ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

ट्राफिक ब्यवस्थापन फितलो हुँदा सास्ती

१२ आश्विन २०७५, शुक्रबार
१२ आश्विन २०७५, शुक्रबार

बिहीबार भैरहवाको ब्यस्त चोक देवकोटा चोकमा नेपाल राष्ट्र बैंक अगाडि लु१ख ४६७१ नम्बरको माइक्रो बसले जेब्राक्रसमै रोकेर यात्रु चढाउँछ, त्यस लगत्तै आउने अर्को बस लु२ख २११८ नम्बरको बसले पनि सोही जेब्राक्रसमा यात्रु उतार्ने र चढाउने कार्य गर्छ ।
यो सबै नजिकै रहेका तथा ट्राफिक ब्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी छविलाल थापाले नियालि रहेका थिए । ो त्यस चोकको दैनिकी नै भए जस्तो उनले कुनै प्रतिक्रिया नै जनाएनन् । मानौं यो पनि ट्राफिक नियमकै एक हिस्सा हो ।
बढ्दो शहरीकरण संगै भैरहवाको मूख्य मार्गहरूमा ट्राफिक ब्यवस्थापन फितलो हुँदा दुर्घटनाको जोखिम बढाएकै छ भने सबै भन्दा बढी सास्ती पैदल यात्रुले भोग्ने गरेका छन् ।
बेलहिया–बुटवल ब्यपारीक मार्ग विस्तार भएपछि यस्तो जोखिम झन बढेको हो । बिशेषगरि माईक्रो बसहरूको अटेरी र यात्रुहरूमा सचेतनाको कमीले जोखिम बढाएको छ । त्यसमाथि ट्राफिक प्रहरीले ट्राफिक नियम मिचिँदा समेत कानमा तेल हालेर बसिदिँदा यस्ता कानून मिच्नेहरूको मनोबल बढ्दै गएको छ ।
बेलहिया–बुटवल गुड्ने माइक्रो बसहरू ट्राफिक प्रहरीकै अगाडी जेब्राक्रसमा गाडी रोकि यात्रु ओराल्ने र चढाउने गरेका छन् । बिशेष गरि मूख्य बाटोमा पर्ने देवकोटा चोक, बुद्ध ज्योती स्कूल अगाडी, काशी सिनेमा अगाडी जेब्राक्रसमै माईक्रो बस रोकेको दृश्य समान्य हुन थालेका छन् । दश कदमको दुरीमै बस बिसौनीहरू छन, तर बस बिसौनीमा न बस रोकिन्छ नत यात्रुहरूलाई नै त्यहाँ बस कुर्ने धैर्य छ । बस बिसौनीहरू सडक निर्माणका क्रममा त्यसै बनाईए जस्ता छन् ।
“जेब्राक्रसमै बस रोकिदिदा पछाडीबाट आउने सवारी देखिँदैन, कतिपय अवस्थामा दुर्घटनाबाट जोगिएको छु ।” बुद्धज्योति स्कूलमा छोरा पु¥याउन जाँदै गरेका एक अभिभावकको गुनासो हो यो । देवकोटा चोकमा ट्राफिक ब्यवस्थापनको लागी सधै ट्राफिक प्रहरीको उपस्थिति हुने गरेका छन तर उनीहरूहरूलाई यो सब देखिँदैन । पछिल्लो समय भैरहवाको भित्रि बाटोहरूमा केन्द्रित रहेका छन् । पार्किङ्ग ब्यवस्थापनमा खटिने प्रहरीले साना गाडीका सामान्य गल्तीमा पनि चिट काट्ने, जरिवाना तिराउने गरेको छ । तर जोखिम बढाउने माईक्रो बस जस्ता ठूला सवारी साधनहरूको सबै गल्तीहरू प्रहरीले हेरेर पनि नहेरेको जस्तो गर्ने स्थानिहरूको आरोप रहेको छ । ट्राफिक प्रहरीकै अगाडी यस्ता बसहरूले नियम मिच्दा जरिवाना काट्ने वा सम्झाउने कुरा त परै जाओस प्रहरीहरू उनिहरूकै समर्थन गरेको भेटिन्छन् ।
रूपन्देही ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरिक्षक बेद बहादुर पौडेलले पनि बसहरूले जेब्राक्रसमै बस रोकि बस बिसौनी झै यात्रु झार्ने र चढाउने गरेको स्विकार गर्छन । उनले यो प्रक्रिया यहाँ चलनकै रूपमा विकसीत भएको बताए । यात्रु चढाउने र झार्ने ठाउँ नै तोकिदिएपनि यो प्रक्रिया रोक्न नसकेको बताए । यसको लागी जनचेतनामुलक कार्यक्रम र कार्यवाही प्रक्रिया दुईटै अगाडी बढाइएको ट्राफिक प्रहरी प्रमुख पौडेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?