© २०२३
बुटवल –१० कालिकानगरमा रहेको ‘बुटवल कालिका क्याम्पस’ मा ‘व्याचलर अफ कम्प्युटर एप्लिकेशन’ (बिसिए) विषयको पढाइ हुने भएको छ । सामुदायिक क्याम्पसको रूपमा २०७० सालदेखि बिबिएसको पढाई सञ्चालन गर्दै आएको क्याम्पसले यसै शैक्षिक सत्रदेखि ‘व्याचलर अफ कम्प्युटर एप्लिकेशन’ विषयको पढाइ सुरू गर्ने तयारी गरेको हो ।
जिल्लामै पहिलो पटक सामुदायिकतर्फ बिसिएको पढाई सञ्चालन गर्ने सम्बन्धन प्राप्त गरेको क्याम्पसले बिहीबार पत्रकार सम्मेलन गरी नयाँ कार्यक्रम सञ्चालनको जानकारी गराएको हो ।
न्यून आय भएका विद्यार्थीहरूले सस्तो शुल्कमा प्राविधिक विषयको पढाई गराउने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गर्न लागिएको घनश्याम पाठकले जानकारी दिए । ‘हामीले यसै शैक्षिक सत्रदेखि बिसिएको पढाई सञ्चालन गर्ने अनुमति त्रिभुवन विश्वविद्यालयबाट प्राप्त गरेका छौं ।’ प्रअ पाठकले भने । बिसिए पठन कुनै पनि विषयमा २ जिपिए ल्याएर कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ ।
८ सेमेस्टरमा हुने विषय ४ वर्षे हुने क्याम्पसका अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए । यो विषय पढेकाकोत्रिविले नैं प्रवेश परीक्षा लिनेछ । प्रवेश परीक्षा उत्तीर्ण जुनकुनै ठाउँको विद्यार्थीले पनि पढ्न पाउनेछन । ३५ जनाको कोटा रहेको विसिए विषयको पढाईका लागि प्रतिसेमेस्टर ४० हजार रूपैयाँ शुल्क रहेको क्याम्पसका संयोजक दिनेश थापाले जानकारी दिए ।
अध्यक्ष क्षेत्रीले कलेजलाई बहुमुखी क्याम्पसका रूपमा विकास गरिने बताए । छिट्टै विएड विषयको पठन–पाठन सञ्चालनको तयारी भइरहेको जानकारी दिए । बिसिएको फारम यही असोज १२ गतेसम्म बितरण गरिनेछ । भने प्रवेश परिक्षा असोज १९ गते रहेको छ ।