ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

उपभोक्तामैत्री कानुन छिट्टै बन्छः मन्त्री गिरी

९ आश्विन २०७५, मंगलवार
९ आश्विन २०७५, मंगलवार

प्रदेश नम्बर ५ का उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले पूर्ण रूपमा कानुन नबन्दा समस्या भएको भन्दै छिट्टै उपभोक्ता मैत्री कानुन आउने बताएका छन् ।  उपभोक्ता हित संरक्षण मञ्च नेपाल सैनामैनाले सैनामैनामा आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्ण रूपमा कानुन बनिसकेपछि बजार अनुगमनलाई निरन्तरता दिने बताएका हुन । उनले भने–‘विकास निर्माणको काम एक दुई वर्ष ढिलो भए पनि हुन्छ तर जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको उपभोग्य बस्तुको सरकारले बजार अनुगमन गरी जनतालाई गुणस्तरिय बस्तु आवश्यक छ ।’
सरकार सँग प्राविधि युक्त प्रयोगशाला प्रयाप्त मात्रामा नहुँदा अनुगमनमा समस्या परेको भन्दै उनले कृिषमा समेत विषादीको प्रयोगले गर्दा उपभोक्ताहरू मारमा बताएका थिए । किसानले विषादी प्रयोगले गर्दा नेपालमा उत्पादन भएको अदुवासमेत भारतले किन्न नमानेको उनको जिकिर थियो । जनताले स्वच्छ, स्वस्थ्यकर, उचित मुल्यमा सहि तौलमा उपभोग गर्न पाउनुपर्छ गिरीले भने यसको लागि उपभोत्ता समेत सचेत हुनु पर्ने बताए । तिनै तहको सरकारले उपभोक्तहरूको हक हित संरक्षणमा लाग्ने बताएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति बानियाले संविधानमा उपभोक्ताहरूको हक हित संरक्षण गरिएपनि ब्यवहारमा लागु हुन भने नसकेको बताए । उपभोक्ताहरू हरेक वस्तु किन्दा ठगिने, गुणस्तरहीन बस्तु पाउने गरेको बताउँदै यसको लागि सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने बताए ।
दाल, चामल, नुन, तेल, ग्याँस किन्दा जनता ठगिएका छन् बानियाले भने–‘सरकारले खै त अनुगमन गरेर उपभोक्तालाई गुणस्तरिय बस्तु उपभोग गराएको, उपभोक्ता आफै सचेत बनी आफै ठगिनबाट जोगिन आवश्यक छ । ’
बस्तु गरिद गर्दा उत्पादन उपभोग मिति, गुणस्तरिय छ की छैन,तौल अनुसार छ की छैन हेर्नुपर्ने भन्दै उनले सम्बन्धित निकायमा उजुरी गर्न आग्रह समेत गरे ।
क्षेत्रीय गुणस्तर नाप तौल विभाग भैरहवाका प्रमुख हस्त बहादुरराईले बजारमा नियमितर विशेष खालको अनुगमन गर्दै आएको बताउँदै स्थानीय तहसँग प्राविधिक टोली नभएकाले अनुगमन गर्न नसकेको बताएका थिए । स्थानीय सरकारसँग मिलेर विभागले बजारमा प्रभावकारी अनुगमन गरिने उनले बताए । खाद्य बस्तु स्वच्छ, गुणस्तर हुनुपर्ने बताउँदै उनले विभागले प्रभावकारी बजार अनुगमन गर्ने बताए । सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले नगरपालिकाले उपभोक्ताको हित संरक्षणमा काम गर्ने बताएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल सैनामैनाका अध्यक्ष दुर्गा प्रसाद गौतमले उपभोक्ताको अधिकारीका लागि निरन्तर पैरवी गर्ने बताए । नगरका ११ वटै वडामा वडास्तरको सञ्जाल गठन गरी उपभोक्ता सचेतनाको अभियान सञ्चालन गरिने उनले बताए । कार्यक्रममा सैनामैना नगरपालिका उपमेयर विनाराना, मञ्जु ज्ञवाली, दिनेश पन्थी लगायतले बोलेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?