© २०२३
बुटवल, १९ पुस । अत्यधीक जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भई जाडो बढेकाले वर्षे विदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ । जिल्लाका अन्य पालिकाहरुले भने जाडो विदा दिएका छैनन् ।