© २०२३
धकधईमा रहेको राम नरेश आदर्श माध्यमिक बिद्यालयको ६३ औं बार्षिकोत्सव तथा अभिभावक भेला सोमबार धकधईमा सम्पन्न भएको छ । २०१३ साल असोज १ गते स्थापना भएको यस क्षेत्रकै पूरानो बिद्यालयले बिभिन्न कार्यक्रम गरि बार्षिकोत्सव सम्पन्न गरेको हो । रोहिणी गाउँपालिकामा मात्र नभई ओम सतिया गाउँपालिकाका समेत उत्तिकै बिद्यार्थीहरू अध्ययनका लागी आउने बिद्यालयलाई नमूना बिद्यालयको रूपमा विकसित गर्दै लैजाने कार्यक्रमका वक्ताहरूले प्रतिवद्धता जनाएका थिए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रोहिणीको गहनाको रूपमा रहेको बिद्यालयलाई गाउँपालिकाले मात्र नभई ब्यक्तिगत रूपमा पनि सहयोग गर्ने जनाए । अहिले कक्षा १२ सम्म अध्ययनन हुँदै आएको यस बिद्यालयलाई बहुमुखी क्याम्पसको रूपमा विकास गर्ने अवधारण सहित गाउपालिका र बिद्यालयले प्रक्रिया अगाडी बढाई सकेको उनले बताए ।बार्षिकोत्सवको अवसर पारी बिद्यालयले एसईई परिक्षामा सबै भन्दा बढी ग्रेड ल्याउने १० जना छात्र र १२ जना छात्रालाई गाउपालिकाको सहयोगमा पुरस्कार स्वरूप साईकल बितरण गरिएको थियो ।
यसैगरि कक्षा १२ का उत्कृष्ट अंक ल्याउने चन्द्रकला राजभरलाई पुरस्कार स्वरूप ल्यापटप प्रदान गरिएको बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष राज कुमार यादवले बताए ।