ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

संविधान दिवस विविध कार्यक्रम मुलुकमा राष्ट्रिय एकताको खाँचो छ : मुख्यमन्त्री

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रदेश नं. ५ प्रदेश सरकारले वुधवार विभिन्न कार्यक्रम गरी यो दिवश मनाएको हो । प्रदेश सरकारको अगुवाईमा सरकारी तथा गैरसरकारी संघ संस्था, व्यवसायीहरूको सहभागीतामा बुटवलमा प्रभातफेरी निकालिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिसरबाट शुरु भएको विभिन्न झाँकीसहितको प्रभातफेरि नगर परिक्रमा गर्दै बुटवल बहुमुखी क्याम्पस परिसरमा भव्य कार्यक्रम गर्दै सम्पन्न भएको छ । संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै माननीय मुख्यमन्त्री शंकर पोखरेलले अहिले मुलुकमा राष्ट्रिय एकता, सद्भाव, भातृत्व र मेलमिलापको खाँचो औंल्याए ।
उनले भने – राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न सकिँदैन ।’ ¥यालीपछि उत्कृष्ट झाँकीलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी जिल्ला समन्वय समितिको आयोजनामा संविधान दिवस मनाईएको छ । संविधान दिवसको अवसरमा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी सहितको प्रभातफेरी ¥याली उद्योग बाणिज्य संघमा पुगेर सभामा परिणत भएको थियो । जिल्लामा गठित संविधान दिवस मुल समारोह समितिको आयोजनामा तीन दिनसम्म दिवस मनाउने निर्णय गरि सरसफाई, ब्याडमिन्टल प्रतियोगिता, साहित्यिक लगायतका कायक्रम गरेर मनाउँदै आइरहेको छ ।
यता नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नं. १ ले संविधान दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपालीको ठूलो त्याग र बलिदानीपछि शुसिल कोइरालाको नेतृत्वमा बनेको संविधान पूर्ण कार्यन्वयन आवश्यक रहेकोमा सो अवसरमा बोल्ने बतmाले जोड दिएका थिए ।
बहुमतको आडमा सरकाले जनताको भावना विपरित काम गरेको बताउँदै त्यस्ता कदम नसच्चिए नेपाली कांग्रेस सडकमा आउने समेत उनीहरूले बताए । सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य दुर्गा सेन, पुर्व महासमिति सदस्य दोलकराम घिमिरे, नेपाल नागरिक समाजका जिल्ला अध्यक्ष युवराज केसि, कांग्रेस नेता कृष्ण गुरुङ, दयाराम पौडेल वडा अध्यक्ष मनिराम शर्मा, सचिव झलक मल्ल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सल्यानमा संविधान दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरू सम्पन्न भएका छन् । कतै हाजिरीजवाफ र कतै सरसफाइ कार्यक्रम दिवसको अवसरमा भएका छन् । जिल्ला सदरमुकाममा पनि दिवस मनाउन गठन गरिएको मुल समारोह समितिको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य गुलावजंग शाहले नेपालको संविधान सबैभन्दा राम्रो भन्दै यसको प्रचार गर्नुपर्ने बताएका छन् । इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट विश्वमै एउटा दूर्लभ रेकर्ड बनाउँदै कूल ९० प्रतिशत सभासदको बहुमतले घोषणा गरिएको यो संविधानको मुल मर्म समृद्धी र विकास भएको बताए ।
कायक्र्रममा जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टले नियम कानुन नबन्दा स्थानिय तहका काम अप्ठेरो परेको गुनासो गरेका छन् ।
उता जिल्लाको बागचौर नगरपालिकाले थारमारे बजार सहित १२ वटै वडाका मुख्यमुख्य बजारमा सरसफाइ कार्यक्रम सम्पन्न भएको जनाएको छ । बागचौर, टाट्के लगायत हरेक वडाका मुख्य बजारमा सरसफाइ गरिएको हो । कार्यक्रममा नगरप्रमुख लोकमान बुढाथोकी, उपप्रमुख कल्पना पुनले आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न नगरवासिहरूलाइ अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल, वडा नं. ३ अध्यक्ष टिकाराम के. सी., वडा नं.२ अध्यक्ष घनश्याम शर्मा लगायत अन्य कर्मचारी, ईलाका प्रहरी कार्यालय, ईलाका प्रशासन कार्यालय तथा स्थानीय बासीहरूको सहभागिता रहेको थियो ।
बागचौर नगरपालिकाले फोहोर उठाउनको लागि टिपर व्यबस्था गरिसकेको र व्यवस्थापनको लागि ल्यान्डफिल साइड पनि निर्माण गरिसकेको छ ।
यसैविच संविधान दिवसको अवसरमा सल्यानको कपुरकोट गाउँपालिकाले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालयहरूको विचमा भएको हाविरिजवाफ प्रतियोगीतामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किमुचौर प्रथम भएको छ । यस्तै जीवनज्योती मावि रीमले द्धितीय र विरेन्द्र मावि गर्पाले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
प्रथम, द्धतीय र तृतीय हुने विद्यालयलाइ क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय र प्रमाणपत्र एवम् मायाको चिनो स्वरूप कपुरकोट डायरि प्रदान गरिएको थियो । यस्तै प्रतियोगितामा सहभागी कालिका मावि कपुरकोट र भवानी मावि छायाँनाथलाइ पनि प्रमाणपत्र र डायरि प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारी दिएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?