ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

बुटवलमा गर्जिए गृहमन्त्री थापा

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

प्रदेश नम्बर ५ को अस्थायी मुकाम बुटवलबाट लागूऔषध निषेध, मदिरा नियन्त्रण र महिला हिंसा न्यूनीकरण अभियानको थालनी गरिएको छ ।पछिल्लो समय लागूऔषध र मदिरा सेवनकै कारण महिला हिंसाका घटनाहरू बढेको भन्दै गृह मन्त्रालयले अभियान रूपन्देहीबाट सुरु गरेको हो । गृह प्रशासनले लागूऔषध सेवनलाई निर्मुल पार्ने, मदिरा सेवन कार्यलाई नियन्त्रण गर्ने र महिला हिंसाका घटनाहरूलाई न्यूनीकरण गर्ने अभियानको उद्देश्य राखेको छ ।
लागूऔषधको प्रयोग र मदिरा सेवनबाट महिला हिंसाका घटनाहरू बढेको भन्दै यो अभियानको थालनी गरिएको गृहमन्त्री राम बहादुर थापाले बताएका छन् ।
पछिल्लो समयमा महिला, बालिका, बलत्कारका घटनाहरू बढ्दै गएको प्रमुख कारण नै मदिरा सेवन, लागूऔषध प्रयोग रहेको गृह मन्त्रालयको ठम्माईएको आधारणमा स्थानीयस्तरदेखि नै उक्त अभियानको थालनी गरिएको गृहमन्त्री थापाको भनाइ छ । अभियानको थालनी स्वरूप बुटवलमा लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला हिंसा न्यूनीकरण सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपालमा हजारौ मानिसहरूको ज्यान सवारी दुर्घटनामा ज्यान गुमाउने कारण पनि मदिरा, लागु औषध सेवन रहेको भन्दै यसलाई नियन्त्रणको लागि पनि यो अभियानको थालनी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बुटवलमा आयोजना गरिएको अन्तरक्रिया तथा सचेतना कार्यक्रममा बोल्दै संघीय सरकारका गृहमन्त्री राम बहादुर थापाले लागूऔषधको कारोबारी, प्रयोगलाई सखाप पार्ने, मदिरा सेवनमा नियन्त्रण गर्ने र महिला हिंसा न्यूनीकरणको लागि अभियानको थालनी गरिएको बताएका थिए । अहिले सरकार पुरानो सत्ता ढालेर नयाँ अभियानको क्रममा रहेको भन्दै गृह मन्त्री थापाले पुरानो संविधान, एकात्मक व्यवस्था ढालेर नयाँ ढङ्गको थालनी हुँदा केही बाधा अड्चनाहरू आएपनि त्यसलाई चिरेर सरकरा सुखी नेपाली समृद्ध नेपालको अभियानमा लागेको बताए । पछिल्लो समयमा देश युगान्तकारी परिर्वतनको बाटोमा अगाडी बढेको बताउँदै गृह मन्त्री थापाले नेपाललाई समृद्ध बनाउने र सुखी नेपाली बनाउने अभियानमा सबैको साथ सहयोग आवश्यक रहेको बताए । अहिलेको सकरारको नयाँ शंकल्प भनेको समाजवाद रहेको भन्दै उनले समृद्धिको नयाँ नाम समाजवादमा नेपालले फड्को मार्दै गरेको बताए । उनले भने–‘अबको माग भनेको समाजवाद हो, समाजवाद जन समृद्धिको अर्को नाम हो ।’
देश विकासको नाममा बाधा पु¥याउने व्याक्ति ठग, दलाल, तस्करीहरू रहेको भन्दै मन्त्री थापाले अव तस्कर, दलालका दिन सकिएको बताएका छन् ।
तस्करहरू, दलालहरू देश भष्ट्रीकरणमा लागेको भन्दै तिनीहरूलाई सखाप पारेमा मात्रै समाजवादको सुरुवात देशमा हुने बताएका छन् ।
उनले अबको अभियान गृह प्रशासनले तिनै तहबाट नै त्यस्ता दलाल, पुँजीपती, तस्करहरूलाई निमिट्यान्ठ पार्ने योजना र हेको भन्दै यसमा सबैको साथको खाँचो रहेको उनले बताएका हुन । पटक पटक दलाल पुँजीपती, गुण्डाका मतियारहरूले जनता ठग्ने गरेको भन्दै गृह मन्त्री थापाले जसले देशमा समाजवाद स्थापना गर्नमा बाँधा अडचन लाद्ने गरेको भन्दै उनले त्यसलाई जरैबाट निमिट्यान्ट पार्ने बताएका हुन् ।
उनले भने–‘तस्कर, दलालहरूलाई सामप्त पारेर देशमा प समाजबादको सर्बोच्च शिखरमा मात्रै हामी पुग्न सक्छौ, त्यो काम जनता र सरकार मिलेर संभव रहेको छ ।’
