ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

देवदहमा २४ कोठाको धर्माशाला निर्माण लक्ष्य

२६ आश्विन २०७५, शुक्रबार
२६ आश्विन २०७५, शुक्रबार

रुपन्देहीको देवदह –७ शित्तलनगरमा धर्मशाला निर्माणको लागि स्थानियहरु जुटेका छन् । देवदहमा पहिलो पटक धर्मशाला निर्माण गरी घरवार विहिनहरु र यात्रुहरुको सहयोगको लागि महायज्ञ लगाएर धर्माशाला निर्माण गर्न लागिएको हो ।
निकट भविष्यमै निर्माण कार्यको सुरुवात गर्ने अभियानका साथमा २४ कोठा सहितको अन्डरग्राउण्ड थप एक माथिल्लो तल्ला गरि दुईतले धर्मशाला निर्माणको परिकल्पना गरिएको छ । दुर्गापञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष तथा यज्ञ सम्पादन मुल समितिका संयोजक रमेशचन्द्र रेग्मीका अनुसार मन्दिर संरक्षण समितिले ६ करोडको लागतमा धर्मशाला निर्माणसम्पन्न गर्ने लक्ष्य लिएको छ । यज्ञबाट एक करोड संकलन गर्ने र बाँकी ५ करोड विभिन्न सहयोगिदाताबाट रकम संकलन गरेर धर्मशाला निर्माण सम्पन्न गर्ने योजना बनेको अध्ययक्ष रेग्मीले बताए ।
एक कट्ठा क्षेत्रफल भित्र ४ हजार स्क्वायर फिटमा धर्मशाला निर्माणका लागि मन्दिरले समान्य खाँका समेत निर्माण गरेको छ । यसअघि विनायज्ञ ७६ लाखको लागतमा विशाल दुर्गामन्दिर निर्माण सम्पन्न परेको दुर्गापञ्चायतन मन्दिर संरक्षण समितिले आफ्नो सवा १२ कठ्ठा जग्गा क्षेत्रभित्र अहिले दुर्गामन्दिर, हनुमान मन्दिर, शिवमन्दिर, जेष्ठनागरिक मिलन केन्द्रलगायतका संरचना निर्माण गरि सकेको छ भने निकट भविष्यमै धर्मशाला निर्माण गर्ने लक्ष्य सहितको महायज्ञ संचालन गरेको हो ।
सुरु भएको स्वर्णिम श्रीमद् देवी भागवतपाठ, श्रीमद्भागवत भक्ति महायज्ञमा श्रद्धालु भक्तजनको उपस्थिती दिनप्रतिदिन बढ्दै गएको छ । धर्मशाला तथा मन्दिरको भौतिक संरचनावृद्धि गर्ने एवं देवदहलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले संचालन भएको महायज्ञको दर्शन गर्न र दान गर्न पुग्ने भक्तजनको उपस्थिती बढेको हो ।
दुर्गापञ्चायतन मन्दिर संरक्षण समिति शिलतनगरको आयोजनामा बुधबारदेखि सुरु भएको महायज्ञमा दुई दिनमा एक लाख भन्दाबढी नगद संकलन भएको छ । श्रद्धालुभक्तजनको उपस्थिती बढ्दै गएको र आर्थिक तथा भौतिक सामग्री संकलन पनि हुँदै गएको दुर्गापञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष तथा यज्ञ सम्पादन मुल समितिका संयोजक रमेशचन्द्र रेग्मीले बताउनुभयो । महायज्ञ सम्पन्न गर्नका लागि ५६ वटा विभिन्न उपसमितिहरुसँगै ७ सय ९९सदस्यिय यज्ञ सम्पादन समिति बनेको संयोजक रेग्मीले जानकारी दिए । महायज्ञबाट १ करोड संकलन गर्ने लक्षय राखिएको छ भने यज्ञ सम्पन्न गर्नका लागि झण्डै २० लाख खर्च लाग्ने आर्थिक व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराज मरासिनीले जानकारी दिए । ९ दिनसम्म संचालन हुने महायज्ञमा कथा व्यास नारीरत्न विदुषी अनुराधा शास्त्रीको मुखार विन्दबाट कथा प्रवचन हुनेछ । देवदहमा धर्मशालाको अभाव रहेका समयमा धर्मशाला निर्माणका लागि संचालन गरिएको महायज्ञमा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गएको सम्मान एवं् प्रमाणपत्र व्यवस्थापन उपसमितिका संयोजक कृष्ण न्यौपानेले बताए । उनले सक्दो दान गर्नेलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताए । । महायज्ञ कार्तिक १ गतेसम्म संचालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?