ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

लुम्बिनी प्रदेश : विभेद गरिएको भन्दै समानुपातिक सांसदहरु असन्तुष्ट

२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

बुटवल, २७ जेठ ।

लुम्बिनी प्रदेश सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमप्रति सत्ता पक्षकै सांसदले असन्तुष्टी जनाएका छन् । प्रतिपक्षीसँगै सत्तापक्षका समानुपातिक सांसदहरुले आफूहरुमाथि विभेद भएको भन्दै असन्तुष्टी जनाएका हुन् ।

लुम्बिनी प्रदेशसभामा रहेका २८ जना समानुपातिक महिला सासंदहरु नीति तथा कार्यक्रम ल्याउनु भन्दा केही दिनअघि योजनामा विभेदको अन्त्य गरी लैंगिकमैत्री बजेटमा सरकारको गम्भीरतापुर्वक ध्यान जाओस् भनेर मुख्यमन्त्री समक्ष डेलिगेशन समेत गएका थिए । तर पनि समानुपातिक सांसदहरु माथिको विभेद भने कायम नै भएको पाइएको छ । समानुपातिक सासंदहरुले प्रत्यक्षमा एउटा क्षेत्रको प्रतिनिधित्व गर्नेले पूरै प्रदेशको प्रतिनिधित्व गर्नेहरुलाई अपमानित गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

सांसद विकास कोषको रकम खर्च गर्न योजना सञ्चालन गरिदा प्रत्यक्ष निर्वाचित सांसद संयोजक हुने र समानुपातिका सांसद हेरेर बस्नु पर्ने अवस्था रहेको उनीहरुको गुनासो छ । लुम्बिनी प्रदेशमा ८७ जना सासंद मध्ये ३५ समानुपातिक र ५२ प्रत्यक्ष सासंदहरु छन् । ती मध्ये पनि २८ जना महिला रहेका छन् ।

यसअघि भने लुम्बिनी प्रदेशमा प्रत्यक्ष सत्तापक्ष सांसदले ३ करोड र प्रतिपक्ष प्रत्यक्ष सासंदले १ करोड ५० लाख र समानुपातिक सांसदले ७५ लाख सम्मका योजना समाबेश गर्न पाउने व्यवस्था रहेको थियो । तर यसपटक भने प्रत्यक्षले मात्रै २ करोड २५ लाख बराबरको योजना ल्याउन पाउने व्यवस्था रहेको छ भने समानुपातिक सांसदलाई दिएको ७५ लाख कटौती गरिएको छ र विकास योजनाबाट ‘अलग’ बनाईएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएकाहरुले भने समानुपातिक सांसदलाई दोश्रो दर्जामा राखेको भन्दै सांसदहरुले सरकार प्रति गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचित भएको दम्भ राखेर समानुपातिक सांसदहरुमाथि नीतिगतरुपमै विभेद गर्दै सांंसद विकास कोषको सुविधाबाट बञ्चित गर्ने काम भएको उनीहरुको गुनासो छ । अहिलेको प्रदेशसभाका प्रत्यक्ष निर्वाचित सदस्यलाई क्षेत्रगत विकासका लागि २ करोड २५ लाख बराबरका योजना समावेश गर्न पाउने व्यवस्था छ तर समानुपातिक प्रणालीमार्फत आएका सदस्यलाई भने बजेट छैन । मात्रै समन्वय गरिएको छ

सत्तारुढ नेपाली काँग्रेसकी सचेतक निमा गिरीले बजेट वितरणमा समावेशिता र समानता नअपनाइएको भन्दै आक्रोश पोखिन् । “संविधानमा प्रत्यक्ष र समानुपातिकबिचको विभेद छैन तर नीति कार्यक्रममा विभेद रहेको देखियो”–उनले भनिन् । सत्ता पक्ष र प्रतिपक्षको समन्वयमा तीन दलको निर्णय भए अनुसार समानुपातिकका योजनाहरु पनि प्रत्यक्षले नै समावेश गरिदिने भन्ने निर्णय आफुले अस्वकार गरेको उनले बताइन् । “जनताका योजनाहरुका चाङ छन्, तर हामी जनअपेक्षा अनुसार काम गर्न असमर्थ भयौ, समानुपातिकलाई बजेटबाट बञ्चित बनाईयो”–उनले भनिन् ।

सत्तारुढ माओवादी केन्द्रकी सचेतक कृष्ण कुस्मा थारुले धेरै लामो संघर्ष पश्चात समानुपातिक समावेशी प्रणाली ल्याए पनि त्यसको अनुभुती गर्न भने नपाएको बताइन् । “हरेक क्षेत्रमा प्रत्यक्षलाई पहिलो प्राथमिकता दिइन्छ भने समानुपातिकलाई निर्णय प्रक्रियामा समेत सहभागी गराइदैन”–उनले भनिन् ।

नेकपा एमालेकी समानुपातिक सांसद वसन्ती न्यौपानेले प्रदेश सरकारले गरेको निर्णयले आफूहरुलाई चिन्तित बनाएको बताइन् । “यो संविधानमाथि नै चुनौती हो, पुरुषवादी चिन्तनको कारण आफै विभेदमा परेका छौ । महिलालाई भोट बैँकको रुपमा मात्रै प्रयोग गरिएको छ”–उनले भनिन् ।

प्रत्यक्षबाट आउने सांसद, मन्त्रीहरुको दादागरी र रबैया देख्दा सांसद हुनु नै ग्लानी महसुस भएको उनले बताइन् । समानुपातिकले पनि आफ्नै तर्फबाट योजना ल्याउनको लागि सरकारले केही मात्रामा बजेट छुट्याउनु पर्ने माग समेत उनीहरुले गरेका छन् ।

नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद तथा संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरीले समानुपातिक सासंदलाई अधिकारबाट बञ्चित गराईएको बारे आफ्नो दल पनि चिन्तित भएको बताउँदै यसको जवाफदेही सरकार हुनुपर्ने बताए । उनले भने–“सरकारको निर्णय अनुसार प्रत्यक्ष निर्वाचित सासंदहरुले आफ्नो क्षेत्रका सबै समानुपातिक सासंदहरुसँग समन्वय गरी योजना ल्याउने भन्ने निर्देशन आए अनुसार समानुपातिकका योजनाहरु पनि समावेश गरी समन्वय गर्नुपर्छ ।”

लुम्बिनी प्रदेशमा ५२ बटा निर्वाचन क्षेत्र रहेका छन् । जनसंख्याको आधारमा क्षेत्र विभाजन गरिएको छ । यिनै क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरुले २ करोड २५ लाख बराबरको योजना समावेश गर्न पाउने व्यवस्था रहेको छ । प्रत्यक्ष सांसदले आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा रहेका सबै दलका समानुपातिक सांसदहरुसँग समन्वय गरी समावेशी योजना समावेश गर्ने निर्णय गरिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक ईन्द्रजीत थारुले बताए । यसो गर्दा सबै क्षेत्रमा समान विकास र समान बजेट वितरण हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?