ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

ऐनले अड्कायो वनको काम

१ आश्विन २०७५, सोमबार
१ आश्विन २०७५, सोमबार

संघीय संरचनापछि जिल्ला वन कार्यालयलाई वन डिभिजन कार्यालयमा रूपान्तरण गरेर दैनिक कामकाज सञ्चालन गर्ने भनिएपनि संघ सरकारले ऐन र कानून बनाउन ढिलाई गर्दा काम अस्तव्यस्त नै छ । साविकको जिल्ला वन कार्यालयलाई डिभिजन र इलाकालाई सव–डिभिजन बनाएर काम शुरु गर्ने योजना अघि बढेको छैन । डिभिजन प्रदेश सरकार मातहत सञ्चालन गरिने प्रावधान छ । संघ सरकारले ऐन संशोधन गरेपछि प्रदेश सरकारले केन्द्रस“ग नबाझिने गरी कानून बनाउँछ । संघ सरकारले सिंगो देशको वन सम्बन्धी नीति, नियम र ऐन बनाउने, वैदेशिक लगानी भित्राउने, प्रदेश सरकारले वन डिभिजन सञ्चालन गर्ने, विभिन्न कार्यक्रम लागु गर्ने र स्थानीय तहले सामुदायिक वनमा विरुवा रोप्ने र वातावरण संरक्षण गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।
पहिला संघले ऐन बनाएर दिएपछि बल्ल प्रदेशले कानून बनाएर डिभिजनलाई अधिकार दिने हो, अहिलेसम्म केही जानकारी नआएको प्रदेश–५ का उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीका स्वकीय सचिवालयका शाखा अधिकृत रुद्र ज्ञवालीले बताए । हामीले त डिभिजनलाई कसरी सञ्चालन गर्ने, काम, कर्तव्य र अधिकार सहितको कानूनको ड्राफ तयार पारिसकेका छौं, उनले भने, केन्द्र सरकारकै कारण ढिलाई भएको छ । संघले कर्मचारी समायोजनलाई पनि चासो दिएको छैन । डिभिजनमा कर्मचारी अभाव नै रहेको उनले बताए । पहिले हामीले नै कानून सार्वजनिक गरेर लागु गर्दा संघ सरकारले ल्याएको कानूनस“ग प्रदेशको कानून बा“झियो भने त नियम विपरित भयो, त्यसैले संघ सरकारले कहिले ऐंन बनाएर पठाइदिन्छ भनेर पर्खेर बसेको उनले बताए । नयाँ आर्थिक वर्ष शुरु भएपछि कार्यालयका गतिविधि पनि अगाडी बढनुपर्ने हो तर, ऐनकै कारण केही काम हुन नसेको उनले बताए ।
दुई महिना देखि वनका कार्मचारीले तलव पाएका छैनन । के कसरी काम गर्ने भन्ने निर्देशन र ऐन बनेर नआउँदा कामको शुरुवात नै नभएको वन अधिकृत दीपक ज्ञवालीलले बताए । कहिले ऐन आउला र काम गरौंला भनेर पर्खाइमा बसेको उनले बताए । पुरानो संरचना छँदा नयाँ आर्थिक वर्षको कामको शुरुवात भैसक्थ्यो । अहिले कसरी गर्ने अन्योल नै छ, उनले भने ।
पुरानो संरचनामा यतिबेला बजेट आएर नया“ आर्थिक वर्षको काम शुरु भैसक्थ्यो । तर, अहिले भद्रगोल नै छ । बोर्ड पुरानै छ । संघीय संरचना अनुसार काम केही भएरुको छैन । कर्मचारी कहा“ कति रहने भन्ने यकिन छैन ।
प्रदेशबाट नया“ कानून र ऐन नबन्दा अलमल नै छ, वन अधिकृत दीपक ज्ञवालीले भने ।, वन कार्यालय हटाएर केही दिनभित्र डिभिजनमा रूपान्तरण गर्ने तयारी भएको उनले बताए । कानून नबन्दासम्म यत्तिकै बस्ने हो, उनले भने । अलमलले नै अहिले फौजदारी मुद्दा हेर्न समस्या रहेको उनले बताए । अधिकार नभएपछि गाह्रो भएको छ । अफिसमा हाजिर गर्ने बस्ने मात्रै छ, काम कसरी गर्ने कुनै टुंगो नै छैन । नया“ कार्यक्रम केही आएको छैन, सहायक वन अधिकृत जितेन्द्र खडकाले भने । पहिल जिल्ला वन अधिकृतले मुद्धा हेर्ने अधिकार थियो । अहिले वन अधिकृत भन्ने शब्द हट्यो । डिभिजन अधिकृत भनिएको छ । तर, अधिकार तोकिएको छैन । वनमा काठ चोरी, तस्करी लगायत धेरै मुद्दा हुन्छन । पहिला आफै पक्राउ गर्ने र मुद्दा दर्ता गरिन्थ्यो, अहिले जिल्ला न्यायाधीशलाई सोधेर मात्रै पक्राउ गर्न पाउने नियम छ, उनले भने ।
डिएफओलाई आफै मुद्धा फैसला गर्ने अधिकार थियो, वन ऐंनले डिभिजन प्रमुखलाई तोकेको छैन, कस्ले हेर्ने अन्योल भएकाले पहिलाको जस्तै अहिले पनि अधिकार दिनुपर्ने उनको तर्क छ । हामीलाई काम गर्नको लागि संघ, प्रदेश र स्थानीय सरकार कस्को के अधिकार र कार्यक्षेत्र स्पष्ट हुनुपर्छ, एक आपसमा नबा“झिने गरी कानून बन्नुपर्छ, विरोधभाषापूर्ण हुनुहुदैन, उनले भने । जिल्लामा चार सय ३७ बढी सामुदायिक वन छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?