© २०२३
गुल्मी जिल्लास्थित कालिगण्डकी गाउँपालिका–७ भुर्तु· छापचौरको श्री दुर्गा भवन माबिमा प्राविधिक शिक्षा सञ्चालन गर्न श्रीमत भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गुणस्तरीय र प्राबिधिक शिक्षा आजको आवश्यकता भन्ने उद्देश्यले महायज्ञ मार्फत रकम जम्मा गर्न साता ब्यापी महायज्ञ लगाएको विद्यालयका प्राचार्य पुन्य प्रसाद गौतमले बताए । सात दिन सम्म सन्चालन हुने महा यज्ञमा देश बिदेशमा रहने स्थानीयले आर्थिक सहयोग गरिरहेको प्राचार्य गौतमले बताए ।
प्राबिधिक शिक्षा सन्चालन गर्न भबन निर्माण तथा आर्थिक जोहो गर्न कठिनाई भएकाले धार्मिक महायज्ञमार्फत रकम संकलन गरी प्राबिधीक तथा गुणस्तरीय शिक्षा दिने मुख्य उद्देश्य रहेको गौतमले बताए ।
महायज्ञ सुरुको दिन सयौं स्थानिय भक्तजनले कलश यात्रामा सहभागीता जनाएको सह प्रचार्य सुभास गौतमले बताए । महायज्ञ हुने भनेपछि पुरै बडा सफल गराउन लागिपरेको भन्दै छापचौरमा जन्म भई बाहिर बस्नेहरू बाट आर्थिक सहयोग भैरहेको बताए । महायज्ञमा प्रमुख कथाबाचक पण्डित दिल बन्धु पोख्रेल र सह बाचिकामा ध्रुबशरण बस्याल रहेको महायज्ञ मुल समारोहका अध्यक्ष धन बहादुर क्षेत्रीले बताए ।
असोज ९ गते बाट सुरु महायज्ञ १६ गते सम्म सन्चालन हुने गरी आयोजकले जनाएका छन् । महायज्ञको उद्घाटन उत्कृष्ट चन्दा दाता डिला कुमारी पौडेलले गरेकी थिइन् । स्थानियले कशल यात्रा सहित गाउँ परीक्रमा गरेका थिए । कार्यक्रममा लोक प्रताप साह, कबिराज ढकाल, डा. नारायण प्रसाद गौतम, नन्दा ज्ञवाली, सारदा कँुवर, गोपाल प्रसाद श्रेष्ठ, ध्रुब शरण बस्याल, रामजी ढकाल, घनश्याम थापा, गोबिन्द गौतम, पुन्य गौतम, सुभास गौतम, भिम बहादुर राना लगायतले यज्ञको सफलताको शुभकामना दिएको स्थानिय अनिस ढकालले बताए ।
à