागि बजेट विनियोजन नभएको झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले बताए । कोजाग्रत पूर्णिमाको दिनमा समेत जिल्लाका विभिन्न ठाउँमा सरायँ मेला लागेको छ । प्यूठान नगरपालिकास्थित विजयनगर सापडाँडाका स्थानीयले जुम्रिबजारमा सरायँ प्रदर्शन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?