© २०२३
संविधान दिवसको अवसरमा प्रदेश ५ का मन्त्रालयहरु रङ्ग विरङ्गी बनाइएको छ । संविधान दिवसको पुर्व सन्ध्यामा बुटवलमा रहेका मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित अन्य ५ वटा मन्त्रालयमा दिपावली समेत गरिएको छ । संविधान दिवसको अवसरमा प्रदेश प्रमुख उमाकान्त झा र मुख्य मन्त्री शंकर पोखरेलले छुट्टा–छुट्टै शुभकामना सन्देश दिएका छन् । प्रदेश बासीहरुको नाममा जारी गरिएको शुभकामना सन्देशमा प्रदेश प्रमुख झाले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको बलिदानीपूर्ण आन्दोलनका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।
जनादेशबाट प्राप्त संघ, प्रदेश र स्थानिय सरकारहरू संविधानकाले मार्गनिर्देशन गरेको लक्ष्य तर्फ अजनतालाई अग्रसार गराउनको लागि नित, ऐन, नियम, योजना कार्यक्रम बजेट तर्जुमामा कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै प्रदेश प्रमुख झाले योजना तर्जुमा प्रभाकारी कर्याान्वयनमा वल पु¥याई गुणस्तरिय प्रतिफल प्राप्त हुने तथा जनताले स्वशासनको अनुभुती गरी राष्ट्रिय एकता अझ बलियो भई समृद्ध प्रदेश सुखि नेपालीको अवधारण सार्वक हुने विश्वास लिएको छु – शुभकामना सन्देशमा भनिएको छ ।
यस्तै, संविधान दिवसको अवसरमा प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलल स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु – उनले भनेका छन् । मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्य मन्त्री पोखरेलले –‘ नेपाली जनताको लामो संघर्ष र बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको हो ’ भनेका छन् ।
नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हो । संविधानले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार प्रत्याभूत गरेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्नु आवश्यक बताएका छन् । ‘संविधानवादतर्फको यात्रा यतिवेला हामी सबैका लागि साझा संकल्पको विषय बन्न आवश्यक छ , यस वर्षदेखि संघीय सरकारको आह्वानमा हामीले हाम्रो प्रदेशमा संविधान दिवसलाई उत्सवका रुपमा मनाउन लागि रहेका छौ ।’ उनले शुभकामना सन्देशमा भनेका छन् ।
राजनीतिक स्थायित्व र सुशासनको आधारशीला खडा हुने हाम्रो विश्वास रहेको भन्दै मुख्य मन्त्री पोखरेलले । ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघिय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका जनाएका छन् ।
संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिकहरु विकास र समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत संरकारको नेतृत्व सम्हालेदेखि संघीयताको राजनीतिक आधारशीला आधारभूत रुपमा खडा उल्लेख गर्दै उनले कानुनी, प्रशासनिक र संरचनागत हिसावले संघीयतालाई व्यवहारमा कार्यान्वयन अझै वाँकी रहेको समेत उल्लेख गरेका छन् । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताउदै मुख्य मन्त्री ले संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास हामीले लिएका जनाएका छन ।
प्रदेशमा समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य वोकेर अघि बढ्न लागि रहेका जनाउदै उनले संविधानले दिशानिर्देश गरेको बाटोवाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझा लक्ष्य रहेको उल्लेख गरेका छन् । । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको वाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदान गर्न चाहन्छौ’– उनले भनेका छन् । संविधान दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी र आम नागरिकमा हार्दिक अपिल गर्दछु । शुभकानमा सन्देशमा उल्लेख गरिएको छ ।
राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न नसक्ने उल्लेख गर्दै अधिकारमुखी राजनीतिको दुश्चक्रवाट वाहिर नआई विकास र समृद्धिको जनआकांक्षालाई सम्वोधन गर्न राज्य वलियो नभई जनअधिकारले सुसज्जित संविधानले प्रत्याभूत गरेका मौलिक हकहरुको संरक्षण हुन सक्दैन भनिएको छ । शुभकामना सन्देशमा–‘आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’भनिएका छ ।
तस्वीरुहरुः विश्वास ढकाल / न्यूज बुटवल टुडे