© २०२३
चन्द्रौटा (कपिलवस्तु), ९ पुस । सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सूचना, शिक्षा, सञ्चार सामग्री प्रदर्शनी तथा निशुल्क आँखा जाँच शुरु गरिएको छ ।
ूकृषि पर्यटन,उद्योग र ब्यापार ब्यवसायिक दिगोपना हाम्रो मुख्य आधार मुल नाराका साथ चेम्बर अफ कमर्स कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको महोत्सवमा छन्द कालेबाबु नारायणी आँखा अस्पतालले निशुल्क आँखा जाँच सेवा समेत सुरु गरेको जनाइएको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द कालेबाबु नारायणी आँखा अस्पतालले भात बहादुर, साग बहादुर, जलबिन्दुका लक्षण, आँखामा औषधी लाउने तरिका, मोतिबिन्दु आदिको बारेमा लेखिएका सूचनामुलक पोस्टरहरुको प्रदर्शनी र अस्पतालबाट प्रवाह हुने सेवाहरुको बारेमा लेखिएका पम्प्लेट सेवाग्राहीहरुलाई वितरण गर्ने गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जनाए ।
उनका अनुसार महोत्सवमा आएका आँखा जाँच गराउन इच्छुक सेवाग्राहीहरुलाई निस् शुल्क आँखा जाछ र परामर्श दिइने गरिएको छ । सो क्रममा भेटिएका मोतिबिन्दुका बिरामीहरुलाई दातृ निकायको सहयोगमा अस्पतालमा निस्शुल्क अप्रेसन गरिने समेत गरिने छ ।
आँखा स्वास्थ्य सचेतिकरणका लागि आयोजकले स्टल निशुल्क व्यवस्था गर्दा सहज भएको छ । शुक्रबार महोत्सवको पहिलो दिन नेत्र सहायक सरिता परियार, ल्याव टेक्निसियन देबराज शर्माले लगायतले सेवा प्रवाह गर्दा १ सय ५० बढिले सेवा लिएका थिए ।