जनता र राज्य मिलेर मात्रै देश विकास संभव भएको बताएका गृह मन्त्री थापाले महिला हिंसा अन्त्यको लागि स्थानिय तहबाट नै कार्यको सुरुवात हुनुपर्ने र यसमा गृह मन्त्रालयको सक्दो साथ र सहयोग रहेको बताएका थिए । ७ सय ५३ तह बाट नै महिला हिंसा न्यूनीकरण, मदिरा सेवनको अन्त्य र समाजका विकृतिहरूलाई हटाउनको लागि पहलको थालनी हुनुपर्ने उनले बताएका हुन् ।
निर्मला हत्या प्रकरण जस्तै नेपालमा यस्ता प्रकृतिका घटनाहरू घटिरहेको भन्दै उनले आगामी दिनमा यस्ता घटना घट्न नदिनको लागि प्रहरीको ध्यान अब त्यतातर्फ केन्द्रीत हुने बताएका थिए । गृह मन्त्रालय यो अभियानले एक बर्षमा ५० प्रतिशत महिला हिंसाका घटना घटाउन सकिने योजना बताएको छ । ९० प्रतिशत लागूऔषधी नियन्त्रण गर्न सकिने गरि योजना अगाडी बढाइएको उनले बताए । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल ले पछिल्लो समयमा नयाँ सहर विकास हुने क्रममा लागूऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको भन्दै प्रदेश सकरारले विद्यार्थीस्तरबाट नै सचेतनाका कार्यक्रमहरू अगाडि बढाएको बताएका थिए । सबैभन्दा पहिला सचेतना नै आवश्यक रहेको भन्दै उनले यसको लागि प्रदेश सरकार सदैव तयार रहेको बताए । चुनौतिहरू पछिल्लो समयमा बढ्दै गएको भन्दै उनले ति चुनौति समस्या समाधानको लागि विभिन्न योजनाहरू अगाडी बढाएको जानकारी दिए । महिला बालबालिका तथा शिक्षाको क्षेत्रमा समेत समाजिक विकास मन्त्रालय हेर्दे आएको कारण यसमा प्रदेश सरकार योजनाबद्ध रूपमा अगाडी बढेको बताए ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले समाज परिर्वतनको लगि महत्वपूर्ण योगदान युवाहरूको रहेको भन्दै उनले प्रदेश सरकार केन्द्रले अगाडी बढाएको योजनामा साथ दिने बताएका थिए ।
यस्तै प्रदेश नम्बर ५ का सचिव डा. तिर्थराज ढकालले प्रदेश सरकारले ५ बर्ष को आवधिक योजना निर्माणको क्रममा रहेको भन्दै समाजका विभिन्न विकृत विसंगीत निर्मुल पार्ने अभियानमा प्रदेश सरकार रहेको बताए । उनले प्रदेश सरकारमा २८ सय जनशक्ति आवश्यक परेकोमा हाल सम्म जम्मा ४ सय मात्रै कर्मचारी रहेको भन्दै यसलाई परिपूर्तिको लागि माग गरे । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले प्रहरीलाई हतोत्साहित बनाउने कार्य कतैैबाट हुन नहुने भन्दै घर घर बाट नै सचेतनाको जग बसाल्नु अबको आवश्यकता रहेको बताए । उनले नेपाल प्रहरीले देशमा धेरै राम्रा र ठूला काम गरको बताउँदै केही घटना अपबादको रूपमा रहेकोले यसमा जोडेर सिंङ्गो प्रहरीलाई हेर्न नहुने बताएका थिए ।
सबैको साझा समस्याको रूपमा रहेका विभिन्न समस्याहरूलाई पाखा लगाउँदै देश विकासमा महत्वपूर्ण योगदान दिनको लागि खनालले आग्रह गरे । नेपालमा लाखौ मानिसहरू लागूपदार्थको दुव्र्यसनी, मदिरा सेवनको कारण प्रत्येक बर्ष अकालमा मर्ने गरेको बताउँदै खनालले लागूऔषधको कारोबारीलाई सधैको लागि निमिट्यान्ट पार्नको लागि नेपाल प्रहरी लागेको बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, जनस्वाथ्य कार्यालय बुटवलका प्रमुख केयर सिंह गोदार, बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गुमा देवी आचार्य, नेपाल चिकित्सक संघ लुम्बिनीकी अध्यक्ष डा. नन्दा गुरुङ्ग, कञ्चन गाउँपालिकाका अध्यक्ष गोर्कण बहादुर क्षेत्री, जिल्ला सरकारी वकिल कार्यालयका केशहरी निरौला, सिद्धार्थ उवासंघका अध्यक्ष कुल प्रसाद न्यौपाने, ईन्सेक रूपन्देही प्रतिनिधि रिमा विसी, पत्रकार अमृता अनमोल, बाल सञ्जालका अजय मल्लाह, डा. आशिष विक्रम साही, कदम नेपालकी अध्यक्ष ईन्दिरा आचार्य लगायत बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?