ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

एमाले केन्द्रीय कमिटी : ०८४ को निर्वाचन केन्द्रबिन्दु, वार्षिक कार्ययोजना बनाइने

२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

काठमाडौँ ।

नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ।पार्टीको जारी केन्द्रीय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

‘हामीले ८ वटा समूहमा बिभाजन गरेर, ती रिर्पोटहरुमाथि आधारित भएर आ–आफ्नो प्रदेशका के कस्ता कार्ययोजनाहरु हुन सक्छन ? वार्षिक कार्ययोजनाका बारेमा राय, सल्लाह, सुझाव प्रस्तुत गर्नका लागि हामीले ७ वटा प्रदेशका ७ वटा टोली र सम्पर्क समन्वय कमिटी र पेशागत विशेष कमिटीलाई एउटा टोली बनाएर ८ वटा समूह निर्माण गरेका छौं,’ रिजालले भने, ‘त्यसमा उहाँहरूले घनिभूत ढंगले छलफल गरिरहनु भएको छ। साथै हाम्रो पार्टीको केन्द्रको तर्फबाट महासचिव कमरेड शंकर पोखरेलले आगामी कार्ययोजनाका सन्दर्भमा केही मोटामोटी मार्गदर्शनहरू प्रस्तुत गर्नु भएको छ।’

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरुसहितको ८ वटा समूहले अहिले सो वार्षिक कार्ययोजनाका लागि सुझाव दिइरहेको छ। सोही सुझावको आधारमा भोली (शनिबार) बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताए।

‘बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शंकर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गर्नु भएको छ। सोही मार्गदर्शनमा आधारित भएर सबै समूहहरुले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिनेछन,’ उपप्रमुख रिजालले भने, ‘केही प्रश्नहरु केन्द्रिय सदस्यहरूलाई सोध्नु भएको छ। ती प्रश्नहरुमा समेत आधारित भएर आ–आफ्नो प्रदेशका विशेषताका आधारमा पार्टीका योजना निर्माणका लागि प्रत्येक प्रदेशबाट सुझावहरु प्राप्त हुनेछन। र, ती सबै सुझावहरुलाई ध्यानमा राखेर ८ वटै टोलीका तर्फबाट सुझावहरु प्रस्तुत भएपछि ती सुझावहरुलाई ध्यानमा राखेर भोली बिहान हाम्रो पार्टीको स्थायी कमिटी बैठक बस्नेछ। त्यसमा प्राप्त सुझावहरुलाई समेत विश्लेषण गर्दै पार्टीको केन्द्रीय नेतृत्वले सोचेका योजनाहरूमा समेत तिनलाई समायोजन गर्दै पार्टीको वार्षिक कार्ययोजना प्रस्ताव तयार गर्नेछ।’

कार्ययोजना प्रस्ताव भएपछि भोलि नै केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछ।

‘भोली बस्ने केन्द्रीय कमिटी बैठकमा २०८० जेठदेखि २०८० चैत्रसम्म नेकपा एमालेले देशभरी के, कस्ता कार्यक्रम गर्छ, प्रवास तथा जनसंगठनहरुमा समेत के कस्ता कार्यक्रमहरु गर्छ? हामीले त्यसको खाका तयार गर्नेछौं,’ रिजालले भने, ‘त्यसलाई केन्द्रीय कमिटीबाट पारित गरेर एउटै लय, एउटै ताल र एउटै बुझाईका साथ नेकपा एमालेको सिंगो केन्द्रिय कमिटी परिचालित हुनेछ। र, नेकपा एमालेलाई जनताको रोजाईको पहिलो शक्तिबाट समग्रमा पहिलो शक्तिको रुपमा रुपान्तरण गर्नेगरी २०८४ को निर्वाचनलाई केन्द्रविन्दुमा राखेर हाम्रो पार्टी पंक्तिको परिचालनलाई हामीले विशेष जोड दिनेछौं। त्यसमा हाम्रो पार्टीको यो बैठक केन्द्रीत भएको छ।’

बिहीबार (हिजो)बाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, विभिन्न आयोगका अध्यक्षहरु तथा प्रदेश कमिटीहरूले प्र्रस्तुत गरेको मिशन ग्रासरुट अभियानबारे विभिन्न समूह बनाएर छलफल गरिएको थियो।

शनिबार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न हुने एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?