© २०२३
बुटवल,१५ पुस । प्रहरी अधिकारीहरु सरुवा बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने गृहमन्त्री रवि लामिछानेले बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए ।
गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिने र हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्ने बताए ।
उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए । उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताए ।