ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

चौथो सुरक्षित गर्भपतन दिवस मनाइयो

११ आश्विन २०७५, बिहीबार
११ आश्विन २०७५, बिहीबार

कपिलवस्तु सदरमुकाम तौलिहवामा बिबिध कार्यक्रमको आयोजना गरि चौथो सुरक्षित गर्भपतन दिवश मनाइएको छ ।
कपिलवस्तु नगरपालिका, सुनौलो परिवार नेपाल, मेरिस्टोप्स सेन्टर र नेपाल परिवार नियोजन संघ कपिलवस्तुको आयोजनामा दिवशका अवसरमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा सहभागीले सुरक्षित गर्भपतनलाई सरकारले मान्यता दिए सगै महिला अधिकार संरक्षणका क्षेत्रमा उदाहरणीय कार्य भएको बताए ।
सन्तान जन्माउने बिषय महिलाको अधिकार भएकाले महिला अधिकार संरक्षणका लागी सुरक्षित गर्भपतन सेवा पनि उपभोग पाउनु पर्ने सहभागीले बताए । बिश्वमा प्रत्यक बर्ष २ करोड महिला तथा किशोरीले असुरक्षित गर्भपतन गराउने गरेको मेरिस्टोप्स सेन्टर तौलिहवाका संयोजक मनिराम पाण्डेयले बताए ।
बिश्वमा प्रत्यक बर्ष ४४ हजार महिलाको मृत्युको मुख्य कारक असुरक्षित गर्भपतनले हुने गरेको र मातृमृत्युको ८ प्रतिशत संख्या असुरक्षित गर्भपतन भएको उनले बताए । नेपालमा गर्भपतनले कानुनी मान्यता पाउनु अघि अस्पतालमा प्रसुतीको रोगमा भर्ना भएका महिला मध्य ५४ प्रतिशतमा गर्भपतनको जटिलता भेटिएको नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक उद्धवदेव भट्टले जानकारी दिए । गर्भपतनले कानुनी मान्यता पाउनु अघि स्वास्थ्य संस्थामा मातृमृत्यु भएका महिलामा २० प्रतिशत गर्भपतनको जटिलता देखिएको र सो समय २० प्रतिशत थुनामा रहेका महिला गर्भपतन र भ्रुण हत्या गराएको अभियोगमा थुनामा गएको उनले तथ्य प्रस्तुत गरे । नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेसँगै महिलाको स्वास्थ्य अधिकारको सुरक्षामा आमुल सुधार आई मातृमृत्युको दरमा कमी आएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रकाशकिय अधिकृत बिमलराज आचार्यले बताए । कपिलवस्तु नगरपालिका समेत महिलाको स्वास्थ्य अधिकार सुरक्षाका लागि प्रतिबद्ध रहेको आचार्यको भनाइ थियो । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका स्वास्थ्य समन्वय ईकाई प्रमुख उमेश कुमार गुप्ता र नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाका सुपरभाईजर भुपेन्द्र रानाले दिवसको सन्दर्भ बारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?