ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

अस्पतालको ठेक्कामा विवाद : कोही मुद्दा खेप्दै, कोही आफ्नै खर्चमा चलाउँदै

लुम्बिनी प्रदेशमा ४० पालिकाले आधारभूत अस्पताल निर्माण प्रक्रियालाई अगाडि बढाएका थिए । त्यसमध्ये ३८ पालिकाको निर्माणका लागि डिपिआर तयार गरी टेण्डर आह्वान गरी सम्झौता भएपनि अधिकांश ठाउँमा विवाद छ ।
२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

बुटवल, २५ साउन ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय आफु निर्वाचित भएर पद बहाली भएसंगै आम बासिन्दाहरुको जीवनस्तर उकास्ने गरी योजना बनाए । कृषिमा आधुनिकीकरणसंगै शिक्षा, स्वास्थ्य जस्ता विकासका योजनालाई प्राथमिकतामा राखेर अघि बढे । धेरै गर्ने चाहना बोकेका उनको केही योजना भने अघि बढ्न धेरै कठिन भयो ।

गाउँबाट भारत र शहरी क्षेत्रमा उपचारमा जाने स्थानीयहरुलाई रोक्ने लक्ष्यसहित सुरु भएको अस्पतालको कामले गति लिन नसकेको उनले गुनासो गरे । ‘गाउँमै सहज स्वस्थ्य सेवा दिने अस्पतालको काम ठप्प छ’—उनले भने । संघीय सरकारको लगानीमा निर्माण अघि बढाइएका अस्पतालको ठेक्का लगाईएको भएपनि विवादका कारण रोकिएको छ । ‘डिपिआरमा १० लाख खर्च भएपनि त्यस अनुसारको जग्गा नै अपुग भएपनि काम रोकियो’—उनले भने । अस्पताललाई चाहिने जग्गाको जोहो नगरी योजना बनाउनु गलत भएको उनले बताए ।

संघीय सरकारको डिपिआर अनुसारको जग्गा उपलब्ध नभएको अवस्थामा ठेक्का दिएर अर्को ठुलो गल्ती भएको उनले बताए । समयभन्दा धेरै घर्कियो तर काम नभएपनि ठेकेदारले अदालतमा उल्दै मुद्दा हालेको उनले बताए । डिपिआर गरे अनुसार जग्गा उपलब्ध नभएको, काम गर्ने वातावरण नपाएको भन्दै ठेकेदार कम्पनीले क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा हालेको छ । अहिले उनले गाउँपालिकाको सहयोगमा प्रत्येक वडास्तरमा भिडियो एक्सरे, प्रेसर÷ल्याब जाँचको सेवा भने शुरु गरेका छन् । गाउँपालिकाले पाँच शैयाको अस्पतालको नयाँ योजना बनाएका छन । यो आर्थिक वर्ष ६ करोड रुपैयाँ बजेट घटेको हुँदा यसको प्रभाव समग्र योजनामा पर्ने उनले दुखेसो गरे ।

ठेकेदार कम्पनी प्राकृतिक, कास्यव, समिर जेभीका माधव घिमिरेले डिपिआर अनुसार जग्गा नपाउँदा काम गर्न नसकिएको बताए । अस्पतालको डिपिआर बनाएर टेण्डर निकालेको र सोही अनुसार आफुले टेण्डर पाएर काम गर्न जाँदा जग्गाको समस्या देखिएको उनले बताए । ‘अर्काको जग्गामा बनाउन नसकिने अवस्था आयो’—उनले भने ।

काम गरेर भुक्तानीको ग्यारेन्टी नभएको र जग्गाको लागि निवेदन दिंदा पनि सुनुवाई नगरी गाउँपालिका एकलौटी रुपमा ठेक्का सम्झौता तोडेको उनले गुनासो गरे । यता सुनवल नगरपालिकामा सुरु भएको अस्पतालको अवस्था पनि उस्तै छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले २०७७ मा तीन सय ९६ आधारभूत अस्पताल बनाउन स्वीकृत गरेको थियो । सरकारले सबै स्थानीय तहमा पाँच, दश, पन्ध्र शैय्याका अस्पताल निर्माण कार्य दुई वर्षमा सम्पन्न गर्ने गरी योजना सारेको थियो । स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम वैज्ञानिक तरिकाले अध्ययन गरी अघि बढाउँदा अलपत्र परेको हो । स्वस्थ्य चौकीको स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय अनुसार वडा नं. ८ मा आवश्यक तयारी भयो । तर जनप्रतिनिधिले रातारात कागज गरेर सो ठाउँबाट वडा नं. ५ मा लगिदा विवाद बढेर काम अघि बढ्न नसकेको नगरप्रमुख विमला अर्यालको दाबी छ ।

‘साढे १७ करोडको केन्द्र सरकारको बजेट अनुसार स्थानीय सरकारबाट बनाईएको डिपिआर मेल नखाँदा काम रोकियो’—उनले भने । विवादकै बीच पहिलो किस्ताबाट ठेक्का प्रक्रिया अघि बढाएर जनप्रतिनिधिबाट केही काम गरिएको उनले बताईन् । नगरसभा नै रोकिने गरी विवाद उत्पन्न भएपछि भने अहिले काम ठप्प छ । ‘डिपिआर पास नभई ठेक्का दिने विवादित काम भयो’—उनले भनिन ।

नवलपरासी कै पाल्हीनन्दन गाउँपालिकाले भने संघीय सरकारको सहयोगमा १५ शैयाको पाल्हिनन्दन अस्पतालको पूर्वाधार समयमा नै तयार गर्यो । गाउँपालिकाका जनतालाई स्वस्थ्य सेवा अस्पतालबाट सुरु भयो । सेवा सुरु गरेको अस्पतालले संघ सरकारबाट आधिकारीक कागजी स्वीकृति नपाउँदा आर्थिक भार गाउँपालिकालाई परेको छ । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले कम आयश्रोत भएको पालिकामा पर्ने पाल्हीनन्दनलाई भार थपिएको दुःखेसो गरे । सबै काम भएपनि कागजी काम पूरा नहँुदा ब्यवस्थापनमा कठिनाई भएको उनले बताए ।

पहिलेको स्वस्थ्य केन्द्रको दरबन्दीमा थप १५ जना स्वस्थ्य कर्मचारीहरु गाउँपालिकाबाट करारमा भर्ना गरेको छ । हाल एक जना चिकित्सक सहित २५ जना कर्मचारीले अस्पतालबाट सेवा दिईरहेको छ । कार्यपालिका निर्णय, गाउँपालिकाको निर्णय, मागको आधार, जग्गाजमिनको आवश्यक कागजपत्र सबै स्वस्थ्य मन्त्रालयमा पठाएको उनले बताए । नेपालभरि नै एकैपटक स्वीकृत दिने निर्णय भएको मन्त्रालयका कर्मचारी बताउने गरेको उनले बताए ।

 

यता लुम्बिनी लुम्बिनी प्रदेश सरकार, स्वस्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले आधारभुत अस्पतालबारे आफु अनभिज्ञ रहेको बताए । संघीय सरकारको अगुवाईमा पालिकामा काम भएपनि यसको बारेमा प्रदेशसंग कुनै समन्वय नभएको बताए ।

स्थानीय पालिकामा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार स्वास्थ्य मन्त्रालयलाई सहमतिसमेत दिएको थियो । दुई वर्षभित्र बहुवर्षीय ठेक्का प्रक्रियाअघि बढाउने भनिए पनि निर्माण कार्यले तीव्रता पाउन सकेको छैन । आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार स्वास्थ्य मन्त्रालयलाई सहमति समेत दिएको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?