© २०२३
पाँच नम्बर प्रदेशको मुकाम बुटवलमा संविधान दिवसको अवसरमा प्रभातफेरि गरिएको छ । पाँच नम्बर प्रदेश सरकारको आयोजनामा भएको प्रभातफेरिमा बुटवल उपमहानगरसहितका कार्यालयले समन्वय गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दरबार मार्गबाट सुुरु भएको प्रभातफेरिले बुटवल नगर परिक्रमा गरेको थियो । प्रभातफेरिमा पाँच नम्बर प्रदेशका सभामुख, मन्त्रीहरु, सांसदहरु, सरकारी उच्च पदस्त कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा बुटवल उपमहानगरसहितका विभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका थिए ।
प्रभातफेरि पश्चात बुटवल बहुमुखी क्याम्पसमा हुने विशेष समारोहमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संम्बोधन गरेका थिए ।
संविधान दिवसका अवसरमा प्रदेश सरकारले तीन दिने विविध कार्यक्रम राखेको छ । दिवसको अवसरमा मंगलबार साँझ बुटवलमा दीप प्रज्वलन गरिएको थियो । प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु झिलिमिली बत्तीहरुले सजाएको छ ।
तस्वीरः विश्वास ढकाल/न्यूज बुटवल टुडे