© २०२३
सुखी नेपाली सम्बृद्ध नेपालः बालअधिकार सबैको सरोकार भन्ने मुल नाराका साथ बुटवलमा हेल्दी बेबी अर्थात स्वस्थ बच्चा प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लव अफ तिलोत्तमा–मायादेवि र नेपाल परिवार नियोजन संघको संयुक्त आयोजनामा गरिएको सो प्रतियोगितामा बुटवल लगायत आसपासका क्षेत्रहरूबाट ४० जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
दुई बर्ष मुनिका शिशुहरूको सहभागिता रहेको सो प्रतियोगितामा बुटवल अमरपथ निवासी सिप्रा बज्राचार्यकी ९ महिनाकी छोरी यमि बज्राचार्य प्रथम, हस्पिटल लाइन निवासी विम्नी श्रेष्ठका ६ महिनाका साइमन श्रेष्ठ द्धितिय र बुटवल मिलनचोक तिनकुने निवासी कौशिला श्रेष्ठका १४ महिनाका छोरा कैलाश श्रेष्ठ तृतिय बनेका थिए । प्रतियोगितामा सहभागिहरू मध्येबाट ४ जनालाई सान्तवना पुरस्कार समेत प्रदान गरिएको थियो । सान्त्वना पुरस्कार प्राप्त गर्नेहरूमा जस्मा बविन अर्याल, सुदिक्षा रिजाल, प्रतिश सारु, सहर्सा कसजु रहेका छन् ।
प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गरेका बिजयीहरूलाई पुरस्कार वितरण गर्दै लायन्स् ईन्टरनेशनल ३२५ वि २ का डिष्ट्रिक गर्भनर लायन सुनिल वझाले यसप्रकारका हेल्दी बेबी कार्यक्रमले बालबालीको स्वास्थ्यप्रति समाजमा जनचेतना जगाउने अभियान र समाज रूपान्तरणमा सहयोग पुग्ने बताए । क्लवका अध्यक्ष सुमि हमालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठ, परिवार नियोजन संघका अध्यक्ष दिनेशकुमार जोशी, प्रबन्धक मोहन बस्याल, क्लवका सचिव लायन लक्ष्मी प्रधानाङ्ग, लायन कुशुम शाक्य लगायतले बालबालिकाको स्वास्थ्य र हेरचाहबारे चर्चा गरेका थिए । à