ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

‘अपाङ्गताको विषयमा संवेदनशीलता जरुरी’

३ आश्विन २०७५, बुधबार
३ आश्विन २०७५, बुधबार

अपाङ्गता भएका व्यक्तिहरूको समस्या पहिचानमा नै समस्या भएको भन्दै उनीहरूको क्षमता पहिचान गरी कार्यक्रम अगाडी बढाउनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । बुटवलमा भएको स्थानिय संस्थाहरूको समावेसी शिक्षा सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम, समावेशी शिक्षा सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै सहभागीहरूले आपङ्गताको क्षेत्र धेरै विस्तृत भएको भन्दै यसलाई पहिचान गरी ठोस रूपमा कार्य अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख उपसचिव लोकराज पन्थीले विद्यालय भर्ना भएका अपाङ्गता भएका बालबालिकाहरूको लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए । सामावेसी रूपमा कार्य अगाडी बढाइएको जनाउँदै उनले विद्यालय भर्ना दर ९८.१ प्रतिशत रहेकोले अझै आत्तीहाल्नु अवस्था नरहेको बताए । अहिले पनि १.९ प्रतिशत बालबालिका विद्यालय वाहीर रहेको भन्दै उनले विद्यालयमा विद्यार्थी टिकाउने र सिकाउने शैलीको विकासमा लागिएकोले समावेशी शिक्षा, अनुकुल शिक्षाको अभियान सरकारको तहबाट जारी रहेको बताए ।
जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख एकराज विश्वकर्माले अपाङ्गता भएका बालबालिकाहरूको शिक्षाको लागि अझै पनि सरकारी स्तरबाट ठोस काम नभएको भन्दै यसमा सबैको हातेमालो आवश्यक रहेको बताए । विद्यालयमा अपाङ्गता भएका व्यक्तिहरू ल्याएर भर्ना गरेपनि उनीहरूलाई सिकाउने प्रविधिको विकास अझै सहज रूपमा नभएको भन्दै उनले यसमा अवको ध्यान केन्द्रीत रहेको बताए । पुनःस्थापना र विकासका लागि स्रोत केन्द्र भक्तपुरको आयोजना, एच् आर डिसी र राष्ट्रिय अपाङ्ग महासंघको स्थानिय संमन्वय र सिविएम नेपालको सहयोग रहेको कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य तथा प्रदेश ५ संयोजक शिव प्रसाद ज्ञवालीले अपाङ्गता भएका व्यक्तिहरूको समावेसीकरणको विषयमा आजैबाट सरोकारवाला निकायले सोंच्नुपर्ने बेला आएको बताए । उनले केकसरी समावेसीकरण गर्न सकिन्छ भन्ने विषयमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । पुनस्थापना र विकासका लागि स्रोत केन्द्र भक्तपुरका सुर्यभक्त प्रजापतीले कार्यक्रममा सहजीकरण गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिका सामाजिक विकास महाशाखा बरिष्ठ अधिकृत दामोदर ज्ञवाली, सैनामैना नगरपालिकाका नारायण प्रसाद पौडेल, पिएनएलकी मना पाण्डे लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?