ट्रेंडिंग:

>> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच

‘बौद्ध शिक्षालाई ब्यवहारमा लागू गरौं’

२९ भाद्र २०७५, शुक्रबार
२९ भाद्र २०७५, शुक्रबार

महिला हिंसाको अन्त्य गर्दै लैङ्गिक समानता ल्याउन बौद्ध शिक्षालाई ब्यवहारमा उर्तान जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरू जोड दिएका छन । देशभर महिला हिसाका घटना सार्वजनिक भैरहेको बेला विहिबार बौद्ध महिला संघको रजत महोत्सव समारोह २०७५ को अवसरमा बुटवलमा आयोजना गरेको महिला गोष्ठीमा बोल्न बक्ताहरूले महिलाहरूलाई सम्मान र सुरक्षा दिनसकेमात्र राष्ट्र समृद्ध र बलियो बन्ने दाबी गर्दै बौद्ध धर्ममा ब्याख्या भएको महिलाको भुमिकालाई ब्यवहारिक रूपमा उतार्नुपर्ने बताएका हुन । लैङ्गिक समानता र महिलालाई सबै पक्षबाट उच्च तहमा राख्ने गरि बौद्ध शिक्षामा ब्याख्या भएकाले यसलाई हाम्रो समाजमा ब्यवहारिक रूपमा उर्तानुपर्ने उनिहरूले दाबी गरे ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयकी उपप्राध्यापक डा. शारदा पौडेलले बौद्ध धर्मको उत्थानमा महिलाहरूको भुमिका र दायित्व कार्यपत्र पेश गर्दै बुद्ध धर्ममा महिलालाई उच्च दर्जामा राखिएको बताईन । बौद्धकालमा महिलाहरूलाई संघमा एकवद्धता गराएर सामाजिक हित, बौद्ध साहित्य, प्रवचन, आर्थिक र नियमहरू बनाउने काममा अग्रसरता गराईएको उनले दाबी गरे । बुद्ध धर्मको विकास र प्रचारप्रसारमा महिलाहरूको महत्वपूर्ण भुमिका देखिएको उनले बताए । भिक्षुणी, उपासिकाहरूको संघ बनाएर उनिहरूलाई आर्थिक, सामाजिक र निर्णायक तहमा लग्ने काम भएको उनले बताईन । उत्तरवैदिककालको अन्त्यतिर समाजमा महिलाहरूलाई पुरुषको ईच्छापूर्तिका साधनका साथै घरबाहिर बोल्ने, शिक्षा लिन समेत बन्देजको अवस्था सृजना रहेको बेला बौद्ध धर्मको आगमनसंगै महिलाहरूको अवस्था परिर्वतन भएको तथ्यहरूबाट पुष्टि भएको उनले बताईन । कार्यपत्रमाथि टिप्पणी गर्दै भिन्ते ओजिरले समयसान्दर्भिक विषयबस्तु भएको दाबी गर्दै समाजमा समानता ल्याउन बौद्ध ग्रन्थमा उल्लेख भएको कुराहरूलाई ब्यवहारमा उर्ताने जरुरी रहेको बताए । सर्वसाधारण नागरिकले बुझने शब्दावलीहरूसहित कार्यपत्र बनाउन उपयुक्त हुनेसमेत उनले सुझाव दिए । कार्यक्रममा बोल्दै बौद्ध भिक्षुणी डा. अनुजा गुरुङ्गले शिक्षालाई ब्यवहारमा लागु गर्नु सबैभन्दा ठूलो उपलब्धि भएको भन्दै महिलाहरूलाई शिक्षामार्फत चेतना बढाउनुपर्ने बताईन । कार्यक्रममा पाँच नम्बर प्रदेशका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले महिलाहरूलाई आर्थिक रूपमा सबल गराउन जरुरी रहेको बताईन । समाजमा चेतनाको स्तरसंगै आर्थिक सबल भएमात्र समाज परिवर्तन हुने भन्दै विकासको गतिसमेत यसैबाट निर्धारण हुने उनले दाबी गरे । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवि आचार्यले स्थानिय सरकारले महिला सशक्तिकरणका धेरै कार्यक्रमहरू अघि बढाइएको बताईन । भौतिक विकाससंगै महिलाहरूलाई चेतना विकासका कार्यक्रमहरूलाई जोड दिईएको उनले दाबी गरिन ।
कार्यक्रममा पद्यमचैत विहार बुटवलका अध्यक्ष सुरेशरत्न शाक्य, बौद्ध महिला संघकी अध्यक्ष मायादेवि शाक्यले बौद्ध दर्शनलाई पालना गर्न जरुरी रहेको बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?