ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

सरकार र चालक बिच आठ बूँदे सहमति, चालकको आन्दोलन फिर्ता

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सरकारले आठ बूँदे सहमति गरेको छ। शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता भएको छ भने सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सबै सवारी चालकलाई आजैदेखि रिहा गर्दैछ।

प्रधानमन्त्री कार्यालय शुक्रबार भएको तीन घण्टा लामो छलफलमा सरकारले चालकका माग पूरा गर्ने सहमति जनाएको हो। स्थानीय तहमा भएको सहमतिलार्इ केही घण्टामै अस्विकार गर्दै हड्तालमा उत्रिएका चालकले सिंहदरबारमै सहमति चाहेका थिए। विहिबार जिल्ला प्रशासन कार्यालय बारामा भएको सहमतिको मसी नसुक्दै सिंहदरबारमै सहमति गर्नुपर्ने भन्दै शुक्रबार समेत हड्ताल जारी राखेका थिए।

विहिबार रातीनै वीरगंजबाट आन्दोलनको नेतृत्व गरिरहेको स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली काठमाडौं आएको थियो । शुक्रबार विहान ११ बजेदेखि चार जना सचिवसहित आन्दोलनरत पक्षसँग भएको छलफल साढे तीन बजे सहमतिमा टुंगिएको थियो।

आन्दोलनरत पक्षले उठाएको मागलार्इ संबोधन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए।‘हामीले उहाँहरुले उठाएको माग संवोधन गर्न आवश्यक अध्ययन गर्ने प्रतिवद्धता जनाएका छौं। उहाँहरुले हाम्रो प्रतिवद्धता अनुसार सवारी साधन संचालन गर्न सहमत हुनुभएको छ’अधिकारीले भने।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी,गृह मन्त्रालयका सचिव प्रेमकुमार रार्इ, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी थिए।हड्तातलमा उत्रिएको स्वतन्त्र सवारी चालक संघर्ष समितिका सहसंयोजक अधिकारीले सरकारले आफ्ना माग पूरा गर्न सहमति जनाएकाले आजैदेखि सवारी साधन संचालनमा आउने बताए।‘सरकारले हाम्रा सबै माग संबोधन गर्ने सहमति जनाएको छ।यो सहमतिसँगै आजैदेखि सवारी साधन संचालनमा आउनेछन्’उनले भने।

यो पनि पढ्नुहोस

प्रशासनको सहामती लत्याउदै ड्राईभरहरुले यातायात चलाएनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?