ट्रेंडिंग:

>> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा

राम्रो न्याय र बलियो लोकतन्त्रका लागि गुणस्तरीय कानुनी शिक्षा हुनुपर्छ : विज्ञहरु

२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

बुटवल, २७ साउन । देशमा राम्रो न्याय व्यवस्था र बलियो लोकतन्त्रका लागि कानुनी शिक्षा जरैदेखि बलियो हुनुपर्ने विज्ञहरुहरुले बताए । कानुनी शिक्षा कस्तो छ भन्ने कुराले भविष्यमा कस्ता न्यायाधीश, प्रधानन्यायाधीश, कानुन व्यवसायी र कानुनका प्राध्यापकहरु उत्पादन गर्ने भन्ने निर्धारण हुने उनीहरुको भनाइ थियो ।

बुटवलमा आयोजित नेपालमा कानुनी शिक्षा : सम्भावना र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी विश्वविद्यालयहरुका प्राध्यापक, डीन तथा कानुन विज्ञहरुले यस्तो बताएका हुन् । कानुनी शिक्षालाई व्यवहार उपयोगी र प्रयोगवादी बनाउन विज्ञहरुले सुझाब दिएका छन् । नेपालमा कानुनी शिक्षाको प्रचुर सम्भावना भएपनि त्यससंगै आएका चुनौतिलाई समयमै व्यवस्थापन गर्न उनीहरुले आग्रह गरे । कानुन व्यवसायी परिषदको ३० औं वार्षिकोत्सवका अवसरमा नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय बुटवल र बुटवल बहुमुखी क्याम्पस कानुन संकायले गोष्ठी २ दिने गोष्ठी आयोजना गरेका थिए । कानुन व्यवसायी परिषद सदस्य बाबुराम पाण्डेले सैद्धान्तिकसंगै विद्यार्थीको व्यवहारिक अभ्यास र अनुसन्धानलाई ध्यान दिन आग्रह गरे ।

कार्यशालामा नेपालमा कानुनी शिक्षा विगतदेखि वर्तमानसम्म विषयमा त्रिभुवन विश्विद्यालय कानुन संकायका कानुनी विभाग प्रमुख बलराम राउतले प्रस्तुत गरेका थिए । उनले कानुनी शिक्षा प्रणालीको समयानुकूल विकास हुनु आवश्यक रहेको बताउदै कानुनी शिक्षा प्रणाली अहिले कस्तो छ र भविष्यमा कस्तो हुनुपर्छ भन्ने कुरा निर्धारण गर्नुपर्ने बताए । विश्वविद्यालयहरूले प्रयोगवादी कानुनी शिक्षा र रोजगारी ग्यारेन्टीको अवधारणा ल्याउनु नै कानुनी शिक्षा प्रणालीको समयानुकूल विकास रहेको उनको भनाइ थियो । त्यसमा टिप्पणी गर्दै लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता बुद्धबहादुर थापाले चुनौती र आवश्यकता पूरा गर्ने उद्देश्यका साथ कानुनी शिक्षाको पाठ्यक्रमहरूको र विधिहरूको मूल्यांकन र परिमार्जन गनुपर्ने बताए । बार काउन्सिलको अन्तराष्ट्रिय सन्दर्भ र कानुनी शिक्षामा नेपाल बार काउन्सिल कानुन शिक्षा समिति सदस्य प्राडा कुमार इडनामले गरे । उनले विभिन्न संस्थाको विद्यार्थीहरूको गुणस्तर र शिक्षाको दायरा र प्रकारमा असमानता रहेको बताउदै यसमा बार काउन्सिलले निगरानी बढाउनुपर्ने बताए । त्यसमा टिप्पणी गर्दै वरिष्ठ अधिवक्ता तेजप्रसाद कंडेलले कानुनी शिक्षा अध्ययन अध्यापनका लागि नेपाल बार काउन्सिलले सबै विश्वविद्यालयलाई लागू गर्ने गरेर एकै प्रकारको अध्यापन ढाँचा र पाठ्यक्रम निर्माण गरीदिदा सहज हुने बताए ।

नेपालमा काउन्सिल सिष्टम र नेपालबार काउन्सिलबारे कानुन व्यवसायी परिषद कानुन शिक्षा समितिका पूर्व अध्यक्ष पवनकुमार ओझाले गरे । त्यसमा उच्च अदालतक तुल्सीपुरकाको बुटवल इजलाशका न्यायधिश नित्यानन्द पाण्डेले गरे । नेपालमा कानुन शिक्षाको पाठ्यक्रम र गुणस्तरबारेमा काठमाडौं विश्वविद्यालयको कानुन संकायका डीन ऋषिके वाग्लेले प्रस्तुत गरे । उनले पाठ्यक्रमले कानुनको परिवर्तनशील भूमिकालाई प्रतिविम्बित गर्ने र शिक्षणले सामाजिक सीपहरूलाई ध्यानमा राख्नुपर्ने बताए । विद्यार्थीहरूलाई कानुनको अभ्यासका लागि तयार पार्न सैद्धान्तिक पाठ्यक्रमहरूमा वकालतसम्बन्धी सीप र गुणस्तर उत्पादन केन्द्रित हुनुपर्ने उनले बताए । त्यसमा टिप्पणी गर्दै सुदुर पश्चिम विश्वविद्यालयका डीन कर्णबहादुर थापाले कानुनी शिक्षाले समाजको माग आवश्यकता र चुनौति चिर्न सक्ने हुनुपर्ने बताए ।

बुटवल बहुमुखी क्याम्पसका कानुनी संकाय प्रमुख जीवनारायण अधिकारीले सीमित स्रोत साधनका बाबजुद पनि गुणात्मक र व्यवहारिक शिक्षा दिन पहल गरेको बताए । अधिवक्ता महेन्द्र पाण्डे, सरस्वती शर्मा, लुम्बिनी वौद्ध विवविद्यालयका कानुन संकायका डिन हरि शरण चख्खु लगायतले गुणात्मक कानुनी शिक्षा कसरी भन्नेबारेमा सुझाब दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?